Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

फ्यानहरुलाई आयुष्मानको ‘तेश्रो लिङ्गी’ लुक्स

फ्यानहरुलाई आयुष्मानको ‘तेश्रो लिङ्गी’ लुक्स

मनोरञ्जन
नायक आयुष्मान देशराज जोशीले आफ्ना फ्यानहरुलाई सरप्राइज दिए । उनले, एक सिरिजका लागि आफ्नो गेटअप नै परिवर्तन गरेका छन् । तर, यो गेटअप अन्य चलचित्रमा परिवर्तन गरे जस्तो साधारण खालको भने छैन । आयुष्मानले सार्वजनिक गरेको तस्वीरमा उनी तेश्रो लिङ्गी बनेका छन् । उनले यो चलचित्रका लागि न्यूड दृश्य दिएका छन्, जसलाई उनले सामाजिक संजालमा सार्वजनिक गरेका छन् । आयुष्मान लेख्छन्–‘मेटामोफिर्कक मेनिफेस्टो महिला बन्नका लागि सर्जरी गर्ने इतिहासकै पहिलो पुरुषको कथा हो । यो श्रृङ्खला डेनिश कलाकार लिली एल्बे र गेरडा वेगेनरको जीवनको नेपाली रुपान्तरण हो । जब एक पत्नी आफ्नो पेन्टिङमा आफ्नो श्रीमान्लाई महिला मोडलको रुपमा पोज दिनका लागि आग्रह गर्छिन्, यसपछि उक्त श्रीमान्मा लुकेको पहिचान बाहिर निस्कन खोज्छ । यो श्रृङ्खलाले एक तेश्रो लिङ्गी व्यक्तिको यात्रालाई प्रस्तुत गर्दछ ।’ आयुष्मानले यो श्रृङ्खला ...
अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ

अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ

समाचार
मोरङ, भाद्र १७ बिराटनगर–४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । मोरङ कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह त्यसै गरी सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणी घर बताउने २७ बर्षीय राजु साह पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड  गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट, १ थान चक्कु, पयतबप अहिन्द्र नामको भारतिय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यो समुहले संगठित रुपमा अपराधिक समुह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की ...
७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

७ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

समाचार
काठमाडौं, १७ भदौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, बानेश्वरले मंगलबार साँझ उनलाई पक्राउ गरेको हो । पीडितको परिचय खुल्ने भएकाले पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले भने, ‘बुधबार जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्दैछौं ।’ प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।...
उदयपुरमा गाँजसहित १ जना पक्राउ

उदयपुरमा गाँजसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १७ ताप्लिमा लागुऔषध गाँजासहित एक जना पक्राउ परेको छ । ताप्लि गाउँपालीका–५ सल्ले (ढुङगे ) बस्ने हुपबहादुर मगर गाँजासहित पक्राउ परेको हो । गाजाँ ओसार पसार तथा  बिक्री बितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट  खटिगएको प्रहरी टोलीले गाँजा संकलन गरी बिक्र बितरण गर्ने मगरको घर खानतलाशी गर्दा लुकाई  छिपाई राखेको अवस्थामा गाजाँ अन्दाजी १५ केजी बरामद गरेको प्रहरीले जनाएको छ । उक्त गाँजा सहित मगरलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
जनकपुरमा एक आमाले ४ बच्चा जन्माइन, एक शिशु र आमाको स्वास्थ्य अवस्था भने घम्भीर

जनकपुरमा एक आमाले ४ बच्चा जन्माइन, एक शिशु र आमाको स्वास्थ्य अवस्था भने घम्भीर

Breaking News 1
पूणर्पुष्टि, भदौ १७ जनकापुर स्थित धनुषामा एक आमाले ४ जना बच्चालाई जन्म दिएकी छिन् । मुस्लिम समुदायका एक महिलाले चुम्ल्याहा बच्चा जन्माएकी हुन् । विदेह नगरपालिका सात जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ काव्या अस्पतालमा चार शिशुलाई जन्म दिएकी हुन् । उनको उपचारमा संलग्न चिकित्सक सोनिया सिंहले चार बच्चा जन्मनुलाई दुर्लभ घटना बताएकी छन् । अरमानाले तीन छोरी र एक छोरा जन्माएकी हुन् । शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरुको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार आमा र एक शिशुको भने स्वास्थ्य अवस्था गम्भिर रहेको जनाएको छ ।...
वीरगञ्जमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १७ वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरिया टोल बस्ने ९७ वर्षीय वृद्धको संक्रमणबाट मृत्यु भएको हो । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा आज विहानको राती मृत्यु भएको अस्पतालले जनाएको छ । उनको यहि भदौ १२ गते स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसलगत्तै भदौ १४ गते अस्थायी कोभिड अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको थियो । ती वृद्धमा मुटु रोगी र दमको समस्या साथै उच्च रक्तचापको समेत समस्या रहेको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या  ५५ पुगेको छ ।...
अष्ट्रेलियामा आर्थिक मन्दी

