Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

खोलाले बगाएका एक वृद्धको मृत्यु

खोलाले बगाएका एक वृद्धको मृत्यु

समाचार
पुर्णपुष्टि,आश्विन १ चौदण्डीगढी नगरपालिका–७ ढप्पर स्थित माटेखारी खोलामा हिजो आएको बाढीले बगाएर वेपत्ता भएका एक वृद्धको शव फेला परेको छ । बेलका नगरपालिका वडा नं. ५ मैनीका ५७ वर्षीय चुमानसिंह मगरको शव आज विहान ८ बजे मृत अवस्थामा फेला परेको हो । खोजतलासको क्रममा मगरको शव लगभग ३ किलो मिटर तल भुल्के स्थित खोला किनारमा भेटिएको प्रहरिले जनाएको छ । मगर आफ्ना एक दाजुसंग चौदण्डीगढी नगरपालिका वडा नं. ८ स्थित वाईतुङमा रहेका आफन्तहरुलाई भेट्नको लागि जाँदै गर्दा खोला तर्नेक्रममा मगरलाई बगाएको प्रहरिले जनाएका छ । मगरलाई रातभरी  खोजतलास गर्दा फेला नपरेको र आज विहान स्थानीयको सहयोगमा मृत अवस्थामा भेटिएका जनाइएको छ । मृतकको शवलाई परिक्षणको लागि प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार पठाएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।...
३ दिने मानव अधिकार अभिलेखिकरण बारे भर्चुवल तालिम

३ दिने मानव अधिकार अभिलेखिकरण बारे भर्चुवल तालिम

Breaking News 1, समाचार
पुर्णपुष्टि,असोज १ मानव अधिकार अभिलेखिकरण तालिम बिहिबार सम्पन्न भएको छ । मानव अधिकारमञ्च नेपालमको आयोजनामा गरिएको ३ दिने अभिलेखिकरण तालिम सम्पन्न भएको हो । प्रदेश नम्बर १ का १४ जिल्लाको १४ वटा संस्थाको मानव अधिकार संरक्षकहरुको सहभागितामा भर्चुवल माध्यमबाट तालिम सम्पन्न भएको हो । असोज १ सम्म सञ्चालन भएको तालिममा विशेष गरी मानव अधिकार उल्लघंनका घटनाको अभिलेखिकरण कसरी गर्ने विषयमा केन्द्रि रहेर छलफल भएको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ । तालिममा २६ जनाको सक्रिय सहभागिता रहेका थिए । कोरोना भाईरसको कारण प्रत्यक्षरुपमा संगठित भएर तालिम सम्भव नएकोले र्भचुवल विधिबाट तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमले सहभागीहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराउने आयोजकले जनाए  ।  ...
वामदेव गौतम अव, राष्ट्रियसभा सदस्य

वामदेव गौतम अव, राष्ट्रियसभा सदस्य

समाचार
पूर्णपुष्टि, असोज १ ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आजबाट राष्ट्रियसभा सदस्य बन्नु भएको छ । उहाँलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्नुभएपछि  राष्ट्रियसभा सदस्य बन्नुभएको हो । उहाँलाई आजै राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्य मनोनित गर्नुभएको हो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गर्नुभएको हो । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन मध्ये एकसिट फागुनदेखि खाली थियो । मन्त्रीपरिषद्को बैंठकले सोमबार त्यही सिटमा गौतमलाई मनोनितका लागि सिफारिस गरेको थियो ।  ...
दुवै मृगौला फेल भएका उदयपुरका रामबाबु तामाङ सहयोगको याचना गर्दै

दुवै मृगौला फेल भएका उदयपुरका रामबाबु तामाङ सहयोगको याचना गर्दै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असोज १ । उदयपुरको उदयपुरगढी गाउँपालिका ४ ढुंग्रेका ३५ वर्षिय युवा रामबाबु तामाङको दुबै मृगौला फेल भएको छ । आर्थिक अवस्था अति नाजुक रहेका तामाङको बैदेशिक रोजगारबाट फर्किए लगत्तै मृगौला फेल भएको थाहा भएको हो । विदेशमा राम्रो कमाई नभएपछि रित्तो हात फर्किएका तामाङलाई उपचारमा  समस्या परेको छ । खर्चको अभावका कारण उपचारमा समस्या परेको हो । उनको दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेकोले कम्तिमा पनि एउटा फेर्नुपर्ने अवस्था छ । हाल काठमाडौंमा उपचारको क्रममा रहेका छन् उनी । गाउँघर, छरछिमेकबाट उठाएको सहयोग तथा परिवारहरुको सहयोगमा डायलासिससम्मको उपचार चलिरहेको छ । मृगौला प्रत्यारोपणकै लागि ठूलो खर्च लाग्ने भएको छ । हाल उनको उपचार चलिरहेको निदान हस्पिटल पुलचोकमा पनि प्रत्यारोपन हुने बताइएको छ । त्यसका करिब दश लाख खर्च हुने बताइएको छ । यतिका खर्च जम्मा गर्ने हैसियत तामाङको परिवारमा नरहेक...
जाल्पाको प्रयासमा ४ बालबालिकाले विद्यालय पढ्न पाए

