Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

मोरङमा एकै दिन कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

मोरङमा एकै दिन कोरोना संक्रमणबाट ४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० मोरङमा एकैदिन कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा विराटनगरका दुुई महिला र धनपालथान र बुढीगँगा गाउँपालिकामा एक÷एक जना पुुरुषको मृत्यु भएको हो । कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर–४ की ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै विराटनगर–११ की ४३ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । धनपालथान गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको शुक्रबार बेलुका केन्द्रमा भर्ना गरिएको थियो । तर शनिबार दिउँसो करिब १ बजे मृत्यु भएको जनाईएको छ । त्यस्तै बुढीगंगा गाउँपालिका–५ का ४५ वर्षीय पुुरुषको विराट मेडिकल कलेजमा मृत्यु भएको जनाईएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृतकको ...
नेपालमा एकैदिन १०४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकैदिन १०४१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० नेपालमा आज थप एक हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ हजार दुई सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार चार सय ७३ जनाको पीसीआर परीक्षण गरेको गरिएको थियो । त्यस्तै आज एक हजार पाँच सय ६६ जना निको भए घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २७ हजार एक सय २७ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा १७ हजार ८७० जना सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये एक सय ६७ जना आईसीयू र २४ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै गत २४ घण्टामा नौ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको छ ।...
कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पुर्णपुष्टि, भदौ २० कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको ज्यान गएको छ । अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा गएराति साढे ११ बजे पकाहामैनपुर गाउँपालिका–२ पर्साका ७५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ ५ गते अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो । उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अवस्थामा अचानक स्वास फेर्न गाह्रो भएकोे र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।...
ढोरपाटनको पहिरोमा हराएकामध्ये १५ जनाको शव भेटिया

ढोरपाटनको पहिरोमा हराएकामध्ये १५ जनाको शव भेटिया

समाचार
पूर्णपुष्टि, भदौ २० बाग्लुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा गत बुधबार रातिको बाढी र पहिरोमा परी हराइरहेका २४ मध्ये थप एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले बेपत्ताको खोज्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेको शवको उमेर अन्दाज गर्न समेत कठिन भएको प्रहरीले जनाएको छ । पहिरोमा २३ जना अझै हराइरहेको प्रहरीले जनाएको छ । हराएकामा १५ दिने शिशुदेखि वृद्धसमेत रहेको प्रहरीले जनाएको छ । मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ । एक जनाको शव सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकोछ । भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । प्रहरीले हराएकाहरुको खोजी जारी राखेको छ । आज पनि बिहानदेखि खोजी सुरु भएको छ ।...
घाँटी काटेर हत्या गरेको आरोपमा १ जना पक्राउ

घाँटी काटेर हत्या गरेको आरोपमा १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २० झापामा धारीलो हतियारले घाँटी रेटेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेको छ । शिवसताक्षी नगरपालिका–११ बस्ने २९ वर्षीय  गोमनसिंह मगरको हत्या गरेको आरोपमा शिवसताक्ष नपा–८ निबासी ३२ वर्षीय मनकुमार लिम्बु पक्राउ परेको हो । यहित भदौ १७ विहा करिब १० बजे शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षी धाम जाने भित्री सडक खण्डको किनारमा मगरको लास घाटी काटिएको अवस्थामा रहेको जानकारी पाउनासाथ तत्काल ईप्रका झिलझिबाट खटेका प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी १ नं. प्रदेश प्रहरी कार्यालयबाट क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) को टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोलीसमेत अनुसन्धानमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानपछि अभियुक्तको खोजीको लागी संघीय प्रहरी ईकाई कार्यालय धरानबाट डग शाखाको केनाईन टोली समेत घटनास्थलमा झिकाई अभियुक्तको खोजतलास गरिएको थियो । अनुसन्धानको क्रममा मगर १६ गते ...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
झापा, भाद्र २० झापामा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । दमक कमल गाँउपालिका–७ का ४० वर्षीय रोशन साह र १८ वर्षीय दिपक गुरुङ लागुऔषध सहित पक्राउ परेका हुन् । हिजो बेलुकी करिब साढे ७ बजे केर्खा चौकमा मे १ ह ६३७६ नम्बरको अटोमा आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनिहरुले बोकेको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा उक सय २० ऐम्पुल डायजोपाम, एक सय २० ऐम्पुल लुपिजेसिक र एक सय २० ऐम्पुल फेनारगन बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको  जिप्रका झापाले जनाएको छ ।...
सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ २० सिरहामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चौहर्वा सडकखण्ड अन्तर्गत नरहा गाउँपालिका–५ को सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ का अमलेश महतो र सुनिल सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । । दुर्घटनामा घाइते भएका मिथिलेश सदाको थप उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।...
मोरङमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० मोरङमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा एक जनाको र एक जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । विराटनगर महानगरपालिका ४ की ६४ वर्षीया महिलाको कोशी अस्पतालमा हिजो बेलुकी मृत्यु भएको थियो । उनको आज बिहान पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई शुक्रबार दिउँसो ३ बजेतिर अस्पताल भर्ना गरिएको थियो । आइसोलेशनमा भर्ना गरेर उपचार भैरहेकोमा साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विराटनगर–११ की ४३ वर्षीया संक्रमित महिलाको हिजो बेलुकी मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । पेट र छाती दुख्ने तथा श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालबाट रेफर भएकी महिलाको मृत्यु भ...
रुपन्देहीमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० रुपन्देहीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गतराति ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि दुवै जनाको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको थियो ।...
भारतमा एकैदिन ८७ हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ८७ हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २० भारतमा एकैदिन ८७ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ हजार एक सय १५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या ४० लाख २० हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ६९ हजार छ सय ३५ जनाको मृत्यु भएको छ ३१ लाख चार हजार भन्दा धेरै निको भईसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा दुई लाख ८८ हजार भन्दा बढी संक्रमित थपिएपछि विश्वमा कोरोना सङ्क्रमितको संख्या दुइ करोड ६७ लाख ७१ हजार भन्दा धेरै भएको छ । आठ लाख ७८ हजार भन्दा बढीको मृत्यु भईसकेको छ भने एक करोड ८८ लाख ७९ हजार भन्दा बढी निको भएको जनाईएको छ ।...