अष्ट्रेलियामा आर्थिक मन्दी

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, भदौ १७ कोरोना भाइरसको कारण अष्ट्रेलियामा तीन दशक यताकै पहिलो पटक आर्थिक वृद्धि घटेको छ । सन् २०२० को दोस्रो तीन महिना अर्थात अप्रिल देखि जुनसम्म अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । त्यस्तै पहिलो तीन महिनामा ०.३ प्रतिशतले गिरावट आएको थियो । अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबै भन्दा ठूलो गिरावट हो ।  लगातार दुई त्रैमासिकमा अर्थव्यवस्थामा संकुचन आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलियालाई बलियो अर्थव्यवस्था भएको देश मानिन्छ । जुन् २००८ को विश्वव्यापी मन्दीबाट पनि बचेको थियो । यो वर्षको सुरुवातमा जंगलमा लागेको डढेलो र पछि कोरोनाको महामारीका कारण अष्ट्रेलियाको अर्थव्यवस्थामा गिरावट आएको जनाइएको छ ।...
सप्तरीमा अवैध सखुवाको काठसहित २ जना पक्राउ

सप्तरीमा अवैध सखुवाको काठसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १७ सप्तरीबाट अवैध सखुवाको काठसहित दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सखुवाको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । तीन थान सालको काठ (२.१८ घनफिट) बरामद भएको जनाईएको छ । पक्राउ परेका दुवैजनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ । काठ ओसारिरहेकामध्ये एक जना भागेको जनाईएको छ । पक्राउ परेका दुवै जनाको पीसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने जनाईएको छ । लकडाउनमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको थियो ।...
ट्विटरमा कसरी घटे् कंगनाको फलोअर्स ? ‘मैले नोटिस गरिरहेकी छु’

ट्विटरमा कसरी घटे् कंगनाको फलोअर्स ? ‘मैले नोटिस गरिरहेकी छु’

मनोरञ्जन
नायिका कंगना रनावतले ट्विटरमा आफ्नो दैनिक ४० देखि ५० हजार फलोअर्स कम भएको बताएकी छिन् । आफू राष्ट्रवादी भएकै कारणले गर्दा फलोअर्स कम भएको उनको तर्क छ । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्–‘हो, मैले पनि यो कुरा नोटिस गरिरहेकी छु । मलाई यो बिषयमा शंका थियो तर अब पुष्टी भयो कि ट्विटरले नै यो काम गरिरहेको छ । तपाइको फलोअर्स केही समय अगाडि ९ लाख ९२ हजार थियो, तर पछि घटेर फेरि ९ लाख ८८ हजार भयो ।’ कंगनाले जवाफमा लेखेकी छिन्–‘म यो कुरामा सहमत छु । मेरो दिनमा ४० देखि ५० हजार फलोअर्स कम भैरहेका छन् । ट्विटरले यस्तो काम किन गरिरहेको छ रु कसैलाई यो बिषयमा आइडिया छ रु’ कंगनाले यो गुनासो ट्विटर इन्डिया, ट्विटरका सीइओलाई पनि व्यक्त गरेकी छिन् । कंगनाले राष्ट्रवादी मानिसलाई हरेक स्थानमा संघर्ष गर्नुपर्ने उल्लेख गरेकी छिन् । कंगनाले आफै अनफलो भैरहेको ट्विटर प्रयोगकर्तासँग माफी पनि मागेकी छिन् । ...
नियमित स्याउ खादाँ स्तन र आन्द्राको क्यान्सरलाई राख्छ टाढा

नियमित स्याउ खादाँ स्तन र आन्द्राको क्यान्सरलाई राख्छ टाढा

स्वास्थ्य
नियमित स्याउ खाएमा हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानु अनिवार्य छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ । फाइदा - स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै, रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ । - स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पु९याउँछ । - स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ । - स्याउले शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ । - स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । ...