Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ नेपालमा आज थप एक हजार चार सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार नौ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार सात सय एक जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक  जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा नौ सय ७२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ । अब नेपालमा १४ हजार नौ सय २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । तीमध्ये एक सय ७० जना आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । त्यस्तै ६ हजार ७८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा  पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएसँगै मृत्यु हुनेको संख्या तीन सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।...
बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ कोरोना महामारीले गर्दा बाल मृत्युदर पहिलाकै अवस्थामा फर्कन सक्ने संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले चेतावनी दिएको छ । बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको मृत्यु भएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको जनाएको छ । नेपालमा लकडाउन अघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने त्रास छाएको छ । युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्...
प्राधिकरणमा कुलमानलाई नै दोहो¥याउने तयारी

प्राधिकरणमा कुलमानलाई नै दोहो¥याउने तयारी

समाचार
पूर्णपुष्टि, भदौ २६ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै दोहो¥याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयारी गरेको छ । यही भदौ २९ गते कार्यकाल सकिन लागेका घिसिङलाई पुनः नियुक्तिको तयारी भइरहेको र प्रस्ताव लेख्ने काम भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । अबको कार्यकाल कति अवधिको हुने भन्नेमा मन्त्रालय अन्योलमा रहेको छ । चर्को जन दबाबपछि प्रधानमन्त्री ओली कुलमानलाई नै कार्यकारी निर्देशकमा दोहो¥याउन तयार हुनुभएको तर चार वर्षे कार्यकाल नै दिन भने असहमत भएको जनाईएको छ । कुलमानलाई दोहो¥याउन दुई अध्यक्षबीच सहमति भइसकेको भएपनि अवधि टुङ्गो नलाग्दा प्रस्ताव टुङ्गो लगेको छैन् । तर विद्युत् प्राधिकरण ऐनमा कार्यकारी निर्देशकको कार्यकाल चार वर्षे हुने भनेर तोकिएकाले त्यसलाई मिलाउन भने समस्या देखिएको छ । प्रधानमन्त्री ओली घिसिङलाई दुई वर्षे कार्यकाल दिन तयार ह...
कोरोनाबाट थप एकको मृत्यु

कोरोनाबाट थप एकको मृत्यु

समाचार, स्वास्थ्य
पुणपुष्टि,भाद्र २६ कोरोना बाट आज थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विषेश अस्पतालमा उपचार्थ ५५ बर्षिय पुरुषको मृत्यु भएको हो । ति पुरुष पश्चिम नवपरासी सुस्ता गाउँपालिका ५ का रहेको जिल्ला अस्पताल वुटवलले जनाएको छ । अस्पतालका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेह रोगी रहेको जनाएको छ । संक्रमित पुरुषको उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको थियो । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि १९ गते नै उनलाई अस्पताल ल्याई पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । उनको कोरोना रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।  । योसँगै उक्त अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।  ...
बाढीले पसाउन लागेको धान बाली नष्ट

