वैज्ञानिक निष्कर्ष: स्तन क्यान्सरका कोषलाई मौरीको विषले मार्ने
मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रयोगशालामा गरिएका परीक्षणमा पत्ता लगाएका छन्।
उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर (ट्रिपल(नेगटिभ र एईआर(२० विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रयोग गरिएको थियो।
यो परिणामलाई उत्साहजनक मानिएको छ। तर वैज्ञानिकहरूले थप परीक्षण आवश्यक भएको औँल्याएका छन्।
संसारभरि महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरै हुने क्यान्सर हो।
वैज्ञानिकहरूका अनुसार हजारौँ यौगिकको मिश्रणले प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्ने देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न सकिएको बताएका छन्।
अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको पुराना अध्ययनहरूको निष्कर्ष छ।
पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले अध्ययनको निष्कर्ष नेचर प्रिसिजन अन्क...









