Sunday, August 9News That Matters

Month: ६ वर्ष अगाडि

नेपालमा आज ९७९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ९७९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ नेपालमा आज थप नौ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४७ हजार दुई सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा नौ हजार दुई सय १८ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ३० हजार ६ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा १७ हजार दुई सय ५९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै चार हजार सात सय ३९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन सय पुगेको मन्त्रालयले जनाएको छ ।...
जग्गाको कित्ता काट खुल्यो

जग्गाको कित्ता काट खुल्यो

समाचार
पूर्णपुष्टि, भदौ २२ सरकारले बन्द भएको जग्गाको कित्ताकाट खुलाएको छ । २०७४ सालदेखि बन्द रहेको जग्गाको कित्ताकाट खुल्ला गरेको भूमि व्यवस्थापन महाशाखाले जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गत बिहीबार जग्गाको कित्ताकट खुला गर्ने निर्णय गर्नुभएको महाशाखाले जनाएको छ । यसअघि जग्गाको कित्ताकाट बढ्दा खेतीयोग्य जमिन नासिएको भन्दै मन्त्रालयले कित्ताकाट बन्द गरेको थियो । भू–उपयोग नियमावली जारी भइ भू–उपयोग नक्सा र डाटा तयार गरी पालिकालाई हस्तान्तरण भएपछि लागू हुने गरी अहिलेका लागि खण्डी करण गर्न अनुमति दिइएको महाशाखाले जनाएको छ ।...
किरणको ‘तिमीलाई सलुट’ गित सार्वजनिक

किरणको ‘तिमीलाई सलुट’ गित सार्वजनिक

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ २२ उदयपुरका किरण निरौला र अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिमीलाई सलुट’ बोलको गित सार्वजनिक भएको छ । बेलका नगरपालिका–५ निबासी किरणको पहिलो गित आईतबार सार्वजनकि भएको हो । नरेश भुर्तेलको म्युजिक रहेको गितमा दिनेश सुवेदीको लिरिक्स र उद्यमराज पौडेलको एरेन्ज रहेको छ । नेपाल प्रहरीमा कार्यरत किरणले पहिलो पटक गित रेकड गराएको छ । उनको गायन क्षेत्र भने शोख हो । कोरोना महामारी सामान्य भएपछि यस गितको म्यूजिक भिडियो बजारमा ल्याउने भुर्तेलले जानकारी दिएको छ । माया पिरती र रोमान्टिक मिश्रीत गितले राम्रै बजार पाउने आशा लिएको छ । https://www.youtube.com/watch?v=2i4WKilYOqw...
दलित समुदाय तरकारी खेतीमा आकर्षीत

दलित समुदाय तरकारी खेतीमा आकर्षीत

समाचार
दुर्गा एसके मुर्कुची, भदै २२ उदयपुरको पुँवारे, डहर र राजाबासमा सिचाईको सुविधा भएपछि त्याहाका दलित समुदाय तरकारी खेतीमा आकर्षीत भएका छन् । रौतामाई गाउँपालिका–७ को पुँवारे, डहर र राजबासमा दुई वटा कुलो निर्माण भएपछि कृषकहरु तरकारी खेतीमा आकर्षीत भएका हुन् । वल्र्डभिजन ईटरनेश्नल नेपाल र नेस्पेक उदयपुरको साझेदारीमा संचालित कृषी तथा आर्थीक विकास परियोजना अन्तर्गत जनश्रमदानसति १४ लाख १७ हजार पाँच सय ४६ रुपैयाँको लागतमा दुई वटा सिचाई कुलो निर्माण सम्पन्न भएको परियोजनाका प्राविधिक सव–ओभरसियर उमेश श्रेष्ठले बताए । कुलो निर्माण भएपछि त्याहा ५ हेक्टर जमिनमा खेती गर्न सकिने भएकाले कृषकहरु तरकारी खेतीमा होमिएको उनले बताए । सिचाईको व्यावस्था नभएपछि आकाशको पानीको भरमा खेतीपाती गर्दै आएको कृषकहरु बताउँछन् । पानी नपर्दा बाह्रै महिना पनि बारी बाँझै राख्नु पर्ने बाध्यता थियो । तर कुलो निर्माण भएपछ...
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका–५ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनी एक हप्ता अगाडी भारतको पंजाबबाट आएर क्वारेन्टाईनमा बस्दै आएको थियो । उनी सहित १४ जनाको यहि भदौ १९ गते स्वाव संकलन गरी परिक्षणको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा थियो । उनलाई उपचारको लागि चौदण्डीगढी ६ स्थित उदयपुर कोडिभ १९ अस्पताल पठाएको जनाईएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय १४ पुगेको छ ।...
ट्राफिक प्रहरी कुट्ने ६ जनामा कोरोना संक्रमण पुष्टि

