Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

आज पर्सा र बारामा थप २६ जनामा कोरोना पुष्टि

आज पर्सा र बारामा थप २६ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भाद्र २१  नारायणी अस्पतालको प्रयोगशालामा हिजो गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय १० जनाको स्वाब परीक्षण गर्दा पाँच महिलासहित १६ वर्ष देखि ६४ वर्ष उमेरका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको हो । संक्रमितमध्ये २४ जना पर्सा र दूई जना बाराका रहेको अस्पतालले जनाएको छ । वीरगन्जको आदर्शनगरमा रहेको नबिल बैंकका थप पाँच जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा २२ जना संक्रमित थपिएको जनस्वास्थक कार्यालयले जनाएको छ । वीरगन्ज– १२ मुर्लीमा तीन जना, वडा नम्बर ९, १५ र २५ मा दुई/दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरीका दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएका छन् । पर्साको कालिकामाई र जगरनाथपुर गाउँपालिकामा एक/एक जना संक्रम...
गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज स्याङ्जाका २२ जना, कास्कीका २० जना, नवलपरासी सुस्तापूर्वका १३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना, लमजुङ र गोरखाका दुई÷दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो । सङ्क्रमितमध्ये २ जना स्वास्थ्यकर्मी छन् भने २ जना फाइनान्समा काम गर्ने कर्मचारी रहेको जनाईएको छ । सङ्क्रमितमध्ये एक हजार सात सय ६६ जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।...
कोरोना संक्रमणबाट यूएईमा ५ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट यूएईमा ५ जना नेपालीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ गत साता कोरोना भाईरसको संक्रमणबाट यूएईमा थप पाँच नेपालीको मृत्यु भएको छ । विश्वव्यापी फैलिएको कोरोना संक्रमणबाट गत साता यूएईमा कार्यरत पाँच जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको हो । विदेशका विभिन्न १६ देशमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या २ सय पुगेको छ । बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको कोरोना संक्रमणबाट मृत्यु भएको समितिले जनाएको छ । गत साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको जनाएको छ । अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना सङ्क्रमित भएका छन् । अहिलेसम्म संसार...
७५ वर्षिया एक मृतक महिलामा कोरोना संक्रमण पुष्टि

७५ वर्षिया एक मृतक महिलामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पुर्णपुष्टि,भाद्र २१ गोरखामा ७५ वर्षीया एक मृतक महिलामा शनिबार  कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा गोरखा नगरपालिका–७ की ती मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती मृतक महिलामा स्तिष्कघात भएको अस्पतालले जनाएको छ । अस्पतालमा २ बजेतिर अस्पताल भर्ना हुनुभएको थियो  । तर चार बजेतिर उनको उपचारकै क्रममा मृत्यु अस्पतालले जनाएको छ । ती महिलाको परिवार सदस्यलाई शुक्रबार कोरोना पुष्टि भएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । आइतबार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । ती महिलाको शव नेपाली सेनाको टोलीले व्यवस्थापनको तयारी गरिरहेको जनाईएको छ ।...
भारतमा एकैदिन ९० हजार भन्दा बढीमा कारोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९० हजार भन्दा बढीमा कारोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ भारतमा एकैदिन ९० हजार नौ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या ४१ लाख १० हजार नाघेको वल्ड्रोमिटरले जनाएको छ । त्यस्तै भारतमा एकैदिन एक हजार ४४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७० हजार ६ सय नाघेको जनाईएको छ । भारतमा कुल संक्रमित मध्ये अहिलेसम्म ३१ लाख ७७ हजार निको भएका छन् । त्यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार सङ्क्रमित थपिँदा ७ सय ७ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या ६४ लाख ३१ हजार ८ सय पुगेको छ । जसमध्ये एक लाख ९२ हजारको मृत्यु भएकोे छ भने ३७ लाख ७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । त्यस्तै ब्राजिलमा गत २४ घण्टामा ३१ हजार नयाँ सङ्क्रमित थपिँदा ६ सय १९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कुल सङ्क्रमितको संख्या ४१ लाख २३ हजार नाघेको छ ।...
पहिरोले अवरुद्ध १० सडक खण्ड अझै खुल्न सकेन

