Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटियो

अस्पतालमा कार्यरत एक कर्मचारी मृत अवस्थामा भेटियो

समाचार
पुर्णपुष्टि,असोज ४ भरतपुर अस्पतालमा कार्यरत एक कर्मचारी नहरमा मृत फेला परेका छ ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारीको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । शव सिमरा घर भएको ३२ वर्षीय पुरुष सूर्य मिश्रको रहेको प्रहरीले उल्लेख गरेको छ । मृत युवा विगत ११ वर्षदेखि अस्पतालमा बिजुली मर्मतको काम गर्दैे आएको प्रहरीे जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । शब हत्याको आसंका भएको कारण प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
जाल्पाले पायो २०२० को  राष्ट्रिय सर्बोउत्कृस्ट संथाको अवार्ड

जाल्पाले पायो २०२० को राष्ट्रिय सर्बोउत्कृस्ट संथाको अवार्ड

समाचार
मिलन परियार  उदयपुर असोज ३ गते  सामाजिक क्षेत्रमा सर्वोत्कृष्ट संथाको रुपमा घोषण गर्दै जाल्पा एकीकृत विकास समाज उदयपुरलाई २०२० को राष्ट्रिय सर्वोत्कृष्ट संस्थाको अवार्ड मिलेको छ । वर्डभिजन इन्टरनेशनल नेपालले यो बर्षको राष्ट्रिय सर्वोत्कृष्ट अवार्ड जाल्पा एकीकृत विकास समाजलाई प्रदान गरेको हो । जाल्पा बि .स .२०५१ साल माघ १ गते  बिधिवत रुपमा संस्थाको रुपमा स्थापना भैइ सामाजिक कार्यक्षेत्रको अग्रपंक्तिमा रहेर काम गर्दै आएको संस्था हो । निरन्तर  गरिब तथा बिपन्न बाल बालिका र समुदायको  जिबन स्तर बढाउन सफल एक सामाजिक क्षेत्रमा काम गरिरहेको यस संस्थालाई २०२० मा वल्र्ड भिजन बाट अवार्ड मिलेको हो । सन २०१३ देखी हाल सम्म वर्ल्ड भिजन ईन्टरनेसल नेपाल संग साझेदारी गरि बिभिन्न परियोजना संन्चालन गर्दै आएका १० संस्था मध्य वर्ल्ड भिजन ईन्टरनेसल नेपालको केन्द्रिय कार्यलय काठमाडौले यो बर्ष उदयपुरलाई अ...
नयाँ नियमका साथ असोज ५ देखि आन्तरिक उडान सुरु हुने

नयाँ नियमका साथ असोज ५ देखि आन्तरिक उडान सुरु हुने

समाचार
पूणर्पुष्टि, असोज ३ असोज ५ बाट संञ्चालन गर्ने आन्तरिक उडानमा नयाँ नियम लगाएको छ । उडानका लागि नयाँ नियम लागु गर्दै आन्तरिक हावाई उडान सुरु गर्न लागिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ गतेदेखिको आन्तरिक उडान तालिका स्वीकृत गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । एयरलाइन्सहरूले लकडाउन अघि भइरहेको उडानको २५ प्रतिशतमात्र उडान हुनेगरी पाँच गतेदेखि एक महिनाको उडान तालिका स्वीकृत गर्नुपर्ने छ। यसो हुँदा एयरलाइन्सहरुले आफ्नो बजार हिस्साअनुसार उडान तालिका पाउने छन् । यसअघि जहाजका आधा सिटमा मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारले निणर्य गरेको भएपनि मन्त्रालयले भने एयरलाइन्सलाई भौतिक दुरी कायम गरेर पूणर् क्षमतामा जहाज उडान पाउने निणर्य गरिदिएको छ । नयाँ नियम अनुसार हवाईयात्रुले बोर्डिंग पास लिनु अगाडि हेल्थ डिक्लेरेसन फर्म भर्नुपर्ने छ। यसरी भरे...
कोरोना संक्रमित लागुऔषाधका अभियुक्त तामाङ् आईसोलेसनबाटै फरार

