Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

ट्रिनबागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

ट्रिनबागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि,  भदौ २६ क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले हात पारेको छ । गतराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि हात पारेको हो । ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भएको थियो । लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो । उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।...
धरहराको चौधौँ तलाको काम पुरा

धरहराको चौधौँ तलाको काम पुरा

समाचार
पूर्णपुष्टि, भदौ २५ धरहराको चौधौँ तलाको भुई ढलानको काम सकिएको छ । चौधौँ तलाको (सियर वाल) अर्थात् गोलो गारोको ढलान गत शनिबार सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । देशव्यापी रुपमा लगाइएको लकडाउन हटेपछि धरहरामा धमाधम काम भइरहेको छ । निषेधाज्ञाको बेलामा निर्माण सामग्रीको अभाव नभएकाले काम धमाधम भएको प्राधिकरणले जनाएको छ । हरेक १४ दिनमा धरहराको एक तला ढलानको काम भइरहेको प्राधिकरणको दाबी छ । धरहरा २२ तलाको हुनेछ । बाहिरबाट भने धरहरा ११ तलाको देखिनेछ । धरहरामा टावर निर्माणको काममध्ये ६५ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ । तर समग्र धरहरा पुनर्निर्माणको काम भने करिब ४२ प्रतिशत भइसकेको छ । लकडाउन खुलेपछि धरहरा पुनर्निर्माणमा करिब डेढ सय कामदारले नियमित काम गर्दै आएका छन् । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धरहराको पुनर्निर्माणमा खटिएका कामदार घर गएका थिए । काठमाण्...
कटुवा पेस्तोलसहित २ जना पक्राउ

कटुवा पेस्तोलसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २५ धनुषाको जनकपुरबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । उपमहानगरपालिका–७ स्थित मुसहरी टोलबाट कटुवा पेस्तोल सहित दुई जना पक्राउ परेका हुन् । एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोलीसहित जनकपुरधाम लोहना निवासी २१ वर्षीय अजयराज कायस्थ र २४ वर्षीय सुनिलकुमार मण्डल पक्राउ परेको प्रहरीले जनाएको छ । प्रदेश २–००३०० प ७३७७ नम्बरको मोटरसाइकलमा जनकपुरतर्फ आईरहेका उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।...
विश्वभर कोरोना खोप पु¥याउन ८ हजार ठूला जहाज चाहिने

विश्वभर कोरोना खोप पु¥याउन ८ हजार ठूला जहाज चाहिने

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ विश्वभर कोरोना भाईरसविरुद्धको खोप पु¥याउनु ठूलो चुनौती ढुवानी हुने हवाई उद्योगले बताएका छन् । विश्वभर कोरोना खोप पु¥याउन आठ हजार बोइङ ७४७ जहाज चाहिने अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले जनाएको छ । कोभिड–१९ खोप अहिलेसम्म उपलब्ध भएको छैन । तर आईएटीएले खोपको विश्वव्यापी ढुवानीका लागि एअरलाइन्स, एअरपोर्ट, विश्वका स्वास्थ्य सङ्गठन र औषधि फर्मसँग सहकार्य गरिरहेको छ । एक जनालाई खोपको एक खोप आवश्यक रहने वितरण कार्यक्रमले मानेको छ । ‘कोभिड–१९ को खोप विश्वभर पु¥याउनु हवाई उद्योगको लागि शताब्दीको लक्ष्य हुनेछ तर सावधानीपूर्वक र योजना विना यो सम्भव हुन सक्दैन । कोरोना भाइरसको महामारीका कारण यात्रुको उडानमा भारी गिरावट आएपछि एअरलाइन्स कम्पनीहरु कार्गाे (सामान) वितरण गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । तर खोपको वितरण भने सोचेजस्तो सजिलो छैन । खोप पु¥याउ...
५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भदौ २५ सिराहा कारागारको ५९ कैदीबन्दीमा कोरोना संपुष्टि भएको छ । कोरोना परीक्षण गरिएकोमा कारागारका ५९ कैदीबन्दी र शेर गण नेपाली सेनाका सात जना गरी ६६ जनामा कोरोना पुष्टि भएको हो । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त रिपोर्टमा कोरोना पुष्टि भएकाहरू २० बर्ष देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र एक महिला रहेको  स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ । कोरोना पुष्टि भएको कैदीबन्दीहरुलाइे जिल्ला कारागारभित्र रहेको  आइसोलेसनमा राखेको जेलर महतोले बताउनुभयो । सिराहा कारागारमा रहेका पाँच सय ९४ जना कैदीबन्दीमध्ये ८० जनाको  पीसीआर परिक्षण गराउदा ५९ जनामाकोरोना पुष्टि भएको छ ।  ...
खानेपानी संस्थानका प्रशासन सहायक घुससहित पक्राउ

खानेपानी संस्थानका प्रशासन सहायक घुससहित पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २५ कास्कीका पोखराको नेपाल खानेपानी संस्थानका प्रशासन सहायक कृष्णहरि वाग्ले घुससहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा वाग्लेलाई रंगेहात पक्राउ गरेको आयोगले जनाएकोछ । खानेपानी उपभोग गरेबापतको शुल्क तिर्न जाँदा विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा आयोगको टोलीले पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगरस्थित एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको जनाईएको छ । पक्राउ परेको वाग्लेमाथी  थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।...
नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ नेपालमा आज थप एक हजार दुई सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ५० हजार चार सय ४६  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ४४ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । गत २४ घण्टामा एक हजार आठ सय १८ जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको छ । अब नेपालमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार आठ सय ६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।...
अमेरिकाद्धारा १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द

अमेरिकाद्धारा १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमको कारण  देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको ट्रम्प प्रशासनले जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन । सन् २०१८ देखि २०१९ मा करिब तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए । चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेको संचारमाध्यले जनाएको छ । भिसा रद्द गरिएका विद्यार्थीलाई उच्च जोखिमयुक्...
चितवनमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ चितवना कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा भरतपुर महानगरपालिका–११ का ६२ बर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको उपचारको क्रममा आज दिउँसो १२ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । कडा निमोनियाबाट पीडित उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।...
विश्वमा कोरोना संक्रमणबाट ९ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट ९ लाख भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पुर्णँपुष्टि,भाद्र २५ विश्वमा कोरोना संक्रमणबाट नौं लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं लाख दुई सय ३९ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको हो । विश्वमा कोरोना संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ भने संक्रमितमध्ये एक करोड ८६ लाखभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।...