Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

पर्यटन व्यवसाय नवीकरणको म्याद कात्तिकसम्म

पर्यटन, समाचार
पूर्णपुष्टि, भदौ २५ बागमती प्रदेश सरकारले पर्यटन व्यवसायको इजाजत पत्रको नवीकरण गर्ने मिति पर सारेको छ । प्रदेशमा दर्ता हुने पर्यटन सम्बन्धि व्यावसायको ईजाजत पत्रको नविकरण गर्ने मिति कात्तिक मसान्तसम्म गर्न सकिने गरी म्याद थप गरेको हो । कोरोना भाइरसको महामारीले लकडाउन र निषेधाज्ञाका कारण कार्यालयहरु बन्द रहेकाले व्यवसायीले इजाजत नविकरण गर्न पाएका छैनन् । बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षको चैतयता दर्ता नवीकरण हुन नपाएका कम्पनीहरुको दर्ता कात्तिक मसान्तसम्म गर्न सकिने गरी समय थप भएको छ । यो अवधिसम्म दर्ता नवीकरण गरेमा नवीकरणमा लाग्ने जरिवाना र विलम्ब शुल्कमा छूट दिने निर्णय समेत प्रदेश सरकारले गरेको छ । सामान्यतया आर्थिक वर्ष सकिनु अगाडि नै व्यवसायको इजाजत नवीकरण गरिसक्नु पर्छ । प्रदेश सरकारले तीन तारे होटेलदेखि तलका सबै प्रकारका होटेल, ट्राभल, ट्र...
आज सनको भाउ बढ्यो

आज सनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २५ आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेको छ । सुन तोलामा चार सय रुपैयाले बढेर तोलाको ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९६ हजार ४ सय थियो । त्यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको संघले जनाएको छ ।...
उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ उदयपुरमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ का मोतिगडा क्वारेन्टीनका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । केहि दिन अगाडी भारतबाट आएर क्वारेन्टीनमा बसेका त्रिनपा–५ का २१ वर्षीय पुरुष र क्वारेन्टीमा डिउटीमा खटेका ४० वर्षीय नेपाल प्रहरीका प्रहरी हवल्दारमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यही भदौ २२ गते उनीहरुसहित २२ जनाको स्वाव संकलन गरी परिक्षणको लागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो । स्वाव परिक्षणमा दुई जनाको रिर्पोट पोजेटिभ आएको कार्यालयले जनाएको छ । उनीहरुलाई चौदण्डिगढी नगरपालिका–६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको तयारी भईरहेको जनाईएको छ ।...
युवतीलाई भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ

युवतीलाई भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २५ रौतहटबाट विभिन्न प्रलोभनमा युवतीलाई भारत लैजाँदै गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाको प्रहरी टोलीले परोहा नगरपालिका–७ बाट गतराति पक्राउ गरेको हो । बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक युवतीसहित सात जना भारततर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा शंका लागेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । फतुवा विजयपुर नगरपालिका–५ की यादव थरकी १८ वर्षकी युवतीसहित मौलापुर नगरपालिका–८ का २० वर्षका अनिल पटेल, २० वर्षकै दीपेन्द्र पटेल, वडा नम्बर ५ मौलापुरका १९ वर्षका अरविन्द ठाकुर, २० वर्षका धनञ्जय तिवारी, १७ वर्षका दीपेश यादव र २२ वर्षका रामबालक पटेल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
५० वर्षमै वन्यजन्तुको सङ्ख्या दुई तिहाइले घट्यो

५० वर्षमै वन्यजन्तुको सङ्ख्या दुई तिहाइले घट्यो

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको एक अध्ययनले देखाएको छ । ५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको सङ्ख्या दुई तिहाइ भन्दा धेरैले घटेको वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले देखाएको हो । सन् १९७० यता विश्वभर यस्ता जीवको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको संरक्षणसम्बन्धी वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले यो कमीलाई विध्वंसकारी भनेर व्याख्या गरेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनु जस्ता कारणले जीवनको सङ्ख्यामा गिरावट आएको प्रतिवेदनले देखाएको छ । यो एकदमै डरलाग्दो अवस्था भएको जनाईएको छ । प्रकृतिमाथि मानिसले गरेको यस्तो विनाश यसअघि कहिल्यै नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।...
भारतमा एकैदिन ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ भारतमा एकै दिन ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणबाट १ हजार १ सय ७२ जनाको मृत्यु भएको जनाईएको छ । सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ भने २७ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएका मध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७ सय ८४ संक्रमित निको भएका छन् भने ९ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी छन् ।...
भोजपुरमा लकडाउन सुरु

