Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

रौतहटमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

रौतहटमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु

समाचार
पुर्णपुष्टि,भदौ २९  रौतहटमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० बस्ने बिक्रम साह तेलीकी छ वर्षीया छोरी अनुष्का साहको घट्ना स्थलमै मृत्यु भएको हो । आइतबार राति ना.५ ख ६७६५ नम्बरको ट्रकले ठक्कर दिदा बालिकाको  घटनास्थलमै ज्यानगएको रौतहट प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जाल्पाद्धारा बिपन्न बाल बालिकालाई स्टेस्नरी सहयोग

जाल्पाद्धारा बिपन्न बाल बालिकालाई स्टेस्नरी सहयोग

शिक्षा, समाचार
मिलन परियार  गाईघाट,भाद्र २९   जाल्पा एकीकृत बिकास समाज उदयपुरले २ सय ३१ जना अति बिपन्न विद्यार्थी बालबालिकाहरुलाई स्टेसनरी सहयोग गरेको छ । जनप्रेमी आधारभुत बिद्यालयका विद्यार्थी बालबालिकाहरुलाई राष्ट्रिय बालदिवसको अवसर पारी शैक्षिक सामाग्री स्टेसनरी सहयोग गरेको हो । विद्यालयको आयोजनामा बाल दिवसको अबसरपारी “बिपतमा बाल अधिकार को सुनिस्चितता हामी सबै को साझा प्रतिबद्धता “ भन्ने मुल नारा लाई आत्मा साथ गर्दै स्टेसनरी सहयोग गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुरका अध्यक्ष पुस्पराज पोखरेलले बताउनुभयो । जाल्पा एकीकृत बिकास समाज उदयपुरले गरिब तथा बिपन्न बाल बालबालिकाको क्षेत्रमा लामोसमय देखी  काम गर्दै आएको र अझै यस्ता सामाजिक कार्यहरु थप गर्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । गाईघाटको आसपासमै रहेको भएपनि विद्यालयलाई सरोकारवाला तथा सम्बन्धित निकायहरुले कुनै ध्यान नदिएको विद्यालयका...
समुन्द्रदेखि सगरमाथा जोड्ने महत्वको सुनकोशी पुलको टेन्डर आह्वान, तराईबाट हलेसीधाम सबैभन्दा छोटो दुरीमा जोडिने

समुन्द्रदेखि सगरमाथा जोड्ने महत्वको सुनकोशी पुलको टेन्डर आह्वान, तराईबाट हलेसीधाम सबैभन्दा छोटो दुरीमा जोडिने

आर्थिक, समाचार
लिम्चुङबुङ भदौ, २८ उदयपुरको सदरमुकाम गाईघाट र खोटाङको हलेसीमा पर्ने पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी धाम सबै भन्दा छोटो दुरीमा जोड्ने सडक अन्तर्गतको सुनकोसीमा पूलको टेन्डर आह्वान आज भएको छ । लिम्चुङबुङ गाउँपालिकाले समुन्द्रदेखि सगरमाथासम्म जोड्ने सडकको नाम दिइएको ( गाईघाट– लिम्चुङबुङ– हलेसी सडक अन्तर्गत लिम्चुङबुङ १ बाँसबोटेको कुनाही र खोटाङको हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिमको गणेशटार जोडिने सुनकोसी पुलको टेन्डर आह्वान भएको हो । पूर्वाधार मन्त्रालय अन्तर्गत सडक बिभागको पुल माहाशाखाले आजको राजधानी दैनिकमा टेन्डर आह्वानको सूचना प्रकाशन गरेको छ । अध्यक्ष मेजर कुमार राईका अनुसार बहुवर्षिय योजना अन्तर्गत यसबर्ष.२ करोड बजेट सरकारले विनियोजन गरेको थियो । सोहि अनुरुप आज टेन्डर आह्वान भएको हो । दोहोरो सवारीसाधन संञ्चालन हुने २ सयमिटिर लामो पुल निर्माण हुने र तीन बर्षभित्र निर्माण सम्...
लगातार पहिरो झरेपछि ११ घर परिवार जोखिम

