Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

खोलाले बगाउदा १ जनाको मृत्यु

खोलाले बगाउदा १ जनाको मृत्यु

समाचार
झापा, भाद्र २४ झापाको विरिङ खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–९ स्थितमा रहेको बिरिङ खोलाले बगाउदा स्थानीय १५ वर्षीय गोविन्द साहको मृत्यु भएको हो । आज दिउसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
मुस्ताङको स्याउ बजार पठाउने तयारी

मुस्ताङको स्याउ बजार पठाउने तयारी

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ हिमाली जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारी सुरु भएको छ । मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाक्न थालेकाले कृषकहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा लागेका छन् । गत वर्षहरुमा जिल्ला बाहिरबाट कामदार ल्याएर स्याउ टिप्ने गरिएपनि यसवर्ष कोरोना संक्रमणले गर्दा स्याउ टिप्नका लागि स्थानीय नै प्रयोग गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिमका विच स्याउको बगैचा खरिद गर्ने ठेकेदारलाई स्याउ टिप्ने कामदार ल्याउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । स्याउ पाकिसकेको र टिप्ने क्रम सुरु भएकाले टिप्नेदेखि अन्य व्यवस्थापनको काममा स्थानीय नै खट्नुपर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ । बैठकले स्याउ टिप्नका ल...
६४९ पालिकामा अस्पताल बनाउन रकम पठाइयो

६४९ पालिकामा अस्पताल बनाउन रकम पठाइयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४  सरकारले ६ सय ४९ वटा पालिकामा कम्तिमा पाँच शैयाको कोरोना विशेष अस्पताल बनाउन १० लाख रुपैयाँका दरले रकम पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले ६ सय ४९ वटा पालिकामा १० लाख रुपैयाँका दरले रकम पठाइसकेकाले छिटो भन्दा छिटो अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सबै पालिकालाई पत्राचार गरेको जनाईएको छ । सरकारले प्रतिबेड दुई लाख रुपैयाँका दरले प्रत्येक पालिकालाई तीन महिनाको लागि १० लाख रुपैयाँ पठाएको छ । यो रकममध्ये बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एक जना डाक्टर, दुई जना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ । कार्यप्रगतिका आधारमा तीन महिनापछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ...
बैंकले भुक्तानी अवधिभर घर र गाडी कर्जाको व्याज बढाउन नपाउने

बैंकले भुक्तानी अवधिभर घर र गाडी कर्जाको व्याज बढाउन नपाउने

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २४ बैंकहरुले भुक्तानी अवधिभर घर र गाडी कर्जामा ब्याजदर परिवर्तन गर्न नपाउने भएको छ । बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत कर्जा अवधिभर कर्जाको ब्याजदर परिवर्तन गर्न नपाउने भएको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका सार्वजनिक गर्दै घर र गाडी कर्जामा बैंक तथा वित्तीय संस्थाले कर्जाको भुक्तानी अवधिभर ब्याजदर परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका सबै व्यक्तिगत कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने नपाउने निर्देशिकामा उल्लेख छ । अब कर्जाको अवधिभर व्यक्तिगत कर्जामा एउटै ब्याजदर लागू हुने भएको छ । यसअघि बैंकहरुले सुरुमा सस्तो व्याज र पछि महंगो व्याज लिँदै आएका थिए ।...
बेलायतमा ६ जना भन्दाबढी भेला भए जरिवाना

बेलायतमा ६ जना भन्दाबढी भेला भए जरिवाना

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ बेलायतमा सार्वजनिक स्थानमा ६ जना भन्दा धेरै मानिस भेला भए जरिवाना तिर्नु पर्ने छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले आउँदो सोमबार अर्थात १४ सेप्टेम्बरदेखि ६ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय कार्यान्वयन गर्न लागेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । सरकारले गरेको निर्णय उल्लङ्घन गर्ने र प्रहरीको आग्रहलाई नटेर्नेलाई एक सय देखि ३२ सय युरोसम्म जरिवाना तिराइने जनाईएको छ । उक्त जरिवाना रकम नेपालीमा चार लाख ४४ हजार रुपैयाँ हुन आउँछ । यसबारेमा थप जानकारी आज प्रधानमन्त्री बोरिस जोनसोनले दिने संचारमाध्यमहरुले जनाएको छ । यसअघि कोरोना संक्रमण रोक्न प्रहरीलाई विशेष रुपमा अधिकार दिएर भेलाहरु रोक्नुपर्ने बारिसले बताएका थिए । बेलायतमा होटल तथा रेष्टुरेन्ट खोल्न पाइने छ । तर एउटै समूहमा ६ जना भन्दा धेरै बस्न पाइनेछैन । ६ जना भन्दा धेरै भेला हुन नपाउने नियम स्कुल, ...
जिल्लास्तरमै कोरोनाको उपचार सुरु

