Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

वीरगञ्जमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु

वीरगञ्जमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गतराति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब गत साउन १४ गते संकलन गरि परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएको थियो । ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।...
मृतक पत्रकारमा कोरोना संक्रमण पुष्टि

मृतक पत्रकारमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३ कपिलवस्तुमा मृत्यु भएका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको तौलिहवाका–६२ वर्षीय पत्रकारको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन् । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलामा समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले प्रेस विज्ञप्ति निकालेर मृतक पत्रकारप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
सुनसरी, भाद्र २३  सुनसरीमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । कोशी गाउँपालिका–३ का ३९ बर्षीय मोहमद हुसेन मन्सुरी लागुऔषध सहित पक्राउ परेको हो । हिजो दिउसो ३ बजे कोशी गाउँपालिका–३ झोला बोकी हिडिरहेका मोहमदलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले बोकेको झोला भित्र लुर्काइ छिपाई रखेको अवस्थामा डाईलेक्स डिसी ५० बोतल, नाईट्रसुन ५ सय ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन २ सय ८८ क्यापसुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका मोहमदमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
रुसमा बन्दै गरेको कोरोनाविरुद्धको खोप भारतमा परीक्षण हुने

रुसमा बन्दै गरेको कोरोनाविरुद्धको खोप भारतमा परीक्षण हुने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २३ रुसमा बन्दै गएको कोरोना भाइरसविरुद्धको खोप भारतमा पनि परीक्षण हुने भएको छ । स्पुनिक पाँच नाम दिइएको खोप भारतसहितका केही देशमा यही महिनामा परीक्षण गर्न लागिएको रुसी अधिकारीले बताएका छन् । भारत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएई), फिलिपिन्स, ब्राजिलमा पनि खोपको परीक्षण हुन लागेको जनाईएको छ । यो खोपको पहिलो र दोस्रो चरणको परीक्षण रुसमै भएको थियो । अब तेस्रो चरणको परीक्षण गर्न लागिएको जनाएको छ । यो परीक्षणको नतिजा आउँदो अक्टोबरदेखि नोभेम्बरसम्ममा प्रकाशित हुनसक्ने जनाएको छ ।...
निजामती सेवा दिवसमा अन्तरसंवाद र कार्यालय सरसफाइ (भिडियाे संवादसहित)

निजामती सेवा दिवसमा अन्तरसंवाद र कार्यालय सरसफाइ (भिडियाे संवादसहित)

समाचार
पूर्णपुष्टि, भदाै २२ । कर्मचारी मिलन केन्द्र उदयपुरले निजामती सेवा दिवसलाई यसवर्ष फरकढंगले मनाएको छ । विगतमा भब्य कार्यक्रमको आयोजना गरी मनाउदै आएको केन्द्रले कोभिडको कारण यसवर्ष मिडियामा अन्तर संवाद तथा कार्यालय परिषर सरसफाई कार्यक्रमका साथ मनाएको छ । यो दिवस कर्मचारीहरुको लागि खुसी र शुभकामना आदान प्रदान गर्ने दिन भएपनि कोभिडका कारण भिडभाड गर्न नहुने भएकाले सतर्कता अपनाउदै अन्तर संवाद तथा सरसफाई कार्यक्रम आयोजना गरिएको केन्द्रका अध्यक्ष जिल्ला अदालन उदयपुरका तहसिलदार राजकुमार अचार्यले बताउनुभयो । केन्द्रकै सभाहलमा मिडियामा प्रशारणका लागि अन्तर संवादको सुटिङ भयो । संवाद जिल्लाको विभिन्न एफएम, अनलाईन र भिडियो च्यानलहरुमा प्रशारणको उद्देश्यले तयार पारिएको हो । संवादमा निजामती सेवा दिवसको महत्व र सन्देश प्रकाश पारिएको छ । साथै राष्ट्रसेवक कर्मचारीहरुको भूमिका तथा योगदानको चर्चा गरिएको...
कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ नेपालमा आज कोरोना सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, वाग्मी, गण्डकी र प्रदेश ५ मा कोरोनाका संक्रमण्बाट चार जना महिला र सात जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङका ७६ वर्षीय पुरुष, सिरहाका ६२ र ८७ वर्षीय पुरुष, सर्लाहीका ३५ वर्षीय र दोलखाका ६९ वर्षीय पुरुष, मकवानपुरका ३९ वर्षीय पुरुष, काठमाण्डौका ३७, ८३ र ९० वर्षीया महिला, कास्कीका ६३ वर्षीया महिला र बाँकेका ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...

निबन्ध लेखन प्रतियोगिता हुने बारे सूचना

समाचार
                      भदौ २२                                       निबन्ध लेखन प्रतियोगिता हुने बारे सूचना          यहि भदौ २९ गते पर्न गएको राष्ट्रिय वाल दिवसको अवसरमा कोभिड १९ ले बालबालिकाहरुमा पर्न गएको असर बारे निबन्धि लेखन प्रतियोगिता हुने भएको हुदा निवन्ध लेखन                                             प्रतियोगितामा भाग लिन १८ बर्ष मुनिका सम्पूणर् त्रियुगा नगरक्षेत्रका वालवालिकाहरुमा यो सूचना आह्वान गरिन्छ । १ निवन्ध यहि भदौ २७ गते सम्म त्रियुगा नगरपालिकाको सामाजिक विकास शाखामा बुझाई सक्नु पर्ने छ । नोट ः प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई भदौ २९ गते पुरस्कृत गरिने जानकारी गराउँदछौ ।...
भारतीयको कुटपिटबाट सप्तरीमा एक नेपालीको मृत्यु

भारतीयको कुटपिटबाट सप्तरीमा एक नेपालीको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ २२ सप्तरीको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको कुटपिटबाट एक जना नेपालीको मृत्यु भएको छ । दशगजा क्षेत्रमा भारतीयले कुटपिट गर्दा डाक्नेश्वरी नगरपालिका–६ कटैयाका ५५ वर्षीय रामदेव यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । कुटपिटबाट घाइते भएका यादवको उपचारको क्रममा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । दशगजा क्षेत्रमा नेपालीले लगाएको धानबालीमा भारतीयले भैँसी चराएको विषयमा विवाद हुँदा कुटपिट र हत्या भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
आज नेप्से घट्यो

आज नेप्से घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २२ आज पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से सोमबार १२.१७ अङ्कले घटेर १४ सय ८७.८१ अङ्कमा झरेको छ । सोमबार व्यापार, फाइनान्स, माइक्रो फाइनान्स बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेको छ ।  जीवन बीमा समूहको ९२, निर्जीवन बीमा समूहको ४६, उत्पादन र बैंकको १७ अङ्कले र विकास बैंक समूहको शेयर १५ अङ्कले घटेको छ । सोमबार दुई अर्ब १६ करोड ४९ लाख रुपैयाँ बराबरका ५५ लाख ९५ हजार कित्ता शेयर किनबेच भए । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका शेयरधनीले झण्डै १० प्रतिशत गुमाएका छन् । समग्र नेप्से घटे पनि उन्नति सहकार्य लघुवित्त र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले झण्डै १० प्रतिशत नै कमाएका छन् ।...
नेपालमा थप १७३६ जना कोरोना मुक्त

नेपालमा थप १७३६ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ नेपालमा आज थप एक हजार सात सय ३६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको सङ्ख्या ४७ हजार दुई सय ३६ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको मन्त्रालयले जनाएको छ ।...