Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, भदौ २४ आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज राति प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहूँ, कास्की नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ लगायतका जिल्लाका केही ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ । ती जिल्लामा साना देखि ठूला खोला तथा नदीमा आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । पूर्वका मेची, निन्दा, बिरिङ, मावा रतुवा र कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले १० बजेसम्म सतर्क रहन शाखाले अनुरोध गरेको छ । यस्तै आज बिहान नारायणगढ मुग्लिन सडक खण्डको कालीखोला आसपासमा अति ठूलो वर्षा भएको र थप वर्षाको सम्भावना रहे...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २४ विश्वमा कोरोना संक्रममणबाट मृत्यु हुनेको सख्ंया नौ लाख नाघेको छ । गत २४ घण्टामा चार हजार दुई सय सात जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या नौ लाख सात सय ६३ जना पुगेको हो । गएको २४ घण्टामा दुई लाख ३४ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड ७७ लाख १५ हजार भन्दा धेरै भएको वल्डोमिटरले जनाएको छ । उक्त सङ्क्रमितमध्ये एक करोड ९८ लाख दुई हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा भारतमा मात्रै ८९ हजार आठ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका र एक हजार एक सय सात जनाको मृत्यु भएको वल्डोमिटरले जनाएरको छ । अमेरिका, ब्राजिल, रसिया लगायतका देशमा दैनिक सङ्क्रमण र मृत्यु हुनेको संख्या घट्दै गए पनि भारतमा भने केही दिनदेखी उच्च संख्यामा बिरामी...
पत्रकारको नक्कली परिचयपत्र बनाउने पक्राउ

पत्रकारको नक्कली परिचयपत्र बनाउने पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २३ पत्रकारको नक्कली परिचयपत्र बनाउने र पत्रकार नभएकाले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोरोना संक्रमणको जोखिम रोक्न जारी गरिएको निषेधाज्ञाको बेला पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । केही दिनअघि ललितपुरमा प्रेस लेखेको ज्याकेट लगाएर एक हातले क्यामेरा समाउँदै अर्को हातले प्रहरीलाई ढुङ्गा हानिरहेको दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनलाई तत्कालै पक्राउ गरेर प्रहरीले कारबाही थालेको छ । पत्रकार नभएका व्यक्तिले पनि गाडीमा प्रेस टाँसेर हिँड्ने गरेको भेटिएको प्रहरीले जनाएको छ । आज काठमाण्डौको बागबजारमा पत्रकारको नक्कली परिचयपत्र बनाउँदै गरेको अवस्थामा केही व्यक्ति पक्राउ गर...
उदयपुरमा स्वतन्त्र श्रमिक समिति गठन

उदयपुरमा स्वतन्त्र श्रमिक समिति गठन

समाचार
पूणर्पुष्टि, भदौ २३  श्रमिकहरुको हितमा आवाज उठाउने उदेश्यले उदयपुरमा स्वतन्त्र श्रमिक समिति संगठन शनिबार गठन गरिएको छ । टिकाराम राईको अध्यक्षतामा २१ कार्यसमिति सहित संगठन तयार गरिएको हो । नेपाली समाजमा अझै पनि मजदुरहरुको हकहितमा कुनै पनि क्षेत्र, राज्यले आवाज नउठाउने र हरेक सेवा सुविधाहरुमा व्यवस्ता गरी मजदुर सँधै अन्याय र अत्याचारको सिकार भएको पिडालाई लिएर संगठन तयार गरिएको समितिले जनाएको छ । मजदुरहरु जिवनयापनको लागि ठुलो संघर्ष गर्नु पर्ने, रात दिन पसिना बगाएर आफुलाई बचाउनु पर्ने अवस्थामा ठेकेदार मालिकहरुबाट आफ्नो पारिश्रमिक नपाउँदा  बाँच्ने आधार नै नहुने हुदा यसको लागि कुनै पनि निकाय र राज्यले आवाज नउठाउँदा आफुहरु सँधै मारमा पर्ने गरेको समितिका अध्यक्ष टिकाराम राईले बताउनुभयो । त्यस्ता व्यक्तिहरुलाई कार्वाही नगर्दा देशका कयौँ मजदुरहरु अन्यायमा परेको अध्यक्ष राईले बताउनुभयो । ...
बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