जिल्लास्तरमै कोरोनाको उपचार सुरु

समाचार, स्वास्थ्य
 पुर्णपुष्टि,भदौ २४  जिल्लाकै आइसोलेशनमा राखेर लक्षण नदेखिएका कोरोना संक्रमितहरुलाई हेरचाह तथा सामान्य उपचार गर्न थालिएको छ । सोलुखुम्बुमा संक्रमण पुष्टि भएकाहरुलाई जिल्लाकै आइसोलेशनमा राखेर उपचार गर्न थालिएको हो । यसअघि कोरोना सङ्क्रमण पुष्टि भएकालाई अन्यत्र पठाउने गरेको भए पनि अहिले भने जिल्ला अस्पतालमै राखेर संक्रमितहरुको उपचार सुरु गरिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । हिजो कोरोना सङ्क्रमण पुष्टि भएकी एक युवतीलाई उपचारका लागि फाप्लु अस्पतालमै राखिएको अस्पतालले जनाएको छ । सोलुखुम्बुमा अहिलेसम्म तीन सय ६९ जनाको स्वाब सङ्कलन गरिएकोमा आठ जनाको कोरोना रिपोट पोजेटिभ आएको छ ।...
खोटाङमा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण

खोटाङमा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण

समाचार
पूर्णपुष्टि, भदौ २४ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण भएको छ । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत अर्थमन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माण गरेको हो । अर्थमन्त्रालयको ३ करोड ३२ लाख आर्थीक सहयोगमा ल्याब परीक्षण, जनशक्ति व्यवस्थापन बाहेक कम्पोष्ट मल तथा बायोग्यास प्लान्टको भौतिक संरचनाको काम सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ । विशेषगरी दिक्तेलबजार, सोल्मा लगायतका ठाउँबाट निस्कने कुहिने, सड्ने र मक्किने वस्तुलाई प्रशोधन गरेर कम्पोष्ट मल उत्पादन गर्ने तथा मानव मलमुत्रबाट वायोग्याँस उत्पादन गर्ने लक्ष्यकासाथ सोल्मामा कम्पोष्ट मल र बायोग्यास प्लान्ट निर्माणको काम अघि बढाइएको जनाएको छ । वरपर पाइने स्याउला, पत्कर, गोबर तथा बजारमा पाइने कुहिने सामग्री संकलन गरे...
अमेरिकामा डढेलो फैलदै

अमेरिकामा डढेलो फैलदै

समाचार, संसार
पूर्णपुष्टि, भदौ २४ अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो तिब्र रुपमा फैलिएको छ । तीन हप्ता अघि शुरु भएको डढेलो २० लाख हेक्टर क्षेत्रमा फैलिएको हो । डढेलोबाट आठ जनाको मृत्यु भईसकेको क्यालिफोर्नियाको वन विभागले जनाएको छ । डढेलोले ३ हजार ३ सयभन्दा धेरै संरचनामा क्षति पुगेको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । एउटै मौसममा यति ठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलोपटक भएको विभागले जनाएको छ । विभागले हावाहुरीको कारण डढेलो नियन्त्रणमा लिन समस्या भएको जनाएको छ । यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको जनाईएको छ । क्यालिफोर्नियाको विभिन्न एक हजार भन्दा धेरै ठाउँमा डढेलो लागिरहेको छ । यस्तै २२ वटा काउण्टीमा बिजुली काटिएको छ । त्यहाँ एक लाख ७० हजार भन्दा धेरै मानिस प्रभावित भएका छन् । डढेलो धेरै लागेको कतिपय ठाउँमा आपतकालीन स्थितिको घोषणा गरिएको छ ।...
मानिस विरामी परेपछि अक्सफोर्डले कोरोना खोप परीक्षण रोक्यो

मानिस विरामी परेपछि अक्सफोर्डले कोरोना खोप परीक्षण रोक्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक जना व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ । खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँका करिब ३० हजार मानिसमा परिक्षण गरेकामध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुने जनाईएको छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको संचारमाध्यमहरुले जनाएका छन् । अहिले विश्वभरमा करिब एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको...
मिथिला क्षेत्रमा जितिया पर्व शुरु

मिथिला क्षेत्रमा जितिया पर्व शुरु

समाचार
पूर्णपुष्टि, भदौ २४ आजदेखि मिथिला क्षेत्रमा जितिया पर्व सुरु भएको छ । मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै धार्मिक विधिअनुसार पर्व शुरु भएको हो । आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् । भोलि बिहान चार बजेदेखि उपवास बसी निराहार व्रत बसी पर्सि बिहान व्रत सम्पन्न गर्नेछन् । सयौँ बर्तालुले नदी, पोखरी, सागरमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् । आज पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । त्यसैगरी विधिअनुसार भोलि एकाबिहानै काग कराउनु भन्दा पहिल्यै व्रतालु महिलाहरु केही खानेकुरा ओठमा लगाउनुपर्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार...