Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

एकल अभिभावक: बच्चाका लागि बच्चा बन्नु जरुरी

एकल अभिभावक: बच्चाका लागि बच्चा बन्नु जरुरी

स्वास्थ्य
'छोरा होस् व छोरी, एउटै भए पुगिसरी' यो भनाई एक हिसावले अहिलेका दम्पतीमा पुरा हुन गइरहेको अनुमान लगाउन सकिन्छ, जुन किसिमको सोंच परिवर्तन भएको छ, त्यो अनुकरणिय पनि छ । विगतमा जस्तो छोराकै लागि धेरै सन्तान जन्माउने झन्झटबाट दम्पतीहरु मुक्त भएका छन् । एउटै छोरीमा चित्त बुझाउने थुप्रै छन् । छोरा र छोरीमा विभेद छैन । तर, एक्लो बच्चा हुर्काउन जति सहज ठानेका छन्, त्यती सहज भने छैन । दुई वा सो भन्दा बढी सन्तान हुर्काउन भन्दा एक्लो सन्तान हुर्काउन आमाबुवाको लागि बढी झन्झटिलो र बोझिलो बनेको छ । किन  ? - आमाबुवाको बढी माया र हेरचाहको कारण एउटा मात्र बच्चा भएपछि उनीहरु पुलपुल्न्छिन् । - हरेक कुरामा आमाबुवाप्रति निर्भर हुन्छन् । खाना ख्वाउन, लुगा लगाइदिन पनि उनीहरुलाई आमाबुवाकै साथ र सहयोग चाहिन्छ । - बढी अपेक्षा गर्ने र माग गर्ने प्रवृत्तिको विकास हुन्छ । - एक्लै हुर्किने भएकाले उनीहरु ए...
गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३ गण्डकी प्रदेशमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित  ५९ जनामा संक्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २० महिला र ४ पुरुष गरी २४ जना कामदार रहेका छन् । त्यस्तै पोखराको पार्कल्यान्ड अस्पतालका एक जना चिकित्सक र गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामीमा पनि सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा ९ जना त्यस्तै तनहुँका ३ जना बाग्लुङका ९ जना र गोरखाका १० जनामा समेत सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार छ सय ६० जना पुगेको छ ।...
कस्तो खानेकुराबाट पोषक तत्व पाइन्छ ? जानी राखौँ

कस्तो खानेकुराबाट पोषक तत्व पाइन्छ ? जानी राखौँ

स्वास्थ्य
भनिन्छ,"खाना नै ओखती हो" । खानेकुराले हामीलाई बलियो, स्वस्थ राख्छ । शरीरमा लाग्ने अनेकन रोगबाट बचाँछ ।शरीर संचालन एवं जीवित रहनका लागि विभिन्न पोषक तत्वको खाँचो हुन्छ । त्यस्ता अधिकांश पोषक तत्वको स्रोत खानेकुरा हुन्, जो हामी दैनिक खाइरहेका हुन्छौं । - चामल, आलु, दाल, गोलभेडा, सागपात, फलफूल, दुध आदि सम्पूर्ण खानेकुराबाट हाम्रो शरीरले पोषक तत्व ग्रहण गर्छ । सन्तुलित हिसाबले जब शरीरलाई पोषक तत्व प्राप्त हुन्छ, हामी निरोगी र तन्दुरुस्त रहन्छौं । - हरेक खानेकुरामा भिन्न भिन्नै पोषक तत्व हुन्छ । जस्तो अन्न एवं आलुमा जुन पोषक तत्व प्रचुर मात्रामा हुन्छन्, फलफूल एवं सागपातमा अर्कै पोषक तत्व पाइन्छ । यसरी हामीलाई थरीथरीका खानेकुरा आवश्यक हुन्छ । - सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त मात्रा हुन्छ , - स...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २३ आज सुनको भाउ घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
घरभाडा मिनाहा गर्न महासङ्घको माग

घरभाडा मिनाहा गर्न महासङ्घको माग

समाचार
पूर्णपुष्टि, भदौ २३ लकडाउन र निषेधाज्ञाले मर्कामा परेका व्यवसायीको घरभाडा मिनाहा गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ । महासङ्घले विज्ञप्ति जारी गर्दै करिब छ महिनाको लकडाउन र निषेधाज्ञाबाट उद्योग व्यावसायिक क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गरेको हो । लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको ब्याज पूर्णरुपमा मिनाहा गर्न र कोभिड १९ बाट प्रभावित उद्योगी, व्यापारीलाई बचाउन पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन महासंघले माग गरेको छ । एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्नु पर्ने र निजी क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दैै साना तथा मझौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले समन्वय समिति गठन गर्नुपर्ने महासंघले माग छ ।...
मुर्ती चोरी गर्ने १ जना पक्राउ

