Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

आज घर घरमै जितिया पर्व मनाइँदै

आज घर घरमै जितिया पर्व मनाइँदै

समाचार
पूर्णपुष्टि, भदौ २५  मिथिला क्षेत्र र थारु समुदायका महिलाहरुले घर–घरमै जितिया पर्व मनाउँदै छन् । आज जितिया पर्वको मुख्य दिन हो । वर्षको आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ पर्व मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने पर्व यस वर्ष कोरोना संक्रमणले घरमै बसेर जितिया मनाइँदै छ । आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ । भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने चलन छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया प...
आज प्रदेश १ र ५ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज प्रदेश १ र ५ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, भदौ २५ आज प्रदेश नम्बर १ र ५ सँगै वाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको जनाईएको छ । आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने जनाईएको छ । त्यस्तै भोलि र पर्सि पनि देशभरको मौसम यस्तै रहने छ । दिउँसोको समयमा केहीबेर घाम लागे पनि फेरि बद्ली भएर पानी पर्ने जनाउको छ । प्रदेश १, २ र ५ तथा वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बाढी पहिरोको सम्भावना रहेकाले सावधानि अपनाउन महाशाखाले आग्रह गरेको छ । यी क्षेत्रमा रहेका नदीमा पानीको सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक भासिने जोखिम रहेको  भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।...
दिल्लीमा स्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरी परिचालन

दिल्लीमा स्वास्थ्यका मापदण्ड पालना गराउन प्रहरी परिचालन

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ भारतको नयाँ दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र गराउन प्रहरी परिचालन गरिने भएको छ । हरेक प्रहरी युनिटमा कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो । स्वास्थ्य मापदण्ड पालना नहुने क्रम बढेपछि कडाइका लागि प्रहरी खटाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब स्वास्थ्यका मापदण्ड पालना नगरे कडा कारबाही गरिने दिल्ली प्रहरीले जनाएको छ ।...
काठमाण्डौमा पसल आलोपालो खुल्ने

काठमाण्डौमा पसल आलोपालो खुल्ने

समाचार
पूर्णपुष्टि, भदौ २५ काठमाण्डौ उपत्यकामा आजदेखि पसलहरु आलोपालो खोल्न पाईने भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै पसलहरु आलोपालो खोल्न पाइने भएको हो । औषधि र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसायलाई भने आलोपालो गरिएको छैन ।  खाद्यान्न, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री गर्ने पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न पाईने छ । त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्रीवितरण गर्ने पसल तथा व्यवसायका साथै ढुवानीका लागि प्रयोग हुने गाडी दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न पाइने भएको छ । टेक अवे सेवाको साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउने गाडी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाईनेछ । सहकारी संस्थाहरु बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्ता पसल, कस्मेटिक पसललगायत पसलहरु सो...
त्रियुगा नगरपालिकाद्धारा जितिया पर्वमा २ दिन सार्वजनिक विदा

त्रियुगा नगरपालिकाद्धारा जितिया पर्वमा २ दिन सार्वजनिक विदा

समाचार
पूर्णपुष्टि, भदौ २४ त्रियुगा नगरपालिकाले थारु समुदायको महान पर्व मध्येको जितिया पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्रियुगा नगरपालिकाले भदौं २५ र २६ गते (आकस्मिक सेवा बाहेक ) सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारु समुदायको प्रमुख चाड जितिया पर्वको अवसरमा त्रियुगा नगरक्षेत्रमा सार्वजनिक विदा दिने निर्णय गरेको त्रियुगा नगरपालिकाले जनाएको छ । आकस्मिक सेवा बाहेक नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने जनाएको छ । कोरोना भाइरसको महामारीले गर्दा यस वर्षको जितिया पर्व कहि कतै नगई घर घरमै मनाउन नगरपालिकाले नगरबासीलाई अनुरोध गरेको छ । खस आर्य समुदायका महिलाले मान्ने तिज पर्व जस्तै थारु समुदायका महिलाका लागि जितिया पर्व महत्वपूर्ण हो । त्रियुगा नगरक्षेत्र भित्र आदिम कालदेखि थारु समुदायको मुख्य बसमोबास भएकोले यस पर्वमा सार्वजनिक विदा दिने निर्णय गर...
नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ नेपालमा आज थप एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४९ हजार दुई सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक सय ६७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा एक हजार ८१ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । त्यस्तै गत २४ घण्टामा नौ सय १८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३३ हजार आठ सय ८२ जना पुगेको छ । अब नेपालमा १५ हजार २५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच हजार चार सय ८० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।...
अवैध यूरिया र सुर्तीसहित गाडी पक्राउ

