Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको  मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, भाद्र २१  झापा हल्दीबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हल्दीबारी–३ जलथल बस्ने ४७ बर्षीय खड्ककुमार राईको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो पौने ३ बजे स्थानीय जुसुडी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा राई आफैलाई करेन्ट लागेको वेहोस भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर बेहोस भएका राईको साई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा दिउसो ३ बजे मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
लडेर एक नाबालिकाको मृत्यु

लडेर एक नाबालिकाको मृत्यु

समाचार
सुनसरी, भाद्र २१  सुनसरी भोक्राहामा लडेर एक नाबालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिहं–४ बस्ने नसरुदिन अन्सारीको डेढ बर्षीया छोरी रविना खातुनको लडेर मृत्यु भएको हो । आज दिउसो सवा १ बजे आफ्नै घर अगाडी रहेको पानी जमेको बाझो खेत बारीमा नाबालिका लडी रहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । लडी रहेको अवस्थामा फेला परेको नाबालिकालाई तत्काल उपचारका लागी जिल्ला अस्पताल ईनरुवा लैजादै गर्दा मृत्यु भएको भनि आफन्तले जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनसाथ ततकाल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
यसवर्ष बाढी, पहिरोमा परि २६२ जनाको मृत्यु

यसवर्ष बाढी, पहिरोमा परि २६२ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ २१ यस वर्ष नेपालमा मनसुन सुरु भएपछि बाढी, पहिरो र ढुवानमा परि दुई सय ६२ जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएपछि भदौ १८ गतेसम्म बाढी र पहिरोमा परी दुई ६२ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी सिन्धुपाल्चोकमा ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ । पहिरोले  तीन करोड ६४ लाख ६२ हजार पाँच सय रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । सबैभन्दा धेरै भौतिक क्षति  ताप्लेजुङमा भएको तथ्याङ्कले देखाएको छ । यसैगरी आर्थिकरुपमा बढी क्षति व्यहोर्ने जिल्लाको सूचीमा मोरङलाई गृहमन्त्रालयले पहिलो नम्बरमा राखेको छ । गत जेठ ३० गते भित्रिएको यो वर्षको मनसुन अहिले कमजोर हुदै नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको छ । नेपालमा मनसुन भित्रिने औसत मिति १० जून हो भने बाहिरिने मिति २३ सेप्टेम्बर हो । तर, कहिलेकाहिँ दुई–चार दिन ढिला हुन सक्ने मौसमविद बताउँछन् । २३ सेप्टेम्ब...
उदयपुरमा थप एक जनामा  कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–१० निबासी २२ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो । उनी केहि दिन अगाडी दुवईबाट आएर त्रियुगा नगरपालिकाले निर्माण गरेको नित्रपा–३ को मोतिगडा क्वारेन्टाईनमा बस्दै आएको थियो । उनको यहि भदौ १८ गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी कोशी अस्पताल पठाएकोमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।...
नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ नेपालमा आज थप नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४६ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार तीन सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा एक हजार आठ सय १४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार नौ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा १७ हजार २७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार सात सय तीन जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
मोरङ, भाद्र २१  मोरङको सुनवर्सी–८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । सुनवर्सी–४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी–८ का १८ बर्षीय भीमकुमार मण्डल पक्राउ परेका हुन् । आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा आएका दुबै जनालाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ईस्कुफ ६ बोतल र लाबोरेट भिलेल एक सय ९० गोटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना माथी  ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

धरानमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भाद्र २१ धरानमा कोरोना संक्रमणबाट आज एक महिलाको  मृत्यु भएको छ । झापाको कन्काई–३ बस्ने ४५ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २३ पुगेको प्रष्ठिानले जनाएको छ । उनलाई मधुमेह र दीर्घ रोग रहेको अस्पतालले जनाएको छ । निमोनिया, कमजोरी र कब्जियतको समस्याका साथै दुईदिनदेखि ज्वरो र स्वास्प्रश्वासमा कठिनाइ भएपछि मेची अस्प्तालमा ती महिला भर्ना भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि भदौ १८ गते प्रतिष्ठानमा ल्याउनासाथ स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालले जनाएको छ ।  ...
चट्याङले लागेर १ जनाको मृत्यु

चट्याङले लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, भाद्र २१ सुनसरी देवानगंजमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । देवानगंज–२ बस्ने ३० बर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो । हिजो दिउँसो ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चट्याङ लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिप्रकाले जनाएको छ ।...
बेलायतको बर्मिङ्घममा चक्कु आतंक

बेलायतको बर्मिङ्घममा चक्कु आतंक

समाचार, संसार
पूर्णपुष्टि, भदौ २१ बेलायतको बर्मिङ्घम सिटी सेन्टरमा चक्कु आतंक भएको छ । सिटी सेन्टरमा कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको हो । यस घटनालाई स्थानीय प्रहरीले ठूलो घटनाको संज्ञा दिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । यो आक्रमण कसले गराएको र आक्रमणमा कति जना, कुन हदसम्म घाइते भए भन्ने कुरा अहिलेसम्म खुलिनसकेको जनाईएको छ । घटनामा कैयौँ व्यक्ति घाइते भएको खबर प्राप्त गरेको प्रहरीले जनाएको संचारमाध्यमहरुले जनाएका छन् । तर कति जना घाइते भए र कस्तो अवस्था छ भन्ने स्थितिमा थाहा नभएको जनाईएको छ । प्रहरीले घटनास्थलमा आपत्कालीन सेवाको प्रबन्ध गरिएको र घाइतेहरुको उपचार सुरु गरिएको जनाएको छ । प्रहरीले स्थानीयहरुलाई शान्त र सतर्क रहन आग्रह गरेको जनाईएको छ ।...
भारतले धौलीगंगा बाँध खोल्यो

भारतले धौलीगंगा बाँध खोल्यो

समाचार
पूर्णपुष्टि, भदौ २१ भारतले धौलीगंगा बाँध हिजो खोलेको छ । उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध गतराति १२ बजेदेखि भारतले खोलेको हो । आज बेलुका ७ बजेसम्म खोलिने जनाएको छ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोलेको जानकारीमा आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरेको जनाईएको छ । त्यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्तकता अपनाउन आग्रह गरेको छ । २०७० सालम...