मुर्ती चोरी गर्ने १ जना पक्राउ

समाचार
सोलु, भाद्र २३ सोलुखुम्बुको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने एक जना मुर्तीसहित पक्राउ परेको छ । दुधकुण्ड–८ चागेस्थान स्थितमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने स्थानीय ३५ बर्षीय रमेश मगर पक्राउ परेको हो । हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुई वटा  सिंहको मुर्ती हराएपछी मन्दिरका समितिले खोजतलास गर्दा फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ को एक होटलबाट चोरी गरेको मुर्ती सहित पक्राउ गरेको जिप्रका सोलुले जनाएको छ । पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको जिप्रका सोलुले जनाएको छ ।...
जरिवाना तिर्न नसक्दा टिकट काटेका ७० जना यूएईमै रोकियो

जरिवाना तिर्न नसक्दा टिकट काटेका ७० जना यूएईमै रोकियो

समाचार, संसार
पूर्णपुष्टि, भदौ २३ जरिवाना तिर्न नसक्दा नेपाल एअरलाइन्समा स्वदेश फर्कन टिकट काटेका ७० जना यूएईमै रोकिएका छन् । समय अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टे बापतको जरिवाना तिर्न नसक्दा टिकट काटिसकेका ७० जना यूएईमै रोकिएको नेपाल एअरलाइन्सले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण समय अवधिभित्र स्वदेश नफर्कंदा भिसा सकिएपछि जति दिन बसेको हो त्यसअनुसार प्रत्येक दिन बापतको जरिवाना तिर्न नसक्दा उनीहरु रोकिएको जनाईएको छ । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका नेपालीहरु यूएईको अध्यागमनमा जरिवाना बापतको रकम बुझाउन नसक्दा बिमानस्थलमै अड्किने क्रम बढेको छ । यूएईबाट हिमालय एअरलाइन्स, फ्लाई दुबई र एअर अरेबियाले पनि उडान भरिरहेका छन् । यी एअरलाइन्समार्फत घर फर्कन टिकट काटेकाहरु पनि जरिवाना तिर्न नसक्दा फर्कन पाएका छैनन् । यूएईले मार्चभन्दा अघि भिसाको अवधि सकिएकालाई जरिवाना मिनाह गरि...
प्रेरक भनाइहरु, जसले हाम्रो जीवन बदल्न सक्छ !

प्रेरक भनाइहरु, जसले हाम्रो जीवन बदल्न सक्छ !

पर्यटन, स्वास्थ्य
‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ ।’ यो भनाई आचार्य चाणक्यले भनेका हुन् । जीवनमा के गर्ने, के नगर्ने ? के असल, के खराब ? कुराले जीवनलाई श्रेष्ठ बनाउँछ ? के कुराले जीवन नष्ट गर्छ ? जीवन र जगतका विषयमा यस्ता अनमोल भनाईहरु यहाँ समेटिएको छ, जो निकै मननयोग्य छन् । – हामीले कुनैपनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ । – पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भएपनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो । – खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ । – भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्र...
काँकडभिट्टाद्दइनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

काँकडभिट्टाद्दइनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

समाचार
पूर्णपुष्टि, भदौ २३ काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । १ सय ६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना जारी गरेकोे हो । यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । विवादको विच पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।...
मौसम विज्ञान विभागले उदयपुरमा आकस्मिक बाढी तथा डुवान हुने भन्दै सतर्क गरायो

मौसम विज्ञान विभागले उदयपुरमा आकस्मिक बाढी तथा डुवान हुने भन्दै सतर्क गरायो

समाचार
पूर्णपुष्टि, भदौ २३ उदयपुरमा भारी वर्षा हुने भन्दै जल तथा मौसम विज्ञान विभागले त्रियुगा लगायत साना नदिमा आकस्मिक बाढी हुने सम्भावना रहेको जनाएको छ । उदयपुरको उदयपुरगढी वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको जनाउदै विभागले नदि, खोला आसपास र तटिय क्षेत्र र डुवान हुने होचा स्थानमा सतर्क रहन सचेत गराएको छ । आज दिउसोसम्म सतर्क रहन अनुरोध गरेको छ । उदयपुरमा आज रातीदेखि भारी वर्षा भईरहेको छ ।...