कोरोना संक्रमित लागुऔषाधका अभियुक्त तामाङ् आईसोलेसनबाटै फरार

समाचार
पूणर्पुष्टि, असोज ३ कोरोना संक्रमित लागुऔषाध सम्बन्धि प्रतिवादी अभियुक्त रमेश तामाङ् आईसोलेसनबाटै फरार भएका छन् । लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट उनि फरार भएका हुन् । शुक्रबार बिहान पौने २ आइसोलेसन कक्षबाटै फरार भएपछि उनको खोजी थालिएको ब्युरोका एसएसपी दिलिपकुमार चौधरीले बताए । उनीसहित अन्य संक्रमित थुनुवालाई वसुन्धारास्थित एक अस्पतालको आइसोलेसनमा राखिएको थियो । प्रहरीका अनुसार संक्रमितको सुरक्षा जिम्मेवारी निलम्बित प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई दिइएको थियो । शाही लागूऔषध सम्बन्धी घटनामा पक्राउ परेयता निलम्बित थिए । तर, संक्रमण देखिएसँगै अन्य प्रहरी सुरक्षार्थ खटिन डराएपछि शाहीलाई जिम्मेवारी दिइएको स्रोत बताउँछ ।...
कुलमानको पक्षमा उभिदै गाईघाटका युवाहरुले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र

कुलमानको पक्षमा उभिदै गाईघाटका युवाहरुले प्रधानमन्त्रीलाई पठाए ज्ञापनपत्र

समाचार
पूर्णपुष्टि, असोज २ ।  उदयपुर गाईघाटका युवाहरुले ज्ञापन पत्र मार्फते प्रधानमन्त्री केपी शर्मा ओलीसंग उज्यालो नेपालका लागि फेरी पनि विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै नियुक्त गर्न माग गरेका छन् । युवाहरुको एक समुहले सामुहिक हस्ताक्षरसहित आज उदयपुरका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र पठाउनै प्रधामन्त्रीसमक्ष यस्तो माग राखेका हुन् । दैनिक १८ घण्टासम्मको लोडसेटिङ देशबाट हटाउने र विद्युत प्राधिकरणलाई नाफामासमेत लैजान सक्षम  घिसिङलाई नै पुनः प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरे मात्र उज्यालो नेपालको सपना साकार हुने भन्दै सहज वातावरण सिर्जना गरिदिन माग गरेका छन् ।  हिजोको दिनमा नेपाली जनता लोडसेटिङको चरम मारमा परेको कुरालाई नविर्सन आग्रह गर्दै उनीहरुले घिसिङले थाल्नु भएका कतिपय राम्रा कामहरु अपुरै रहेकाले पुरा गर्न दिन आग्रह गरेका छन् । अहिले देशैभर विभ...
उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ

उदयपुरमा थप १ जनामा कोरोना पोजेटिभ

Breaking News 1
पूणर्पुष्टि, असोज २ उदयपुरमा आज थप १ जनामा कोरोना संक्रमण देखिएको छ । त्रियुगा नगरपालिका १२ का २० बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भदौ ३१ गते लिएको स्वाव संकलनमा पुरुषको रिपोर्ट पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ ।        ११ जनाको स्वा संकलन गरेकोमा १ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । यो सँगै सुनसरी बाराहक्षेत्र नगरपालिकामा पनि ४ जना कोरोना संक्रमण फैलिएको रिपोर्टले देखाएको छ ।...
सशस्त्र प्रहरीले लागु औषाध सहित २ जनालाई पक्राउ गर्‍यो

