Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

सेवानिवृत्त कर्मचारीको सेवा सुविधा भुक्तानी कोलेनिकाबाट हुने

सेवानिवृत्त कर्मचारीको सेवा सुविधा भुक्तानी कोलेनिकाबाट हुने

समाचार
पूर्णपुष्टि, भदौ २२ सेवाबाट अवकास प्राप्त सरकारी कर्मचारीको सेवा सुविधा भुक्तानी अव कोष तथा लेखा नियन्त्रक कार्यालयब (कोलेनिका) बाट हुने भएको छ । यअअघि भुक्तानी सम्बन्धित कार्यालयबाटै हुने गरेको सरकारी निजामती, प्रहरी तथा जंगीलगायत कर्मचारीको अवकासपछिको सेवा सुविधा भुक्तानी अब कोलेनिकाहरुबाट हुने भएको हो । चालु आर्थिक वर्ष २०७७/७८ देखि सेवाबाट अवकाश भएका सरकारी कर्मचारीको अवकाशपछिको भुक्तानी हुने उपदान, सञ्चित बिदा तथा औषधि उपचारतर्फको रकम कोष तथा लेखा नियन्त्रक कार्यालयहरुबाट हुने गरी अख्तियारी प्राप्त भएको कोलेनिकाले जनाएको छ । खर्चमा एकरुपता ल्याउने तथा लेखा राख्न सहज हुने भन्दै यस वर्षबाट कोलेनिकाले यस्तो अख्तियारी पाएको हो । अर्को व्यवस्थाप नभएसम्म कोलेनिकाहरुबाटै अवकास प्राप्त कर्मचारीले अवकाशपछिको भुक्तानी लिनु पर्ने भएको छ । नेपालका सबै जिल्लामा कोष तथा लेखा नियन्त्रक ...
आज कतारबाट १४१ जना नेपाली स्वदेश फर्किए

आज कतारबाट १४१ जना नेपाली स्वदेश फर्किए

समाचार
पूर्णपुष्टि, भदौ २२ आज कतारबाट एक सय ४१ जना नेपाली स्वदेश फर्किएका छन् । ३४ औं उडानमार्फत कतारको दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको एच ९५६३२ को उडानमार्फत नेपाल फर्किएका हुन् । कोरोना महामारीले असहज परिस्थितिमा परेका र तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरु स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यहाँ समस्यामा परेका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएका थिए । तिनैमध्येबाट प्राथमिकताको आधारमा नेपाल पठाइएको दूतावासले जनाएको छ ।...
ताप्लेजुङमा पहिरोले पुरिएर २ जनाको मृत्यु

ताप्लेजुङमा पहिरोले पुरिएर २ जनाको मृत्यु

समाचार
ताप्लेजुङ, भाद्र २२  ताप्लेजुङ सिरिजंघामा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । सिरिजंघा गाउँपालिका–४ का ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवेको मृत्यु भएको हो । गएराती परेको अविरल वर्षापछि माथीबाट झरेको पहिरोले निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । सोही आयोजनाको पावर हाउसमा लिम्बु र थेवे अप्रेटरको काम गर्दै आएका थिए । पावर हाउसमै रहेको अवस्थामा पहिरोले पावर हाउस बगाउदा उनिहरुको पनि पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई लाशको उद्धार गरी कानुनी कारबाही भईरहेको जनाएको छ ।...
बाघको छालासहित २ जना पक्राउ

बाघको छालासहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २२ बझाङमा पाटे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् । दुई वटा पाटेबाघको छाला र हड्डीसहित गतराति बुङ्गल नगरपालिका–३ बाट बुङ्गल–६ का हरजित बोहरा र वीरेन्द्र बोहोरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पाटेबाघको दुई थान छाला र नौ किलो हड्डी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ गण्डकी प्रदेशमा थप ६७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदारमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाईएको छ । नवलपुरको देउचुली नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित १५ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । त्यसैगरी गोरखा र पालुङटार नगरपालिकामा थप १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । तनहुँको व्यास नगरपालिकामा पनि थप ३ जनामा सङ्क्रमण पुष्टि भएको जनाईएको छ । योसँगै आज बिहानसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या दुई हजार पाँच सय ९८ जना पुगेको छ ।...
कोरोना उपचारमा आयुर्वेदिक औषधिको परीक्षण सुरु

कोरोना उपचारमा आयुर्वेदिक औषधिको परीक्षण सुरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २२ कोरोना सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ । ५ न. प्रदेशका करिब एक सय जनामा आयुर्वेदिक औषधिको परीक्षणका लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ । यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने जनाईएको छ । जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाउने जनाईएको छ । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने परिषद्ले जनाएको छ । तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरुलाई नदिइने जनाईएको छ । यो औषधिको कुनै पनि साइडइफेक्ट नरहेको परिषद्ले जनाएको छ ।...
आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, भदौ २२ आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । मनसुनको अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको जनाएको छ ।...
टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डको जित

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, भदौ २२ अष्ट्रेलियासँगको टी–२० क्रिकेट श्रृङ्खलामा इंग्ल्याण्डले जित हात पारेको छ । गतराति भएको दोस्रो खेलमा ६ विकेटले जित हात पारेको हो । साउथह्याम्टनमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट बनाएर एक सय ५७ रन बनाएको थियो । ३ रन बनाउँदा २ विकेट गुमाएको अष्ट्रेलियाले निकै खराब सुरुवात गरेको थियो । तर एरोन फिन्चको ४० र मार्कुस स्टोनिसको ३५ रन मद्दतमा एक सय ५७ रनको मध्यम स्कोर बनाएको थियो । तर एक सय ५८ रनको लक्ष्य इंल्याण्डले चार विकेट गुमाएर ७ बल अघि नै भेटायो । जोस बटलरले नटआउट ७७ रन बनाए । पहिलो खेल इंल्याण्डले दुई रनले जितेको थियो ।...
वीर अस्पताललाई कोभिड अस्पताल बनाईने

वीर अस्पताललाई कोभिड अस्पताल बनाईने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ सरकारले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले वीर अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । वीर अस्पतालको नियमित स्वास्थ्य सेवा अब राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजको बिफ्रिङमा जानकारी दिनुभएको हो । नेपालकै पुरानो वीर अस्पताल देशभरमा धेरै बिरामीको उपचार गर्ने अस्पतालमा पर्छ । कम खर्चमा सबैजसो रोगको उपचार हुने भएकाले सर्वसाधारणको चाप यहाँ बढी हुने गर्दछ । पछिल्लो समय कोरोना भाइरस महामारीको समयमा पनि वीर अस्पतालबाट सर्वसाधारण बिरामीले उपचार लिइरहेका थिए ।...
अफिमसहित ३ जना पक्राउ

अफिमसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २१ रुकुम पश्चिममा लागुऔषध अफिम सहित तीन जना पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका–९ का ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह १६ केजी अफिमसहित पक्राउ परेका हुन् । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटेका संयुक्त टोलीले अफिमसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।...