Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

चीन र भारतका रक्षामन्त्रीबीच रुसमा वार्र्ता

चीन र भारतका रक्षामन्त्रीबीच रुसमा वार्र्ता

समाचार, संसार
पूर्णपुष्टि, भदौ २० चीन र भारत सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेको समयमा चीन र भारतका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । चीनका रक्षामन्त्री वेई फेंघे र भारतीय रक्षामन्त्री राजनाथ सिंहविच रुसमा भेटवार्ता भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । दुई देशका रक्षामन्त्रि विच दुई घण्टा २० मिनेटसम्म छलफल भएको थियो । सीमा क्षेत्रमा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा छलफल भएको संचारमाध्यमले जनाएको छ । संघाई सहयोग संगठनको बैठकमा भाग लिन रुस पुगेका दुई देशका रक्षामन्त्रीबीचको छलफलले सीमा क्षेत्रमा भइरहेको तनाव कम हुने अपेक्षा लिइएको जनाइएको छ । चीनका रक्षामन्त्री फेँघेले पनि वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने भएकाले दुई देशबीच संवाद जारी राख्नुपर्ने बताउनुभएको थियो । अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राखेमा तनाव कम हुने भारतीय रक्षामन्त्री राजनाथ सि...
अर्थ तथा संचार मन्त्रि खतिवडाद्धरा राजीनामा

अर्थ तथा संचार मन्त्रि खतिवडाद्धरा राजीनामा

समाचार
पूर्णपुष्टि, भदौ १९ आज अर्थ तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मन्त्रि खतिवडाले राजीनामा दिनु भएको जनाईएको छ । आज दिउँसोको बसेको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिनुभएको खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गर्नुभएको थियो । त्यसपछि उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ हुनुभएको थियो । मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्था अनुसार खतिवडाले राजीनामा बुझाउनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । २०७४ सालको फागुनमा अर्थमन्त्री हुनु भएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गत फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा ...
अवैध सखुवाको काठसहित ट्याक्टर पक्राउ

अवैध सखुवाको काठसहित ट्याक्टर पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १९ अवैध सखुवाको काठसहित ट्याक्टर पक्राउ परेको छ । उदयपुरगढी नगरपालिका–५ बाट अवैध रुपमा ल्यउदै गरेको सखुवाको चिरान र गोली काठसहित ट्याक्टर पक्राउ परेको हो । उदयपुरगढीबाट अवैध रुपमा सखुवाको काठ ल्याउदै छ भन्ने विशेष सुचनाको आधारमा उदयपुरगढी प्रहरी चौकीबाट खटेका विशेष प्रहरी टोलीले गतराती ना ७ त ६४१२ नम्बरको ट्याक्टरमा पुरानो गोलियाले चिरान गरेको काठ छोपी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । काठसहित काठ तस्कर उदयपुरगढी गाउँपालिका–५ निबासी ४२ वर्षीय पुष्कर भण्डारी र ट्याक्टर चालक स्थानीय ३० वर्षीय अनिल रोक्का पक्राउ परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सखुवाको चिरान गरेको ७.८ फिट लम्बाई र ४.३ फिट चौडाई भएको १२ वटा, ७.८ फिट लम्बाई र ४.१ फिट चौडाई भएको ५० वटा र विभिन्न साईजको १२ थान पुरानो गोलियाकाले छोपोको अवस्था...
बालिकालाई यौन दुव्र्यवहारको आरोपमा पुजारी पक्राउ

बालिकालाई यौन दुव्र्यवहारको आरोपमा पुजारी पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १९ त्रियुगामा बाल यौन दुव्र्यवहार गरेको आरोपमा पुजारी पक्राउ परेको छ । बालिकालाई यौन दुव्र्यवाहार गरेको आरोपमा त्रियुगा नगरपालिका–६ मोहनपुरस्थित शिव मन्दिरको पुजारीले पक्राउ परेको हो । सिराहा सखुवाकट्टी गाउँपालिका–२ घर भई करिब ३ वर्षदेखि मन्दिरमा पुजारीको रुपमा बस्दै आएका ६६ वर्षीय रामविलास खत्बे मण्डलले ८ र १० वर्षीया बालिकालाई पैसा देखाई प्रलोभनमा पारी मन्दिरको कोठामा यौन दुव्र्यवाहार गरेको पिडित र उनको परिवारले प्रहरीमा जानकारी गराएपछि तत्काल नियन्णमा लिएको प्रहरीले जनाएको छ । पुजारी मण्डलले यहि भदौ १२ गते बालिकालाई प्रलोभनमा पारी यौन दुव्र्यवहार गरेको पिडितले प्रहरीमा बताएका छन् । पक्राउ परेका मण्डाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नेपालमा थप १३५४ जना कोरोना मुक्त