पहिरोले अवरुद्ध १० सडक खण्ड अझै खुल्न सकेन

समाचार
पूर्णपुष्टि, भदौ २१ बाढी र पहिरोले अवरुद्ध भएका १० वटा सडक खण्ड अझै खुल्न सकेको छैन । अहिले ९१ वटा सडक खण्ड एकतर्फी खुलेको छ । यी सडकखण्ड सञ्चालनमा आउन अझै समय लाग्ने सडक विभागले जनाएको छ । १० वटा सडकखण्डमा कतै सडक नै बगाएको छ  भने कतिपय ठाउँमा अझै पहिरो खसिरहेकाले सडकखण्ड खुलाउन समस्या भएको जनाईएको छ । साँफेबगर मार्तडी सडकखण्ड २ महिनादेखि बन्द छ । बुढीगङ्गा नदीले कटान गरेपछि अवरुद्ध यो सडकखण्ड प्रयास गर्दा गर्दै पनि खुलाउन नसकिएको सडक विभागले जनाएको छ । यो सडकखण्डको अम्कोट, ताप्रीसेरा, घट्टेखोलालगायतका ठाउँमा पहिरोसमेत गएको छ । पहिरोका कारण बन्द भएको बेशी शहर चामे सडकखण्ड पनि सञ्चालनमा आउन सकेको छैन । घोप्टेखोला, रामबजार र च्याम्चेमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको जनाइृएको छ ।...
चितवनका थारु समुदायद्धरा ‘चाडपर्व कार्यविधि’ जारी

चितवनका थारु समुदायद्धरा ‘चाडपर्व कार्यविधि’ जारी

समाचार
पूर्णपुष्टि, भदौ २१ कोरोना संक्रमण बढ्दै गएपछि चितवनका थारु समुदायले चाडपर्व मनाउन कार्यविधि बनाएका छन् । थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति चितवनले  जितिया, दशैं, तिहार, छठ, माघे सङ्क्रान्तिसहित चैते दशैंसम्मका पर्व मनाउन कार्यविधि बनाएको हो । ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भएर पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारु’ समुदायको चाडपर्व कार्य विधि २०७७’ जारी भएको प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको हो । नेपाल सरकारले २०७७ वैशाख १ गतेदेखि २०७७ चैत्र मसान्तसम्मको सार्वजनिक बिदा तथा पर्व बिदासम्बन्धी मिति २०७६ चैत्र १७ गते राजपत्रमा प्रकाशित गरेको सूचनालाई आधार बनाएर कार्यविधि बनाइएको समितिले जनाएको छ । भिडभाड र सामूहिक रुपमा पर्व नमनाइ घर परिवारमा समिति रहेर कोरोनाबाट जोगिनका लागि कार्यविधि बनाएको जनाईएको छ । जितिया पर्वसँगै थ...
आज राति ठूलो पानी पर्ने सम्भावना

आज राति ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, भदौ २१ आज राती देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जनाईएको छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ । अबको २, ३ दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको महाशाखाले जनाएको छ ।...
रातो मच्छिन्द्रनाथको रथ तानिने

रातो मच्छिन्द्रनाथको रथ तानिने

समाचार
पूर्णपुष्टि, भदौ २१ आज ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रा तानिने भएको छ । कोरोना संक्रमणले अन्योलमा परेको रातो मच्छिन्द्रनाथको रथ यात्रा छोट्याउने सहमति भएअनुसार रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो । यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले रातो मच्छिन्द्रनाथको रथलाई अहिले राखिएको ठाउँबाट अलि पर तानिने भएको छ । अहिले गाःबहालमा राखिएको मीननाथको रथलाई पुल्चोकसम्म तानिने छ । दुवै रथलाई तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याइनेछ । रथलाई साङ्केतिक रुपमा पाटनको गाःबहाल, सुन्धारा, लगनखेल र जावलाखेलसम्म तानेको मानेर सबै क्षेत्रका बासिन्दाले आज छ्वयलाभू र भोलि भुज्या मनाउनेछन् । विगतका वर्षहरुमा रथलाई जुन जुन ठाउँमा विश्राम गराइयो त्यस क्षेत्रका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने परम्परा चलिआएको थियो । ...
कोरोना विरुद्धका खोपको परीक्षणका लागि चार देशको अनुमति

कोरोना विरुद्धका खोपको परीक्षणका लागि चार देशको अनुमति

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २१ चीनमा बन्दै गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएका छन् । चाइना नेशनल बायोटेक ग्रुप सीएनबीजी र सिनोवैक बायोटेक लिमिटेडले खोपको अन्तिम परीक्षणका रुपमा मानिने क्लिनिकल परीक्षणका लागि चार वटा देशले अनुमति दिएको जनाएको छ । सर्बिया र पाकिस्तान तेस्रो चरणको परीक्षणका लागि सहमत भइसकेका छन् । अरु दुई वटा देशले डाटा माग गरिरहेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चीनमा कोरोना भाइरस सङ्क्रमितको संख्या धेरै नभएकाले अरु देशमा परीक्षण गर्नुपरेको जनाईएको छ । सर्बीयामा चीनले नै बनाउँदै गरेको दुई वटा खोपको परीक्षण हुनेछ । पाकिस्तानमा एउटा खोपको परीक्षण हुनेछ । दुई वटा खोप वुहान र बेइजिङ सीएनबीजी यूनिटले तयार पारेको हो । पाकिस्तानमा भने बेइजिङ यूनिटले तयार पारेको खोपको मात्रै परीक्षण हुनेछ । सीएनबीजीको तेस्रो चरणको परीक...