मदन भण्डारी लोकमार्गमा पर्ने ज्यामिरे खोलामा पुल नहुदा बर्खामा यात्रुहरुको विजोक
पूणर्पुष्टि, भदौ २६
मदन भण्डारी लोक मेन बाटोमै पर्ने ज्यामिरे खोलाका पुल आज सम्म पनि बन्न सकेको छैन । हालै विषेशगरी बेल्टार, बसाहा, रामपुर चतारा र गाईघाट धरान जाने यात्रुहरु त्यो बाटोमा मुख्यतया हिड्ने गर्छ अन्य पूर्वका शहरहरु इटहरी, विराटनगर, र झापा लगाएतका ठाउँहरुमा समेत यात्रुहरुले त्यही बाटोलाई प्रयोग गर्दै आएको छ । छिटो, सजिलोको कारण अधिकांश यात्रुहरुले त्यस बाटोलाई प्रयोग गर्दै आएका छन् ।
हरेक बर्षका बाढीले त्यहाँ सवारी साधन र यात्रुहरुलाई वारी र पारी वनाउने गरेको छ । बर्षेनी यो सास्ती खेप्दै यात्रुहरुले त्यस बाटोलाई प्रयोग गर्नु परेको स्थानीयहरु बताउँछन् ।
खोलामा पुल बन्ने कुरा भएको भएपनि हाल सम्म बन्न नसकेको उनिहरु बताउँछन् । यहि कात्तिक बाट पुल सुरु गर्ने सुनेको स्थानीयहरुले बताए ।
बिहिबार राति परेको पानीका कारण शुक्रबार बिभिन्न ठाउँबाट आउने र जाने यत्रुहरुलाई वारी...