नेपालमा थप १३५४ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ नेपालमा आज एक हजार तीन सय ५४ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २५ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै एक हजार तीन सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको छ । गत २४ घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
नेपालमा अहिलेसम्मकै बढी १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा अहिलेसम्मकै बढी १३५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ नेपालमा अहिलेसम्मकै बढी आज एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४४ हजार दुई सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको थियो । त्यस्तै गत २४ घण्टामा थप एक हजार तीन सय ५४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या २५ हजार पाँच सय ६१ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा १८ हजार चार सय चार जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ६ हजार पाँच सय ६१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।...
ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध अनुसन्धान सुरु

ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने विरुद्ध अनुसन्धान सुरु

समाचार
पूर्णपुष्टि, भदौ १९ हिजो ललितपुरमा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने नौ जनाविरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन २०२० अन्तर्गत अनुसन्धान अगाडि बढाएको छ । यो ऐनसँगै कुटपिट, स्थानीय प्रशासन ऐन २०२८ र सार्वजनिक शान्तिविरुद्धको कसुर पनि आकर्षित हुने भएकाले यी मुद्दा अन्तर्गत पनि अनुसन्धान अघि बढाउने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ललितपुर–१६ गावाहलका महेश बज्राचार्य, ११ का पृथविन्दु महर्जन, २१ का अशोजकुमार महर्जन, ६ का रवी शाक्य र १६ का रवीन शाक्य, महालक्ष्मी नगरपालिका–१ इमाडोलका सुविन शाक्य, ध्रुवराज बज्राचार्य, भक्तपुर ठिमी–८ का श्याम श्रेष्ठ र काठमाण्डौ–१६ का यादवलाल कायस्थ पक्राउ परेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले पत्रकारको ज्याकेट लगाएर ढुङ्गा प्रहार गर्ने बारे पनि अनुस...
रुपन्देहीमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

रुपन्देहीमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १९ रुपन्देहीमा कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका–८ का ४५ वर्षीय पुरुषको होम आइसोलेशनमा र सिद्धार्थ नगरपालिका–७ का ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । ती महिलाको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आजै बिहान कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका लागि भर्ना भएका बुटवल उप–महानगरपालिका–८ का ७८ वर्षीय वृद्धको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत ४ गतेदेखि अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएको ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।...
बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री थापा

बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री थापा

समाचार
पूर्णपुष्टि, भदौ १९ बाग्लुङको ढोपाटन नगरपालिकाको बाढी पहिरो प्रभावित क्षेत्रको गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । त्यसक्रममा ढोरपाटन नगरपालिका–७, ८ र ९ मा गएको बाढीमा मृत्यु भएका आठ जनाको परिवार र प्रभावितलाई राहत समेत वितरण गरिएको छ । बिहीबार मौसमबाट कारण बाढी प्रभावित क्षेत्रमा पुग्न नसकी फर्किएको टोली शुक्रबार बिहान बागलुङका लागि उडेको थियो । टोलीमा गृहमन्त्री थापासहित सांसद देवेन्द्र पौडेल, राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत छन् । बाढी प्रभावित क्षेत्रमा पुगेर उनीहरु पोखरा फर्किसकेको र पोखराबाट केहीवेरमा काठमाडौं फर्किने कार्यक्रम रहेको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ । गृहमन्त्री थापासहितको टोली यसअघि पनि राहत लिएर सिन्धुपाल्चोक र अछामको बाढी प्रभावित क्षेत्रमा पुगेको थियो ।...
महोत्तरीमा थप २ वटा सशस्त्र प्रहरीको फर्वाड पोष्ट स्थापना हुने

महोत्तरीमा थप २ वटा सशस्त्र प्रहरीको फर्वाड पोष्ट स्थापना हुने

समाचार
पूर्णपुष्टि, भदौ १९ महोत्तरीमा सशस्त्र प्रहरीको थप दुई वटा फर्वाड पोष्ट स्थानपना हुने भएको छ । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सदरमुकाम जलेश्वरमा थप दुईवटा फर्वाड अब्जरबेसन पोष्ट स्थापना गरिने भएको हो । सोही ठाउँको अनुगमन गर्दै पोष्ट स्थापना गर्नका लागी प्रदेश २ का सशस्त्र प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हाचार्यले निर्देशन दिनुभएको प्रहरीले जनाएको छ । महोत्तरीको ३८.४६ किलोमिटर अन्तर्राष्ट्रिय सीमामा सशस्त्र प्रहरीका ६ सय ५४ जना जनशक्ति परिचालित छन् । अनाधिकृत आवत जावतलाई रोक्न मुख्य नाकाहरुको अलावा ७ वटा बिओपसहित जिल्लातको सकरी, मधबा र कट्टीमा थप ३ वटा फर्वाड अब्जरभेसन पोष्ट राखिएको छ । लकडाउन पश्चात राज्यले तोकेका सिमानाकाबाट औपचारिकरुपमा नेपाल प्रबेश गरेकाहरुको कन्ट्याक्ट ट्रयाकिङ्गमा ध्यान पु¥याउँदै त्यस्ताको खोजी गरी क्वारेन्टिन तथा आइसोलेसनमा राख्नसमेत मातहतका निक...