सशस्त्र प्रहरीले लागु औषाध सहित २ जनालाई पक्राउ गर्‍यो

समाचार
पूणर्पुष्टि, असोज २ उदयपुरमा सशस्त्र प्रहरीले लागुऔषाध सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वल नेपाल ५ नं गण हेक्वा त्रियुगा उदयपुरले शुक्रबार लागुऔषाध सहित २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १२ का ३० बर्षिय सुमन कुमर र १५ बर्षिय राजुराम भगत रहेको छ । उनिहरुलाई त्रियुगा नगरपालिका ४ बगाहाको फर्सेट खोलाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीवलका एसपी सुधिर सुवेदीले बताउनुभयो ।  उनिहरुको साथबाट २ पिस फेनारागन, २ पिस नुर्फिन, २ पिस डाईजिल्याव र ६७ ओटा नाईट्रोजिम ट्यावलेट सँगै ३ ओटा एटिएम, १ ओटा मोवाईल, १ वटा सवारी अनुमति पत्र र ८ हजार ६ सय १० पैसा समेत बरामद गरेको एसपी सुवेदीले बताउनुभयो । लागुऔषाध र ति व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यलय उदयपुरमा जिम्मा लगाईएको सुवेदीले बताउनुभयो ।...
कोरोना कहरमा पत्रकार महासंघ, उदयपुर शाखाले नै गरिदियो सबैको सदस्यता नविकरण

कोरोना कहरमा पत्रकार महासंघ, उदयपुर शाखाले नै गरिदियो सबैको सदस्यता नविकरण

समाचार
रामबाबु राई पूर्णपुष्टि, असोज १  कोरोना कहरलाई मध्येनजर गर्दै नेपाल पत्रकार महासंघ शाखा उदयपुरले आफ्ना सब साधारण सदस्यहरुको सदस्यता नविकरण गरिदिएको छ । शाखाले आफ्नै पहलमा स्रोत खोजेर आफ्ना ८३ जना साधारण सदस्यहरुको पछिल्लो दुई आर्थिक वर्र्षको सदस्यता नविकरण गरिदिएको हो । कोरोनाका कारण पत्रकारहरुको आयआर्जनका माध्यमहरु टुट्दै गएको अवस्था छ । उनीहरुलाई आवतजावत पनि उत्तिकै जोखिम छ । यिनै कुराहरुलाई मध्येनजर गर्दै उदयपुर शाखामा आवद्ध जिल्लाभरीकै पत्रकारहरुको सदस्यता नविकरण गरिएको शाखा अध्यक्ष भरत खड्काले बताउनुभयो । जिल्लाबाट सदस्यता नविकरण मार्फत पठाउनु पर्नेे शुल्क प्रति एक सदस्य १५ सयका दरले एक लाख २४ हजार पाँचसय रुपैया हिजो नै बैंकमार्फत केन्द्रको खातामा जम्मा गरिएको छ । साथै प्रतिवर्ष शाखा कोषका लागि नविकरणसंगै तोकिएको शुल्क पनि छुट गरेको छ । प्रतिब्यक्ति पाँचसयका दरले संकलन हुने ४...
क्वारेन्टिनमा एक जना युवकले गरे आत्महत्या

क्वारेन्टिनमा एक जना युवकले गरे आत्महत्या

समाचार
पुर्णपुष्टि, असोज १  रुपन्देहीमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर युवाले आत्महत्या गरेको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाउँदा मत्यु थियो । युवक भदौ १७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेको  थियो । पाँच दिन अगाडि कोरोना परीक्षण गरिएको उनको  रिपोर्ट भने आउन बाकि थियो । उनले आत्महत्या गर्नुको कारण नखुलेको   देवदह नगरपालिका स्वास्थ्य शाखा   कार्यालयले जनाएको छ ।  ...

क्वारेन्टिनमा एक जना युवकले गरे आत्महत्या

Breaking News 1
पुर्णपुष्टि, असोज १  रुपन्देहीमा एक युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर युवाले आत्महत्या गरेको  इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् । यसअघि पनि सोही क्वारेन्टिनमा एकजनाले शरीरमा आगो लगाउँदा मत्यु थियो । युवक भदौ १७ गते भारतबाट आएर क्वारेन्टिनमा बसेको  थियो । पाँच दिन अगाडि कोरोना परीक्षण गरिएको उनको  रिपोर्ट भने आउन बाकि थियो । उनले आत्महत्या गर्नुको कारण नखुलेको   देवदह नगरपालिका स्वास्थ्य शाखा   कार्यालयले जनाएको छ ।  ...