Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

सरकारले २ लाख रोजगारी थप्ने

सरकारले २ लाख रोजगारी थप्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २७ सरकारले दुई लाख रोजगारी थप्ने तयारी थालेको छ । कोरोनाबाट रोजगारी गुमाएकालाई लक्षित गरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप रोजगारीका अवसर सिर्जना गर्न लागेको हो । कम्तीमा दुई लाखका लागि एक सय दिनको रोजगारी दिने गरी बजेट व्यवस्था भएकोमा बजेट थपका लागि समेत गृहकार्य गरेको छ । चालू आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत पाँच लाख रोजगारी सिर्जना गर्ने योजना बनाएको सरकारले यो कार्यक्रममा कोरोनाका कारण स्वदेश वा विदेशबाट रोजगारी गुमाएकालाई प्राथमिकता दिन थालेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आवमा मा ११ अर्ब ६० करोड रुपियाँ बजेट विनियोजन भएकामा कोरोनाले स्वदेश वा विदेशमा बेरोजगार सङ्ख्या बढाएकासँगै नयाँ रोजगारीका लागि थप बजेटको विषयमा पनि अर्थ मन्त्रालयसँग कुरा भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको...
आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, भदौ २७  आज देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । बेलुका प्रदेश नम्बर १ र ५ सहित गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा पनि वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका धेरैजसो ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । त्यस्तै राति भने केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने जनाईएको छ । मनसुनको समय भए पनि खासै सक्रिय नरहेकाले लगातार ठूलो वर्षा नहुने जनाईएको छ ।...
ब्राउनसुगर सहित एग्रोभेट संचालक पक्राउ

ब्राउनसुगर सहित एग्रोभेट संचालक पक्राउ

समाचार
झापा, भाद्र २७  झापामा लागुऔषध ब्राउनसुगरसहित एक एग्रोभेट संचालक पक्राउ परेको छ । बिर्तामोड बगरपालिका–३ बाट ब्राउनसुगरसहित गोपाल एग्रोभेट संचालक ३० वषीय गोपाल गौतम पक्राउ परेको हो । गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा हिजो दिउँसो ४ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सोही एग्रोभेटबाट २२ ग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ब्राउनसुगरसहित पक्राउ परेका गौतम माथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ

समाचार
मोरङ, भाद्र २७  मोरङको विभिन्न स्थानबाट लागुऔषध गाँजा र ट्याब्लेट सहित चार जना पक्राउ परेका छन् । हिजो दिउँसो ५ बजे ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको हो । गस्तिमा खटिएको प्रहरी टोलीले केरावारी–१० गैह्रीगाउमा पैदल हिडिरहेका धरान–१५ का १९ बर्षीय अजय तामाङ, २२ बर्षीय च्यामन राई र लेटाङ नगरपालिका–७ का १८ बर्षीय रोहन तामाङलाई चेकजाँच गर्दा उनीहरुको साथबाट १ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्याब्लेट सहित १ भारतिय नागरीकलाई पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे भारत पिप्राहा बिष्णुपुर बस्ने १८  बर्षीय दिपेश यादवलाई ७५ एम्पुल डाईजेपाम सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । विआर–३८ एच ६३५९ नम्बरको मोटरसाईकलमा सवार रहेका यादवलाई चेकजाँच गर्दा मोटरसाईकलको ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, भाद्र २७ झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–८ का ३५ बर्षीय महेन्द्र शेर्माको करेन्ट लागेर मृत्यु भएको हो । हिजो दिउँसो साँढे ३ बजे घर छेउमै रहेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका शेर्मालाई उपचारको लागी दमकको लाईफ लाईन अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।...
मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

समाचार
सुनसरी, भाद्र २७  सुनसरीमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका–५ लगुना चोकमा मोटरसाईकलले ठक्कर दिदा स्थानीय ५० वषीया ईन्द्रलक्ष्मी शाक्यको मृत्यु भएको हो । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१२ नम्बरको मोटरसाईकलले हिजो दिउँसो करिब साँढे १ बजे शाक्यलाई दिएको थियो । मोटरसाईकलको ठक्करबाट घाईते भएकी उनीलाई उपचारको लागी बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएकोमा उपचारको क्रममा दिउँसो साँढे ३ बजे मत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