अवैध यूरिया र सुर्तीसहित गाडी पक्राउ

समाचार
उदयपुर, भदौ २४  उदयपुरको कटारीमा अवैध यूरिया मल र सुर्तीसहित गाडी पक्राउ परेको छ । कटारी नगरपालिका–१ बेलस्रोतबाट राजस्व छली गरी ल्याएको अवैध ४० बोरा यूरिया मल र ५ बोरा सुर्तीसहित बोलेरो पक्राउ गरको प्रहरीले जनाएको छ । सिराहाको मिर्चैयाबाट कटारी तर्फ आउँदै गरको प्रदेश –२–०१–००१ च ०१४८ नम्बरको बोलेरो पिक अप भेनलाई प्रहरी चौकी बेलस्राबाट खटेका विशेष प्रहरी टोलीले गतराती चेक जाँच गर्ने क्रममा राजस्व छली गरी अवैध यूरिया र सुर्र्ती फेला पारेको प्रहरीले जनाएको छ । सुर्ती तस्कर गर्ने ३६ वर्षीय अन्जितकुमार खड्कालाईसमेत नियन्त्रणमा लिई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी आन्तरिक राजस्व कार्यालय लहान सिराहा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
अवैध सखुवाको काठसहित अटो पक्राउ

अवैध सखुवाको काठसहित अटो पक्राउ

समाचार
उदयपुर, भदौ २४ उदयपुरको कटारीबाट अवैध सखुवाको काठसहित अटो पक्राउ परेको छ । कटारी नगरपालिका–४ को कान्छि बजारबाट अवैध सखुवाको काठसहति अटो पक्राउ परेको हो । ईलाका प्रहरी कार्यालय कटारीबाट खटेका विशेष प्रहरी टोलीले स १ ह १६७८ नम्बरको अटो चेक जाँच गर्दा सखुवाको काठ करिब ११.५ क्यूफिट बरामद गरको प्रहरीले जनाएको छ । झ्याल ढोकाको चौकस तयार गरेको काठसहित पक्राउ परेको अटोलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय त्रिवेणी पठाएको प्रहरीले जनाएको छ ।...
अफगानिस्तानको उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट

अफगानिस्तानको उपराष्ट्रपतिलाई लक्षित गरी बम विस्फोट

समाचार, संसार
पूर्णपुष्टि, भदौ २४ अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएकोे छ । उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर सेवा प्रमुखलाई सामान्य चोट लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । मृत्यु हुने र घाइते हुनेहरुमा उपराष्ट्रपति सालेहका अङ्गरक्षकहरु पनि रहेका जनाईएको छ । अफगानिस्तानका अधिकारी र तालिबानले पहिलो औपचारिक वार्ता सुरु गर्न तयारी गरिरहेको बेला बम विस्फोट भएको हो । सालेह तालिबानका मुख्य विरोधीको रूपमा चिनिनुहुन्छ । तर तालिबानले भने आफूले बम विस्फोट नगराएको दाबी गरेको छ । बम विस्फोटपछि उपराष्ट्रपति सलेहले आफ्नो एउटा हात सामान्य जलेको र आफूलाई लक्षित गरी आक्रमण भए पनि राजनीतिक यात्रा नरोकिने बताउनुभएको छ । अफगानिस्तानका अधिकारीहरुले राजनीतिक सहमतिसम्म पुग्नका लागि कतारको दोहामा ...
बुद्ध पर्यटन प्रवर्द्धन समिति गठन

बुद्ध पर्यटन प्रवर्द्धन समिति गठन

समाचार
पूर्णपुष्टि, भदौ २४ नेपाल पर्यटन बोर्डको समन्वयमा बुद्ध पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । लुम्बिनी तथा बुद्ध र बुद्ध धर्मसँग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाहरुको प्रवर्द्धन, तथा प्रचार प्रसार गर्ने उद्देश्यले समिति गठन भएको हो । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको संयोजकत्वमा समिति गठन भएको हो । पर्यटन व्यवसायी विक्रम पाण्डे सहसंयोजक रहेको समितिमा अम्बिका श्रेष्ठ, कर्ण शाक्य, बुद्ध धर्म संस्कृतिका अध्यता प्रा.डा. रमेश ढुङ्गेलदेखि रोमन म्यागसेसे पुरस्कार विजेता अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त आँखा विशेषज्ञ डा. सन्दुक रुइतसम्मका व्यक्तित्वहरु सदस्यको रुपमा रहनुभएको छ । बुद्धसँग सम्बन्धित अन्य स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रवर्द्धन, ब्राण्डिङ, सौन्दर्यीकरण, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीय स्थलहरुसँग ज...