Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

भारतमा एकैदिन ८३ हजारमा कोराना संक्रमण पुष्टि

भारतमा एकैदिन ८३ हजारमा कोराना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १८ भारतमा एकै दिन ८३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८२ हजार आठ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै गत २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट एक हजार २६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । अहिलेसम्म भारतमा ३८ लाख ४८ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भईसकेको छ भने ६७ हजार चार सय ८६ जनाको मृत्यु भईसकेको जनाईएको छ । कुल संक्रमित मध्ये २९ लाख ६७ हजारभन्दा धेरै निको भईसकेको जनाईएको छ । विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख ८१ हजार सात सयभन्दा धेरै सङ्क्रमित थपिँदा संक्रमितको संख्या दुई करोड ६१ लाख ७३ हजारभन्दा धेरै भएको जनाईएको छ । उक्त संक्रमित मध्ये आठ लाख ६६ हजार पाँच सयभन्दा धेरैको मृत्यु भएको छ भने एक करोड ८४ लाख २४ हजारभन्दा धेरै निको भएका छन् ।...
शैक्षिक सत्र खेर जादैन : मन्त्री पोखरेल

शैक्षिक सत्र खेर जादैन : मन्त्री पोखरेल

शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ १७ कोरोनाले बन्द भएको सवै तहको शैक्षिक सत्र खेर नजाने गरी कार्यतालिका बनाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्र्तरक्रियामा बुधबार उहाँले कोभिड–१९ को महाकारीले शैक्षिक सस्था बन्द भएपनि पाठ्यभार घटाएर पूर्वनिर्धारित समयावधि भित्रै शैक्षिक सत्र पूरा गर्ने बताउनुभयो । वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मूल्याङ्कन र परीक्षाको अभिन्न अङ्ग बनाउने धारणा मन्त्रि पोखरेलले राख्नु भएको छ । उहाँले वैकल्पिक सिकाइका लागि सरकार अन्तर्गत छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने तयारी गरेको पनि बताउनुभयो  । उहाले भन्नुभो ‘मैले व्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव गरेको छु । प्रधानमन्त्रीले पनि त्यसलाई सकारात्मक...
नेपालमा एकैदिन १११२ जना कोरोना मुक्त

नेपालमा एकैदिन १११२ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ नेपालमा आज थप एक हजार एक सय १२ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २३ हजार दुई सय ९० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो संख्या कुल सङ्क्रमितको ५६ प्रतिशत हो । प्रदेश १ एक हजार सात सय ८७, प्रदेश २ मा ६ हजार ३४ र वाग्मती प्रदेशमा एक हजार पाँच सय ६९ जना डिस्चार्ज भएका हुन् । त्यस्तै गण्डकी प्रदेशमा एक हजार सात सय नौ, प्रदेश ५ मा पाँच हजार ६६, कर्णाली प्रदेशमा दुई हजार एक सय ३७ र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८८ जना डिस्चार्ज भएका हुन् । सङ्क्रमितमध्ये सघन उपचार कक्ष (आईसीयू) मा एक सय ४४ जना र भेन्टिलेटरमा १८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डौ, ललितपुर, चितवन र रुपन्देही जिल्लाहरुमा पाँच सयभन्दा धेरै सक्...
४ जना शिशु जन्माएकी महिलाको मृत्यु, श्वासप्रश्वासमा समस्या

४ जना शिशु जन्माएकी महिलाको मृत्यु, श्वासप्रश्वासमा समस्या

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, भदौ १७ ४ जना शिशु जन्माएर स्वाथ्य अवस्था गम्भिर रहेकी जनकपुर धनुषाकी एक महिलाको मृत्यु भएको छ । महिलाले एकै पट ४ जना शिशु जन्माएकी थिइन । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी थिइन । अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले जानकारी दिए । बुधबार बिहानदेखि स्वासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो मृतयु भएको अस्पतालले जनाएको छ । महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको छ ।...
नेपालमा आज थप ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा आज थप ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ नेपालमा आज थप एक हजार एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार दुई सय ९० पुगेको छ । अब नेपालमा १८ हजार एक सय आठ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ६ हजार सात सय ६६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय ५१ पुगेको मन्त्रालयले जनाएको छ ।...
काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