एक दिवसीय क्रिकेटमा अष्ट्रेलियाको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २७ इङ्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया १९ रनले जित हात पारेको छ । २ सय ९५ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ९ विकेट गुमाएर २ सय ७५ रन मात्र बनाउन सक्यो । साम विलिङ्सले शतकीय इनिङस् खेले पनि टिमलाई जिताउन सकेनन् । उनले  १ सय १८ रन बनाए । यस्तै, जानी बेयरस्टोले ८४ र कप्तान इयान मोर्गानले २३ रन बनाए । अरु खेलाडीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । यसअघि, अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९४ रन बनाएको थियो । खराब सुरुवात गरेको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान दिँदै खेललाई उकासेका थिए । यस्तै मिचेल मार्शले ७३ रनको अर्धशतकीय इनिङस् खेले । छैठौं विकेटको लागि म्याक्सवेल र मार्शले १ सय २६ रनको साझेदारी गर्दै अष्ट्रेलियाको इनिङ्स उकासेका थिए । त्यस्तै मार्कुस स्टोनिसले ४३ रन जोड्दा मार्नुस लेबासचेन्नीले २१ रन बनाए । कप...
सम्बन्ध सुधारमा बहराईन र इजरायलबीच सहमति

सम्बन्ध सुधारमा बहराईन र इजरायलबीच सहमति

समाचार, संसार
पूर्णपुष्टि, भदौ २७ सम्बन्ध सुधारका लागी इजरायल र बहराइनबीच ऐतिहासिक सम्झौता गर्ने सहमति भएको  छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको एक महिनाभित्र दुई देशबीच शान्ति सम्झौता हुने दाबी गर्नु भएको छ । प्यालेस्टाइनसँगको विवादका कारण अरबका धेरैजसो देशले इजरायललाई बहिष्कार गर्दै आएका छन् । तर अब विवादलाई सुल्झाउँदै शान्ति  सम्झौता गर्ने सहमति भएको हो । इजरायलका प्रधानमन्त्री बेन्ज्यामिन नेतान्याहूले सम्बन्ध सुधारका लागि अर्को एउटा देशसँग सम्झौता भएको भन्दै उत्साहजनक प्रतिक्रिया दिएका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो सम्झौता एक नयाँ युग र शान्ति तथा अर्थव्यवस्थाका लागि सबैभन्दा महत्त्वपूर्ण भएको जनाईएको छ । यसअघि संयुक्त अरब इमिरेट्स यूएईले इजरायलसँग सम्बन्ध सुधारका लागि सहमति गरेको थियो ।...
ओमानबाट महिलासहित १६५ जना स्वदेश फर्किए

ओमानबाट महिलासहित १६५ जना स्वदेश फर्किए

समाचार
पूर्णपुष्टि, भदौ २६ ओमानमा अलपत्र परेका महिलासहति एक सय ६५ जना स्वदेश फर्किएका छन् । नेपाली दूतावासले आज सम्पर्क बिहीन भएका र मानव तस्करको फन्दामा परी अलपत्र परेका नेपाली महिलालाई स्वदेश पठाएको हो । केही वर्ष अघिदेखि ओमानमा सम्पर्कबिहीन भएकी झापाकी नेत्रकुमारी राउत र मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै ओमानमा अलपत्र परेका ताप्लेजुङ्गकी अरुण मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई दूतावासले नेपाल पठाएको छ । झापाकी नेत्रकुमारी राउत २०७० सालदेखि ओमानमा सम्पर्कबिहीन हुुनुभएको थियो । घरेलु कामदारको रुपमा ओमान जानुभएकी उहाँ परिवारको सम्पर्कमा नभएपछि छोरा नवराज राउतले आफ्नी आमाको खोजीका लागि परराष्ट्रमार्फत निवेदन दिएका थिए । त्यही आधारमा दूतावासले नै नेत्रकुमारीको खोजी गरेर सम्पर्कमा ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएकाले घरसम्म लैजाने व्यवस्थाका लागि दू...
एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैतमा

एमसीसी परिमार्जनसहित अनुमोदन, महाधिवेशन चैतमा

समाचार
पूर्णपुष्टि,  भदौ २६ नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । आज बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो । आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल नभएको बताउनुभएको थियो । केहीबेर बैठकमा बसेर ओली बाहिरिनुभएको थियो । यो बैठकको अध्यक्षता प्रचण्डले गर्नुभएको थियो ।...