लगातार पहिरो झरेपछि ११ घर परिवार जोखिम

समाचार
दुर्गा एस.के  मुर्कुची,भदौ २८ उदयपुरको रौतामाई गाउँपालिका वडा नं.७ पुहारे डहर खड्काबारीमा अविरल वर्षाले पहिरो जाँदा ११ घर परिवार विचनिमा परेका छन् । पहिरोले चारैतिर घेरा हालेपछि खड्काबारी दलित बस्तिका ११ घर अति जोखिमा परेका छन् ।  पानी पर्ना साथ लगातार पहिरो आउने भएकाले खड्काबारी वासिहरु ज्यान जोगाउनका लागि आफ्नो घर छोडेर छिमेकिको सरण लिनु पर्ने भएको पिडितहरुले बताएका छन् । बर्षाले लगाएको अन्न बालीमा पनि ठुलो क्षति पु¥याएको छ । बर्षाले पुवारे चौतारीभन्ज्याङ रौता सडक भत्कीए पछि भल पहिरो झरेर करिब एक बिगा खेतियोग्य जमिन पुर्नुका साथै पशुचौपायको खोर समेत भत्केको स्थानीय घमान मगरले बताउनुभएको छ । त्याहाका स्थानीयको समस्या बुझदिन स्थानिय बासिहरुले माग गरेका छन् ।...
होम आइसोलेसनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

होम आइसोलेसनमा कोरोना संक्रमित वृद्धाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भदौ २८ कारोना संक्रमणबाट होम आईसोलेसनमा एक वृद्धाको मृत्यु भएको छ । चितवनको होम आइसोलेसनमा रहेकी संक्रमित भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको हो । मृत्यु भएकी वृद्धा अल्सर र क्यान्सरको बिरामी रहेको अस्पतालले जनाएको छ । यो संगै चितवनमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनमा कुल एक हजार दुई सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएकोमध्ये होम आइसोलेसनमा २५० जना भन्दा बढी रहेका छन् ।...
उदयपुरको कृषिमा खुसीको खबर : १,८७३ मिटर उचाईको पाखोबारीमा पहिलोपटक चिनो धानको सफल उत्पादन

उदयपुरको कृषिमा खुसीको खबर : १,८७३ मिटर उचाईको पाखोबारीमा पहिलोपटक चिनो धानको सफल उत्पादन

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २८ । उदयपुरमा पाखोबारीमा पनि धान फल्न थालेको छ । जिल्लाको पहाडी भेगमा सफल परिक्षण नै भएको छ । पश्चिम नेपालको कर्णालीको हुम्ला, जुम्ला, कालिकोट, मुगु र रोल्पा जस्ता विकट ठाउँमा रैथाने अन्नवालिको रुपमा खेती गरिने चिनो धान उदयपुरको पहाडी भेगमा पनि सफल परिक्षण भएको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो । परिक्षणको क्रममा यो वर्ष सफल उत्पादन भएको चिनो धान जिल्लाको अन्य विभिन्न पहाडी भेगमा पनि उत्पादन हुनसक्ने देखिएको छ । जिल्लाको रौतामाई गाउँपालिका १ को ठाडोखोलामा उत्पादन परिक्षण गरिएको थियो । स्थानीय कृषक युवराज गलान तामाङ (राजु) र हितमान तामाङले आप्mनै पाखोवारीमा यसको खेती परिक्षण उत्पादन गरेका थिए । जेठ महिनामा रापिएको धान अहिले भदौमा फलेको अध्यक्ष थापाले बताउनुभयो । ठाडाखोला गाउँ १ हजार ८ सय ७३ मिटर उचाईमा पर्दछ । कृषकहरुले आफुहरु...
बाह्रविसे पहिरोमा परेका तीन जनाको शव भेटियो

बाह्रविसे पहिरोमा परेका तीन जनाको शव भेटियो

समाचार
पुर्णपुष्टि,भदौ २८   शनिवार परेको भारी बर्षका कारण पहिरोमा परेको ३ जनाको शव फेला परेको छ । गएराति  सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका–७ का तीन स्थानमा पहिरो जाँदा बेपत्ता मध्ये तीन को शव फेला परेको हो । पहिरोमा २८ जना अझै पनि वेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको जनाएको छ । पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ भने अहिलेसम्म ११ वटा घरमा क्षति पुगेको प्रहरिले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारकालागि खटिएका छन् ।  ...
उदयपुरमा थपियो एक कोरोना संक्रमित, संक्रमितकाे संख्या ११८ पुग्याे

उदयपुरमा थपियो एक कोरोना संक्रमित, संक्रमितकाे संख्या ११८ पुग्याे

समाचार, स्वास्थ्य
उदयपुर, भदौ २७ । उदयपुरमा आज जनामा कारोना पुष्टि भएको छ । यो संगै उदयपुरमा कोरोना संक्रमित हुनेको संख्या १ सय १८ जना पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार बेलका नगरपालिकाका ३० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । बाहिरी देशबाट आएर पालिकाको क्वरेन्टाइनमा बस्दै आएको उनको तीनदिनअघि स्वाव संकलन गरी परिक्षण भएको थियो ।...
कटारी–११ मा भयो हत्या घटना, फरार हत्यारा दुइघण्टाभित्रै पक्राउ

कटारी–११ मा भयो हत्या घटना, फरार हत्यारा दुइघण्टाभित्रै पक्राउ

समाचार
उदयपुर, भदौ २७ । उदयपुरको कटारी नगरपालिका ११, लगनथुम्कामा एक महिलामाथि खुकुरी प्रहार गरी आज हत्या भएको छ । स्थानीय ५० वर्षिया डोरकुमारी राउतको खुकुरी प्रहार गरी छिमेकी २५ वर्षिय विनोद भनिने रोशन राना मगरले हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मगरले वादविवाद गरी आगनमा लछारपछार पारेको र गोठमा लगेर खुकुरीले हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरीले महिलाको शरीरको विभिन्न भागमा प्रहार हुदा घटनास्थलमै मृत्यु भएको बताइएको छ । हत्यापछि मगर फरार भएको र प्रहरीले खेजतलास गर्ने क्रममा सोही वडाको हात्तिसुढे भन्ने ठाउँबाट पक्राउ परेको प्रहरीले जनाएको छ । घटनाको दुईघण्टाभित्रमै हत्यारालाई पक्राउ गर्न प्रहरी सफल भएको बताइएको छ । घटनाको बेला मृतकको बुहारी उर्मीला राउत मात्र रहेको र उनले गाउँलेहरुलाई हार गुहार माग्दामाग्दै हत्या गरेर मगर फरार भएको बताइएको छ । घटनाको खबर लगत्तै प्रहरी ...
रौतामाई गाउँपालिकाको औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको अध्यक्ष खड्काको दावी

रौतामाई गाउँपालिकाको औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको अध्यक्ष खड्काको दावी

समाचार, स्वास्थ्य
उदयपुर, भदौ २७ । उदयपुरकाे रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले पालिकाको औषधि खरिद कार्य प्रक्रिया पुरा गरेर नै भएको बताउनुभएको छ । स्वास्थ्य उपचारपछि काठमाडौंबाट गृह जिल्ला फर्किनु भएका अध्यक्ष खड्काले केही मिडियामा भनिए जस्तो औषधि खरिद प्रक्रियामा कमजोरी नरहेको बताउनुभयो । औषधी र सर्जिकल सर्जिकल स्वस्थ्य सामग्री खरिद गर्नका लागि सार्बजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ एवम् अन्य नेपाल कानुनको अधिनमा रहेरै खरिद प्रक्रिया पुरा गरेको अध्यक्ष खड्काको भनाई छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ लाख रुपैया विनियोजन गरी गाउँपालिकाको निर्णयानुसार सिलबन्दी दरभाउ पत्र आव्हान गरिएको बताउनुभयो । उदयपुरको बरुवाटाइन्स दैनिक र काठमाडौंको सिटिपोष्ट दैनिकमा भदौ ५ गते सूचना प्रकाशन भएको र सूचनाको आधारमा ६ वटा सप्लायर्सहरुले फर्म खरिद गरेको उहाँको भनाई छ । पालिकामा समेत सूचना...