Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

अनलाईन वक्तृत्वकला प्रतियोगीतामा बिलम प्रथम

अनलाईन वक्तृत्वकला प्रतियोगीतामा बिलम प्रथम

समाचार
पूर्णपुष्टि, भदौ १८  किरात राई विद्यार्थी संघ (किरावि) ले आयोजना गरेको ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगिमा धरानकी बिलम  राई प्रथम भएकी छन् । किराविको २२ औं स्थापना दिवसको अवसरमा आयोजित ‘मातृभाषामा शिक्षा’ विषयक ‘अनलाइन वक्तृत्वकला’ प्रतियोगितामा अन्य सहभागिहरुलाई पछि पार्दै विलमले प्रथम स्थान हाँसिल गरेकी हुन् । प्रतियोगितामा त्रिभुवन विश्ववि विद्यालयमा अध्यायनरत काठमाडौंकी अनिता माझी द्वितिय र सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिकाका छिरिङ शेर्पाले तृतिय स्थान हाँसिल गरेका छन् । त्यस्तै मोरङ रत्नमाईका सृजन विष्ट, जनता बहुमुखी क्याम्पसमा अध्यायनरत सन्जिता राई र त्रिभुवन विश्ववि विद्यालयमा अध्यायनरत संखुवासभा खादबारीका दिवस राई सान्त्वना भएका छन् । प्रतियोगीतामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने २ जनालाई नगद ३०, २०, १० र ५÷५ हजारसहित प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा श्...
मच्छिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय विच झडप

मच्छिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय विच झडप

समाचार
पूर्णपुष्टि, भदौ १८ ललितपुरमा स्थानीय युवा र गुठियारले रातो मछिन्द्रनाथको रथ तान्न थालेपछि पुल्चोकमा प्रहरी र युवाबीच झडप भएको छ । रथ तान्न थालेका युवाहरुलाई प्रहरीले रोकेपछि युवाहरुले प्रहरीलाई ढुङ्गामुढा गरेका छन् । युवाहरुलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । युवाहरुले रथ सडकको बीचमा लगेका छन् भने अहिले पनि तनाव भइरहेको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारीको जोखिमका कारण स्थानीय प्रशासन र गुठी संस्थानले रथ तान्ने काम रोक्न निर्देशन दिएका छन् । तर मलमास सुरु हुनुअघि अर्थात् असोज २ गतेअघि नै रथलाई बुङ्गमती पु¥याइ सक्नुपर्ने चलन रहेको भन्दै स्थानीय युवा र गुठियारहरुले रथ तान्ने प्रयास गरेका हुन् । चैत २७ गतेदेखि रथ निर्माण सुरु हुनुपर्नेमा लकडाउनका कारण असार १० गतेदेखि मात्रै निर्माण सुरु भएको थियो । त्यसपछि पटक–पटक रथ तान्न मिति तोके पनि कोरोनाको जोखिम कम ...
यस्तो समुदाय: जहाँ विवाहको तीन दिनसम्म चर्पी जान मनाहि !

यस्तो समुदाय: जहाँ विवाहको तीन दिनसम्म चर्पी जान मनाहि !

संसार
विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान मनाहि नपाउने विधिलाई इन्डोनेसियाको टीन्डागं समुदाय महत्वपुर्ण रुपमा लिने गर्दछन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि मान्ने गर्दछन् । यो तीन दिनमा नव दम्पति मध्ये कुनै एक जनाको ज्यान नै चर्पी जाँदा खतरामा पर्न सक्ने भन्ने टीन्डागं समुदायमा अन्धविश्वासको कारण यो तीन दिन सम्म खाना पनि कम दिइन्छ । यहाँको समुदायका मानिसले विवाहको तीन दिन सम्म दुलहा दुलहीलाई चर्पी जान दिदैनन् । विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहकाले चर्पी जान मनाही गरिएको त्यहाँको स्थानीयहरु बताउने गरेका छन् । नव दम्पतीलाई नराम्रो नजरबाट बचाउन सकिने धार्मिक विश्वास रहेको छ । दम्पत्तिमाथी नकरात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने संम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो । विवाह हुनुभन्दा अ...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
मोरङ,भाद्र १८  मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रंगेली रामघाट जयनपुर टोल बस्ने ५५ बर्षीय रामप्रसाद मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । मण्डलले आज विहान ६ बजे आफ्नै खेतमा पानी पटाउन मटर जोड्ने क्रममा अचानक बिधुत सट भई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।...
स्वर्गिय बुवाको पुन्य तिथिमा सांसद थापाले गरिन बटुकहरुलाई खाद्यन्न सहयोग