भोजपुरमा लकडाउन सुरु

समाचार
पूर्णपुष्टि, भदौ २५ भोजपुरमा आजदेखि एक हप्ताको लागी पुनः लकडाउन सुरु भएको छ । कोरोना सङ्क्रमित बढ्न थालेको भन्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र भोजपुरको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा जिल्ला भरका खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी एक हप्ता लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन भोजपुरले जनाएको छ । लकडाउनका बेला अत्यावश्यक कामबाहेक जिल्लाभर भीडभाड हुने क्षेत्रसहित बजार, होटल, यातायात तथा सीमा क्षेत्र बन्द गरिएको छ । हिजो भोजपुरको षडानन्द नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...
लिम्पियाधुरा क्षेत्र वासीलाई नेपाली नागरिकता दिने गाउँपालिकाको पहल

लिम्पियाधुरा क्षेत्र वासीलाई नेपाली नागरिकता दिने गाउँपालिकाको पहल

समाचार
पूर्णपुष्टि, भदौ २५ भारतले अतिक्रमण गरेको नेपाली भूमी लिम्पियाधुरा क्षेत्रबासीलाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । पालिकाले यस विषय आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेटेको छ । भारतले द्वारा अतिक्रमित नेपाली क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले नेपाली नागरिकता लिन चाहेको खण्डमा सिफारिसका लागि पहल गर्ने नीति पालिकाले लिएको छ । सरकारले जारी गरेको लिम्पियाधुरा सहितको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा अनुसार उत्तर–पश्चिम छेउको नाबी, कुटी, गुञ्जी नेपालको दार्चुला जिल्लामा पर्छ । त्यहाँका बासिन्दालाई नेपाली नागरिकता दिलाउन पहल गर्ने उद्देश्य व्याँस गाउपालिकाले लिएको छ । २०१५ सालमा भएको नेपालको पहिलो आमनिर्वाचनमा मतदान गरेका र २०१८ सालको राष्ट्रिय जनगणनामा समेटिएका नाबी, कुटी र गुञ्जीवासीले २०३५ सालमा दार्चुला जिल्ला मालपोत कार्यालयमा जग्गा...
नियम विपरित सिलिण्डरको कारोबार गर्नेलाई कारबाही

नियम विपरित सिलिण्डरको कारोबार गर्नेलाई कारबाही

समाचार
पूर्णपुष्टि, भदौ २५ ग्यास उद्योगको नियम विपरीत ग्यास सिलिण्डर कारोबार गर्नेलाई कारबाही हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले आज सूचना निकालेर कोरोना सङ्क्रमण फैलिएसँगै बजारमा जथाभाबी ग्यास सिलिण्डरको कारोबार भइरहेको पाइएकोले त्यसलाई रोक्न भनेको छ । ग्यास उद्योगको नियमानुसार नियुक्त भएका बिक्रेताहरु बाहेक अन्य कसैले खाली सिलिण्डर ओसार–पसार, भण्डारणमा सट्टापट्टा र खरिद बिक्री गर्नु गैरकानुनी भएकाले यस्तो काम गरे कारबाही हुने संघले जनाएको छ । यस्ता सिलिण्डर जफत गरी कारोबारमा संलग्न हुनेलाई कारबाहीको चेतावनी दिएको संघले जनाएको छ ।...
काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी चल्न थाल्यो

काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी चल्न थाल्यो

समाचार
पूर्णपुष्टि, भदौ २५ काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी चल्न थालेको छ । जोर–बिजोर प्रणालीमा गाडी खुलाउने निर्णयअनुसार आज बिजोर नम्बरका गाडी चल्न थालेका छन् । हिजो उपत्यकाका काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरोकारवाला विचको छलफलपछि जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर–बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउने निर्णय गरेको थियो । आज बिजोर बार बिजोर नम्बरका गाडी चल्न थालेका छन् । निजी र सार्वजनिक सबै  गाडीमा जोर–बिजोर प्रणाली लागू हुनेछ । नियम पालना नगरी गाडी चलाउनेलाई होल्ड गरी बेलुका मात्रै छोड्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसका लागि बिहानैदेखि ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गरिरहेका महाशाखाले जनाएको छ । जोर–बिजोर प्रणालीमा गाडी चलाउन पाइने भए पनि सार्वजनिक गाडी भने १६ सिट क्षमताभन्दा माथिका गाडी मात्रै चलाउन पाइने छ । त्यस्तै यस्ता गाडीमा ...