कवि ( जिवन आरोहीको ) कविता (निमन्त्रणा)
निमन्त्रणा
तिमी आउँदा
सँगसगै लिएर आउनु
ओठमा मुस्कान
र मस्तिष्कमा उज्यालो सपना ।
आउँदा
छातीमा नक्सा छिपेर गाउँको
कोरिदिनु पुरातन पत्थरको छातीमा
उज्यालो हिड्ने स(साना गोरेटोहरू,
प्रतिफलमा सोध्नेछन् कणर्धार पाइलाहरूले
तिम्रो यात्राको सौन्दर्य ।
आउँदा,
थाक्यो भने गोडा,
लाग्यो भने थकान,
सखारै काँधमा हलो बोकेर बेसी झरिरहेका
ईश्वरहरू सम्झनु ।
सम्झनु, आमाको आँसुको आशिर्वाद ।
पछ्याउँदै नदीजस्तो सफर,
सम्झँदै, चराहरूले जसरि घरको ठेगाना ।
नबिर्सि आईपुग्नु तिम्रो गन्तब्य ।
तिमीले ठेगाना बिर्सियौ भने
बिर्सिनेछ, खेतबारीले अनाजसँगको प्रेम,
केटाकेटीहरूले बिर्सिनेछ, पाठशालाको बाटो,
र कणर्धार आँखाहरूले बिर्सनेछन
सहिदको सपना ।
जसरि बिर्सन्छ बिरक्तिएका चराहरूले
आफ्नो घर र देश ।
तिमी आउँदा
गाउँ(बेसी गरिरहेकै हुनेछन्
असार रोपिरहेका किसानहरू ।
घरको पिढीमा तिम्रै बाटो हेरिरहेका हुनेछन...