स्वर्गिय बुवाको पुन्य तिथिमा सांसद थापाले गरिन बटुकहरुलाई खाद्यन्न सहयोग

समाचार
पूणर्पुष्टि, भदौ १८ प्रदेश १ का सांसद अम्विका थापाले बाबुको ७ औँ बार्षिक तिथिको अवसर पारेर शान्तिधामका बटुकहरुलाई खाद्यन्न सहयोग गर्नुभएको छ । बिहिबार शान्तिधाम स्थित संस्कृत बिद्यार्थी बटुकहरुलाई खाद्यन्न उपलब्ध गराउँदै स्वर्गिय बुवा प्रति हार्दिक श्रदान्जली र बैकुन्ठ बासको कामना गर्नुभयो । शामाजिक सहयोग र सद्भावले बुवाको मृत आत्माको चिर शान्ति प्राप्त होस् भन्दै त्यसका निमित्त असाहय र गरिब दुखिहरुलाई निरन्तर सामाजिक सहयोग गरिरहेने समेत थापले बताउनुभयो । थापाले ९० केजी चामल, १ प्याकेट आँटा पिठो, ५ केजी दाल, ५ केजी चिनी, ५ केजी नुन, ४ केजी चना मटर, २ प्याकेट मसला र १ प्याकेट माक्स सहयोग गर्नुभएको छ ।  थापाले संस्कृत विद्यालयमा धेरै कुराहरुको समस्याहरु रहेको बताउनुभयो । उहाँले आफुले पहिले नै आउँदा थाहा पाएको र यसको समधानका निम्ति आफ्नो सानो सहयोग रहेको बताउनुभयो । उहाँले धेरै...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ १८ आज सुनको भाउ तोलाको सात सय रुपैयाँ घटेको छ । छापावाला सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदी तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु

कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको सैनामैना–११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । त्यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि तएराति मृत्यु भएको अस्पतालले जनाएको छ । यही भदौ १० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।...
कञ्चनपुरमा भेटियो लोपोन्मुख पन्छी सुन गिद्धको गुँड

कञ्चनपुरमा भेटियो लोपोन्मुख पन्छी सुन गिद्धको गुँड

समाचार, संसार
काठमाडौं, १८ भदौं। लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ । सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले बताए। सुन गिद्ध नेपालमा पाइने रैथाने गिद्ध हो । नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये छ प्रजाती रैथाने हुन् जसले नेपालमा गुँड बनाएर बच्चा कोरल्छन् । बाँकी तीन प्रजाती जाडो याममा बसाइँसराइँ गरी आउँछन् । विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको यस गिद्धको नेपालमा अनुमानित संख्या २ सयदेखि ४ सयको हाराहारीमा छ । नेपाल पन्छी संरक्षण संघले हालसम्म यसका १६ गुँडहरु फेला पारेको जनाएको छ । पश्चिम नेपालको मध्य पहाडमा रूखमा गुँड बनाउने यस चराको गुँड पहिलो पटक आधिकारीक रुपमा सन् २०१२ मा पाल्पा ज...
रातो मासु खाने मानिसको आयु छोटो !

रातो मासु खाने मानिसको आयु छोटो !

संसार
मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो चैं हानिकारक छ भन्ने बारेमा ज्यादै कम मानिसमात्र जानकार रहेको पाईन्छ । यसबारेमा अमेरिकी मेडिकल जर्नल बि.एम.जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाने प्रचलनले मानिसको औषत आयु घटाउने पनि अध्ययनबाट निष्कर्ष निकालिएको छ । अध्ययनमा भनिएको छ, दैनिकी रातो मासुको आधा के.जी.खायो भने त्यस व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउँछ । यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा. फ्रान्क हु भन्छन्,“हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नु पर्छ...
बलिउड अभिनेता दीलिपको भाई अहसानको निधन

बलिउड अभिनेता दीलिपको भाई अहसानको निधन

मनोरञ्जन
काठमाडौं, १८ भदौं । बलिउड अभिनेता दीलिप कुमारको दोस्रो भाई अहसान खानको बुधबार राती ११ बजे निधन भएको छ । उनी कोरोना भाइरससँग लडिरहेका थिए । अगस्ट २१ मा दीपिको अर्को भाईले पनि कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् । दीलिपको दुई भाई असलम र अहसान खान दुबै जना कोरोना पोजेटिभ थिए । उनीहरुमा अक्सिनको कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अहसान खान ९० वर्ष थियो । उनी ब्लड प्रेसरको बिरामी थिए ।...