बाढीले पसाउन लागेको धान बाली नष्ट

समाचार
जयराम पूर्वछाने मगर बेलाका, भदौ २६ अविरल वर्षापछि आएको खोला बाढीले पसाउन लागेको धान बाली नष्ट गरको छ । बेलका नगरपालिका–४ को सिसुवाखोलामा आएको बाढिले खेत कट्ठान गरी फुल्न लागेको धान बालीमा ठूलो क्षती गरेको हो । करिब १४ मिटर परबाट बगि रहेको खोलाको भंगालो अहिले खेत विचबाटो बगिरहेको स्थानीय कृषक बालप्रशाद अधिकारीले बताए । खोलाले रामबहादुर कार्किको अढाइ बिगाहा, नवराज लुइटे आधा बिगाहा, खडानन्द अधिकारी ५ कठ्ठा, लक्ष्मण अधिकारी १ बिगाहा नम्बरी जग्गामा लगाएको धान बालीसँगै खेत कटान गरी क्षति पुर्याएको उनले बताए । बाढीले खेत कट्ठान गर्ने, धान पुर्ने बगाउँने लगायतको क्षति गरेको छ । खोला बाढी रोकथाम तथा नियन्त्रणका लागि समयमै सरोकारवालाको ध्यान जान सके मात्र थप क्षति हुनबाट बच्ने स्थानीयबासीको भनाई छ । उनीहरुले खोलामा तारजालीको व्यावस्था गर्नु पर्ने बताएका छन् । बेलका नगरपालिकामा वर्षेनी गि...
गण्डकी प्रदेशमा थप ६५ कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६५ कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ गण्डकी प्रदेशमा थप ६५ जना कोरोना संक्रमण पुष्टि भएका छन् । नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २÷२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमण पुष्टि भएको जनाईएको छ । क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकीमा संक्रमितको संख्या दुई हजार सात सय ९५ पुगेको छ ।...
पीसीआर रिपोर्ट उल्टोपाल्टो पार्ने २ जना पक्राउ

पीसीआर रिपोर्ट उल्टोपाल्टो पार्ने २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २६ कास्कीमा सामाजिक सञ्जालमार्फत कोरोनाको पीसीआर रिपोर्टसम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा दुई जनालाई पक्राउ गरेका छन् । पर्वतको मोदी गाउँपालिकाका ईश्वर रिमाल र चितवनका निरज लम्साललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनाले प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा कोरोनाको पीसीआर परीक्षण गरेका थिए । दुई जनाको रिपोर्टमध्ये एक जना (रिमाल) को रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको प्रहरीले जनाएको छ ।...
४७ वटा हिमताल फुट्ने खतरा

४७ वटा हिमताल फुट्ने खतरा

समाचार
पूर्णपुष्टि, भदौ २६ नेपालमा क्षति पु¥याउन सक्ने खालका ४७ वटा हिमतालहरु फुट्न सक्ने खतरामा रहेको एक अध्ययनले देखाएको छ । नेपालमा २१ वटा, तिब्बतमा २५ वटा र भारतमा एउटा ताल फुट्न सक्ने जोखिममा रहेकोे अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले हालै गरेको अध्ययनले देखाएको हो । ती ताल फुटेमा नेपालका नदीमा बाढी आउँछ । खतरामा रहेका ४७ मध्ये नेपालका च्छो रोल्पा र इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको पनि इसिमोडले जनाएको छ । ४७ मध्ये ४२ वटा हिमताल कोशी नदी बेसिनका रहेका छन् । यस्तै तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका रहेका इसिमोडले जनाएको छ । अध्ययनका क्रममा कोशी, गण्डकी र कर्णाली नदी बेसिनमा तीन हजार छ सय २४ वटा हिमताल पाइएका छन् । तालहरूको विशेषता एवम् तालहरूको प्राकृतिक बाँध, स्रोत, हिमतालको गतिविधि तथा वरिपरिको अवस्थालाई अध्ययन गरिएको प्रतिवेदनमा उल्लेख छ । ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, भाद्र २६ उदयपुरको चौदण्डीगडी नगरपालिका–५ की ६१ बर्षीया सिलमन्ती चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा आफ्नै घरको कलमा जडान गरेको पानी तान्ने मोटर चलाउने मोटरमा जोडेको तरबाट अचानक करेन्ट लागेर चौधरीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
झापामा भूकम्पको धक्का महशुस

झापामा भूकम्पको धक्का महशुस

समाचार
पूर्णपुष्टि, भदौ २६ झापामा आज विहान ५ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान नौ बजेर ३० मिनेटमा झापाको बाहुनडाँगी केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नेपाल–भारत सीमा नजिक गएको भूकम्पको वरपर धक्का महशुस भएकोे केन्द्रले जनाएको छ । यो पराकम्प नभएर भूकम्प नै भएको केन्द्रले जनाएको छ  ।...