ट्राफिक प्रहरी कुट्ने ६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत बिहीबार पुल्चोकमा रथ तान्ने विषयमा प्रहरी र स्थानीय युवाबीच झडप भएको थियो । त्यसैबेला ड्युटीमा जान हिँडेका ट्राफिक प्रहरी कमल घिमिरेलाई एक्लै पारेर युवाको समूहले कुटपिट गरेको थियो । कुटपिटको आरोपमा पक्राउ परेका १७ जनामध्ये ६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रहरीले जनाएको छ । पाँच जनाको रिपोर्ट आएको बाँकी रहेको जनाईएको छ । पक्राउ परेका सबैलाई क्वरेण्टीनमा राखिएको प्रहरीले जनाएको छ । रथ तान्ने दिन खटिएका प्रहरी र पक्राउ परेका युवा गरी अहिलेसम्म १८ जनामा कोरोना पुष्टि भईसकेको  जनाईएको छ ।...
रिलायन्स इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

रिलायन्स इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत

समाचार
पूर्णपुष्टि, भदौ २२ रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । रिलायन्सले बाँडफाँड गरेको एक सय रुपैयाँ अङ्कित दरका ६३ लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । समझदारी पत्रमा रिलायन्स लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गर्नुभएको छ । रिलायन्सले धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्न, शेयर दाखिल खारेज गर्न, नामसारी गर्नलगायतका शेयरधनीहरुको लगत अद्यावधिक राख्ने सम्बन्धी सम्पूर्ण काम गर्न सनराइज क्यापिटल लिमिटेडलाई शेयर रजिस्ट्रारको रुपमा नियुक्त गरेको छ । बीमा समितिबाट पछिल्लो समय इजाजत प्राप्त १० नयाँ जीवन बीमा कम्पनीमध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्कासन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो ।...
प्रमुख प्रशासकीय अधिकृत ३ दिनभित्र कार्यस्थल नपुगे कारबाही

प्रमुख प्रशासकीय अधिकृत ३ दिनभित्र कार्यस्थल नपुगे कारबाही

समाचार
पूर्णपुष्टि, भदौ २२ सरकारले पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलाई तीन दिनभित्र आफ्नो कार्यस्थलमा पुगिसक्नु पर्ने निर्देशन दिएको छ । आफूखुसी बिदामा बसिरहेकाले दैनिक कामकाजको साथै कोरोना महामारी नियन्त्रण र रोकथाममा असर पुगेकाले तीन दिनभित्र कार्यालयमा हाजिर हुन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको हो । निर्देशन अटेर गरेर तीन दिन भित्र पनि कार्यालयमा उपस्थित नभए विभागीय कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको जनाईएको छ ।...
सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

सर्लाहीका कृषकले मिलबाट २४ करोड रुपैयाँ अझै पाएनन्

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ २२ सर्लाहीका कृषकहरुले उखुको करिब २४ करोड रुपैयाँ अझै पाएका छैनन् । धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले किसानलाई २४ करोड रुपैयाँ भुक्तानी दिन  बाँकी रहेको उखु उत्पादक कृषकको गुनासो छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाण्डौमा आन्दोलन गरेका उखु कृषक र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने सम्झौता भएको थियो । गत पुस १८ मा सम्झौता भएपछि केही उद्योगले भुक्तानी सुरु गरे पनि अन्नपूर्ण चिनी मिलले अझै दिएको छैन । आफूहरु काठमाण्डौ गएर धर्नामा बस्दा माग सुने जस्तो गरेको सरकारले त्यसपछि वास्ता नगरेको कृषकहरुको आरोप छ । मिलले उखु विक्रि गरेको पैसा नदिदा आफूहरुको घर व्यवहार चलाउन समस्या भइरहेको कृषकहरुकोे गुनासो छ ।...
एसियन लाईफको उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार वितरण सँगै नयाँ विमा योजना सार्वजानिक

एसियन लाईफको उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार वितरण सँगै नयाँ विमा योजना सार्वजानिक

समाचार
पूणर्पुष्टि, भदौ २२ एसियन लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट उपशाखाले कम्पनीका उत्कृष्ट अभिकर्ताहरुलाई पुरस्कार वितरण गरेको छ । मानव जिवनमा विमा आवश्यकता र विमा सेवा सुरक्षाका सम्बन्धि नागरिकहरुलाई सचेत गराउँदै हिड्ने कम्पनीका १९ जना अभिकर्ताहरुलाई सम्मान, प्रोत्साहन सँगै पुरस्कार वितरण गरेको हो । गाईघाट उपशाखा प्रमुख बालकुमार राईले झोला, डायरी र र्याङकोट पुरस्कारमा प्रदान गर्नुभयो । पुरस्कार प्रदान गर्दै राईले सबै जना क्रियासिल अभिकर्ताहरुलाई धन्यवाद समेत ब्यक्त गर्नुभयो । उहाँले अन्य बर्षका समयहरु भन्दा आर्थिक बर्ष २०७६/०७७ मा धेरै नागरिकहरुलाई विमा गराउन सफल भएको बताउनुभयो । राईका अनुसार गत आर्थिक बर्ष १ करोड २६ लाख बराबरको प्रथम विमा, कम्पनीले गर्न सफल भएको जनाउनु भयो । राईले यसको लागि कम्पनीका सम्पूणर् कर्मचारी, अभिकर्ता, बीमित सबैलाई धन्यवाद दिनुभयो । पुरस्कार वितरण सँगै कम...