काठमाण्डौ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा

समाचार
पूर्णपुष्टि, भदौ १७ काठमाण्डौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थिपएको छ । बुधबार बसेको तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारी र सरोकारवालाबीचको बैठकले निषेधाज्ञा एक हप्ता थपेको हो । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले एक हप्ता थपिएको निषेधाज्ञा अझ कडाइ गर्ने निर्णय गरेको जनाएको छ । यो अवधिमा के गर्न पाइने र के गर्न नपाइने भन्ने विषयमा सूचना निकालेर जानकारी गराइने जनाईएको छ । उपत्यकामा गत ३ गते रातिदेखि लागू भएको लकडाउन बुधबार राति १२ बजेदेखि सकिने भएपछि फेरि एक हप्ता थपिएको हो । यसअघि १० गतेसम्म लगाइएको निषेधाज्ञालाई लम्ब्याएर बुधबार राति १२ बजेसम्म पु¥याइएको थियो ।...
वैदेशिक रोजगार बोर्डबाट दिने आर्थिक सहायता भदौभर बन्द

वैदेशिक रोजगार बोर्डबाट दिने आर्थिक सहायता भदौभर बन्द

समाचार
पूर्णपुष्टि, भदौ १७  कोरोना महामारीको कारण वैदेशिक रोजगार बोर्डबाट दिईने आर्थिक सहायता भदौ महिनाभर बन्द भएको छ । कोरोनाको महामारीले गर्दा सरकारले पास दिन रद्द गरेपछि बोर्डले सूचना निकालेर आर्थिक सहायता प्रदानको काम भदौ मसान्तसम्म बन्द गरिएको जनाएको छ । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका, अंगभंभ वा बिरामी भएका श्रमिक र उनका परिवारलाई आर्थिक सहायता बोर्डबाट प्रदान हुँदै आएको छ । आर्थिक सहायता दिने काम अहिलेलाई बन्द गरिए पनि आफ्नो पालिकामार्फत आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ । आवश्यक कागजातसहित सम्बन्धित व्यक्तिले पालिकामार्फत निवेदन दिन र त्यो निवेदन बोर्डमा पठाउन पालिकाहरुलाई बोर्डले अनुरोध गरेको छ । तर अहिले विदेशमा नेपाली लिन गएका चार्टर्ड जहाजमार्फत नेपालीको शव पनि आइरहेको छ । मंगलबारदेखि केहि देशमा नियमित अन्तर्राष्ट्रिय उडान खुलेको छ । यो समयमा विमानस्थलबाट बो...
विप्लवको जिल्ला सदस्य बस्नेतद्धारा पार्टी परित्याग

विप्लवको जिल्ला सदस्य बस्नेतद्धारा पार्टी परित्याग

समाचार
पूर्णपुष्टि, भदौ १७ नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको उदयपुर जिल्ला कमिटिका सदस्य भोजराज बस्नेत (भरत) ले पार्टी परित्याग गरेको छ । त्रियुगा नगरपालिका–१५ खाँबु बस्ने बस्नेतले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट सवै कमिटी र साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरी सामान्य नागरिकको जिवनयापन गर्ने प्रेस विज्ञाप्तिमा उल्लेख छ । विप्लव समूहमा आवद्ध हुदा राज्यलाई कुनै हानी पु¥याउने काम समेत नगरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रेस विज्ञाप्ती जारी गरेको दिन देखि अवका दिनमा विप्लप समूहसँग कुनै सम्बन्ध र सम्पर्कन नरहने जानकारी गराएको छ ।...
कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु

समाचार
पुर्णपुष्टि, भदौ १७ कोरोना सङ्क्रमणबाट कपिवस्तुमा थप एक महिलाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–११ की ७० वर्षीया महिलाको बुटवलमा उचारको क्रममा मृत्यु भएको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । यहि भदौ ७ गते उनलाई कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा लगिएको थियो । स्वास प्रश्वासमा समस्या देखिएपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज बिहान उनको मृत्युु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक महिलामा ज्वरो, स्वास–प्रश्वास समस्या र उच्च रक्त रक्तचापको समस्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) शुरु, किन गरिन्छ श्राद्ध ?

आजदेखि सोह्र श्राद्ध (पितृ पक्ष) शुरु, किन गरिन्छ श्राद्ध ?

समाचार
काठमाडौं, १७ भदौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्र...