मनोरञ्जन
अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको थियो । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ । रिया आज बयानका लागि एनसीबीमा पुगेकी थिइन् । उनी पुगेको केही घन्टापछि उनको गाडी फिर्ता गरिएको थियो । आज रियासँग ३ घन्टा सोधपुछ गरेपछि एनसीबीले उनलाई नियन्त्रणमा लिएको हो । पहिलो दिन उनलाई ६ घन्टासम्म सोधपुछ गरेको थियो भने दोस्रो दिन ८ घन्टा सोधपुछ गरिएको थियो । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाई शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्...
चितवन राष्ट्रिय निकुञ्जमा ४ बर्षपछि तस्करले मारे गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा ४ बर्षपछि तस्करले मारे गैंडा

समाचार
पूर्णपुष्टि, भदौ २३ चितवन राष्ट्रिय निकुञ्जमा करिब चार बर्षपछि पहिलो पटक गोली लागेको अवस्थामा दुर्लभ सिंगे गैंडा मृत भेटिएको छ । निकुञ्जको रातोपानी घोल भन्ने ठाउँमा टाउकोमा दुई गोली लागेको अवस्थामा गैंडा मृत भेटिएको निकुञ्जले जनाएको छ । गैंडा घोलमा डुबेको अवस्थामा भेटिएको जनाएको छ । निकुञ्जको गस्ती टोलीले भदौ २१ गते मरेको अवस्थामा गैंडा भेटेको थियो । गैंडा ५÷७ दिन अगाडि मारेको हुनसक्ने निकुञ्जको अनुमान छ । गैंडाको पोष्टमार्टम गर्दा टाउकोमा गोली नभेटिएको निकुञ्जले जनाएको छ । मृत गैंडाको खाग र खुर भने सुरक्षित छ । निकुञ्जमा २०७३ साल यता कुनै पनि गैंडा तस्करहरूले मार्न सकेका थिएनन् । लकडाउन र निषेधाज्ञा लागेका बेला निकुञ्जमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ । चालू आर्थिक बर्षमा यो सहित चार गैंडा मृत भेटिएका छन् । तीन वटा कालगतिले मरेका थिए । गत आर्थिक वर्ष प्राकृतिक कारणल...
‘अब अर्को महामारीका लागि तयार हुनुपर्छ’

‘अब अर्को महामारीका लागि तयार हुनुपर्छ’

समाचार
काठमाडौँ, २३ भदौं —विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससका अनुसार कोरोना महामारीबाट पाठ सिकेर अर्को महामारीका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए । डब्लूएचओको मुख्यालय जेनेभामा सोमबार भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताए । स्वास्थ्य भनेको विलासिताको बस्तु होइन । यो आवश्यकताको कुरा हो र यो एउटा मानव अधिकार रहेको उनले बताए । महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको उनले भनाई छ । अब अर्को महामारीका लागि पहिलेभन्दा बढी तयार हुनुपर्ने र केही देशले मेडिसिनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको ब...
पहिरोले घर पुर्दा १ जनाको मृत्यु

पहिरोले घर पुर्दा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ २३ कास्कीमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । रुपा गाँउपालिका–६ मा पहिरोले घर पुरिँदा २० वर्षीया सिर्जना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोमबार रातिदेखि परेको पानीले आज बिहान ४ बजेतिर काजीबहादुर विकको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरो आएको थाहा पाएर घरका अरु सदस्य घर बाहिर निस्किन सफल भएकोले उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।...
२४ घण्टामा थप ९०२ संक्रमण, छ जनाको मृत्यु

२४ घण्टामा थप ९०२ संक्रमण, छ जनाको मृत्यु

समाचार
काठमाडौं, २३ भदौ । बितेको २४ घण्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए । आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । भने कोरोना संक्रमणबाट निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको सरकारी तथ्यांक छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । थप छ जनाको मृत्यु कोरोना भाईरस संक्रमणका कारण बितेको २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सरकारी तथ्यांक अनुसार यो अवधिमा छ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा एक ...
बिहीबारसम्म बैँकका सबै शाखा खुल्ने

बिहीबारसम्म बैँकका सबै शाखा खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३ बैंक तथा वित्तीय संस्थाका राजस्व सङ्कलन हुने शाखा तथा काउन्टर विहिबारसम्म खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार, बुधबार र बिहीबार राजस्व सङ्कलन हुने सबै शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको छ । सरकारले बिहीबारसम्म राजस्व तिरिसक्न करदातालाई जानकारी गराएको छ । राजस्व उठाउने म्याद बिहीबारसम्म भएकाले बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै बैंक तथा वित्तीय संस्थाका धेरैजसो शाखा बन्द छन् । भिड हुन नदिन तीन दिन सबै शाखा खोल्न भनिएको राष्ट्र बैंकले जनाएको छ ।...