जाल्पाको प्रयासमा ४ बालबालिकाले विद्यालय पढ्न पाए

शिक्षा, समाचार
पूणर्पुष्टि, असोज १ जाल्पा एकिकृत विकास समाज एक सामाजिक संस्था हो । यो संस्था विषेश गरीे पहाडी तथा दुर्गम स्थानमा वसेका जनताहरुको स्थर उन्नतीका लागि सामाजिक, आर्थिक, विपद जोखिम, विकास निर्माण, कृषि सँगै शैक्षिक क्षेत्रमा समेत काम गर्दै आएको संस्था हो । उदयपुर जिल्लाको बिभिन्न क्षेत्रहरुमा रहेर कामहरु गर्ने क्रममा उदयपुरको रौतामाई गाउँपालिका लाफागाउँमा रुढीबाढी संस्कारमा हुर्किएको एक परिवार भेटियो  । यो समयमा पनि अझै अविभावकहरुमा छोराछोरीलाई विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने कुरा त्यो परिवारमा थाहानै थिएन । विद्यालयको कुरा गर्ने बित्तिकै आक्रोस पोख्ने परिवारलाई जाल्पा एकिकृत विकास समाजको प्रयासमा शिक्षाबाट बन्चित बनेका ४ जना बालबालिकाहरुलाई विद्यालयबाट शिक्षा प्रदान गर्ने अवसर मिल्यो ।  गाउँका सबै विद्यालय जान्थे यो देखेर आफु कस्तो परिवारको मान्छे हो भन्दै छक्क पर्दै आएका ति ब...
कोरोना संक्रमित ११ बर्षिय बालिकालाई रोगप्रतिरोधात्मक क्षमताको आयुर्वेदि औषधी

कोरोना संक्रमित ११ बर्षिय बालिकालाई रोगप्रतिरोधात्मक क्षमताको आयुर्वेदि औषधी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि , भदौ ३१ होम आइसोलेसनमा रहेकी त्रियुगा नगरपालिका १० की ११ बर्षिय कोरोना संक्रमित बालिकालाई सगरमाथा अञ्चल आयुर्वेद औषधालयले रोगप्रतिरोधात्मक क्षमताको आयुर्वेद औषधी प्रदान गरेको छ । गत साउन ३१ गते पहिलो चोटि लिएको स्वाव संकलनमा बालिकाको भदौ ४ गते पोजेटिभ रिपोट आएको थियो । रोग संग लड्न साथदिने आयुर्वेद औषधी पहिले पनि कार्यलयले थुप्रै संक्रमितहरुलाई वितरण गरिसेको छ । बिषेशगरी कोरोना एक घातक रोगको रुपमा अहिले विश्वभरीनै फैलिरहेको अवस्थामा आयुर्वेद पनि एक भरसिलो औषधीको रुपमा उपचारको पद्धति रहेको भन्दै बालिकालाई पनि औषधी प्रदान गरिएको कार्यलयका प्रमुख डा. सन्जिव कुमार यादवले बताउनुभयो । बालिकाको पछिल्लो पटक गरिएको स्वाव संकलनमा पनि २५ गते पूनः रिपोर्ट पोजेटिभ नै आएको थियो । बालिकालाई रोग संग लड्न सक्ने क्वाथ, चमनपरास लगाएतको आयुर्वेद औषधिहरु कार्यलयले प्रदान गरेको यादवले ...
रेडियो अमुर्तद्धारा मुसहर वस्तिको महिलाहरुलाई राहत वितरण

रेडियो अमुर्तद्धारा मुसहर वस्तिको महिलाहरुलाई राहत वितरण

समाचार
पूणर्पुष्टि, भदौ ३१ महिला सशक्तिकरण नेपाल र रेडियो अमुर्त ९१.६ मेगाहर्जको आयोजनामा मुसहर समुदायको गर्भवती, बालबालिका, रोगी तथा एकल महिला रहेको परिवारलाई मङलबार राहत वितरण भएको छ । युएनडीपी, युएनएफपीए, युएनओपीएस र युएनओमेनमा कार्यरत कर्मचारीहरुको संगठनको आर्थिक सहयोगमा राहत वितरण भएको हो । त्रियुगा नगरपालिकाको वडा नं. ९ र १२ का विपन्न मुसहर समुदायको गर्भवती, साना बालबच्चा, दिर्घरोगी र एकल महिला रहेको परिवारहरुलाई राहत सामग्री वितरण गरिएको अमुर्त एफएमका प्रमुख नविन राईले बताउनुभयो ।  राईका अनुसार वडा नं. ९ को ६० परिवार र वडा नंं. १२ को ६० परिवारलाई राहत दिइएको हो । राहत सामग्रीहरुमा चामल ३० केजी, दाल ३ केजी, तेल ३ लि., चना २ केजी, नुन २ केजी, चिउरा २ केजी, सोयावीन २ प्याकेट, सावुन ५ वटा, सेनिटरी प्याड २ प्याकेट, टुथपेष्ट १ ओटा र टुथब्रस ४ वटाका दरले वितरण गरिएको हो । वडाध्यक्ष, सदस्...
सफल जिम्मेवारी पुरा गर्ने जाल्पाका ३३ कर्मचारी अभिनन्दित

सफल जिम्मेवारी पुरा गर्ने जाल्पाका ३३ कर्मचारी अभिनन्दित

Breaking News 1, समाचार
 मिलन परियार  गाईघाट भाद्र ३० गते जाल्पा एकिकृत विकास समाज नेपालले आफ्नो ३३ जना कर्मचारीलाई सोमवार अभिनन्दन गरेको छ । संस्थाले दिएको जिम्मेवारी सफलता पूर्वक इमान्दारीसाथ समयमै सकाएको भन्दै आफ्नो ३३ कर्मचारीहरुलाई प्रशंसा पत्र र खादा सहित अभिनन्दन गरेको हो । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकीकृत बिकास समाज उदयपुरको साझेदारीमा  सन २०१८ देखी २०२० सम्म संन्चालन गरिएको बाल प्रायोजन , शिक्षा , पालो , नेपाल बिपत जोखिम न्यूनीकरण , बाढी पुनर्लाभ र नेपाल कभर परियोजनामा कार्यरत ३३ जना कर्मचारी हरुलाई  दिइएको जिम्मेवारी  सम्पन्न गर्ने सबै  कर्मचारीहरुलाई अभिनन्दन गरेको हो । संस्थाको जिम्मेवारी पुरागरी समाजिक कार्यमा महत्वपूणर् योगदान पुराएको र संस्थामा यसको ठुलो योगदान रहने भन्दै संस्थाका अध्यक्ष पुष्पराज पोखरेलले प्रंशसा र धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो समय अवधि कार्यकालमा संघर्ष...
बेलकामा युवाहरुको पहलमा राहत संकलन गरी विपन्न परिवारलाई वितरण

बेलकामा युवाहरुको पहलमा राहत संकलन गरी विपन्न परिवारलाई वितरण

Breaking News 1
जयराम पूर्वछाने मगर पूणर्पुष्टि, भदौ ३० बेलका नगरपालिकाका युवाहरुले राहत संकलन गरी विपन्न परिवारलाई वितरण गरेको छ । नगरपालिकाका १ र २ नं वडाका युवा अभियान्ताहरुको पहलमा विपन्न ७ परिवारलाई राहत उपलब्ध गराइएको हो । युवाअभियान्ताहरुको पहलमा संञ्चालित फुड बैँक अन्तर्गत राहत वितरण गरिएको राहत संकलनका एक युवा सदस्य प्रदिप सुवेदीले जानकारी दिए । (हुनेले दिने नहुनेल लिएर जाने) अभियानको दोस्रोचरणको राहत वितरण गरिएको अर्का सदस्य कुबेर लुइटेलले जनाए । कार्यक्रममा जम्मा कुल  रकम रु . ३०४५० संकलन गरी ७ घर परिवार लाई प्रती परिवार रु २०३० बराबरको सामान बितरण गरिएको छ । जसमा प्रती परिवार चामल २५ के जि, दाल ३ के जि, खानेतेल २ लिटर, खानेनुन १ पोका र नुहाउने साबुन १ ओटा गरि राहत वितरण गरिएको हो । तेश्रो चरणको कार्यक्रम बेलका १ मा गर्ने योजना रहेको रहेको युवाहरुले जनाएको छ ।  ...
आज ११७० जना  कोरोना संक्रमित थपियो

आज ११७० जना कोरोना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भदौ २९ आज देशभर थप १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको छ । गएको २४ घण्टामा मात्रै यो संख्यामा संक्रमित बढेको हो । यता आजै मात्र मृृत्यु हुनेको संख्या १५ रहेको छ । बितेको २४ घण्टामा १५ जनाको मृत्यु भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या ५५ हजार तीन सय २९ पुगेको छ । यता मृत्यु हुनेको ुसंख्या पनि तीन सय ६० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार तीन सय ९३ जना रहेको मन्त्रलयले जनाएको छ ।  त्यसैगरी बितेको २४ घण्टामा आठ सय ८९ जना संक्रमित डिस्र्चाज भएर घर फर्केका छन् यो संगै निको हुनेको कुल संख्या ३९ हजार पाचँ सय ७६ पुगेको छ ।...