Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ

उदयपुरमा लागूऔषध सहित एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १७ । उदयपुरमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बासबारी निवासी ३० वर्षीय दिपक मल्लिक रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ९डिएसपी० राजन चापागाईंका अनुसार, गत शनिबार प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा मल्लिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले मल्लिकको साथबाट बुप्रिनोर्फिन–८ एम्पुल, प्रोमेथजिन–७ एम्पुल, डाइजेपाम–८ एम्पुल गरी जम्मा २३ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनको सम्बन्धमा जिल्लाअदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
नयाँ संञ्चालक  सँगै गाईघाटको पुष्पाञ्जली शिशुबाटिकामा नियमित पठनपाठन सुरु

नयाँ संञ्चालक सँगै गाईघाटको पुष्पाञ्जली शिशुबाटिकामा नियमित पठनपाठन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ भदौ । गाईघाटको पुष्पाञ्जली शिशुबाटिकामा नियमित पठनपाठनको काम सुरु भएको छ । संञ्चालकहरुको लापर्वाहीका कारण रोकिएको पठनपाठन पून ः संञ्चालनमा आएको हो । विद्यालयमा नयाँ संञ्चालक आए सँगै पठनपाठनमा नियमित भएको हो । गाईघाटको पुराना र नाम चलेको बोर्डिङमा पुराना संञ्चालकहरुको मुख ताकाताकमा पठनपाठन गुमनाम भएको थियो । पछि विद्यार्थीहरुको भबिष्यलाई मध्यनजर गर्दै तत्काल नयाँ संञ्चालकले विद्यालयलाई संञ्चालन गरेका थिए । पठनपाठन भएपछि अभिभावक र विद्यार्थीहरुमा खुसी छाएको छ । पठनपाठन अवरोधका कारण निराश बनेको विद्यार्थी अभिभावकहरुले विद्यालयप्रति खुसी ब्यक्त गर्दै अब समस्या नबनाउन अनुरोध गरे । कुनै समय निजि शिक्षा क्षेत्रमा राम्रो कब्जा जनाएको यस बोर्डिङमा अझै पनि अभिवावक विद्यार्थीहरुको ठुलो विश्वास छ । नयाँ संञ्चालकहरुले विद्यालयको अवस्थालाई मध्यनजर गर्दै भौतिक संरचना र आवश्यक सामा...
आजबाट कोशी डान्स च्याम्पको अडिसन सुरु

आजबाट कोशी डान्स च्याम्पको अडिसन सुरु

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १६ भदौ । भाईरस डान्स क्याम्पको प्रस्तुती कोशी डान्स च्याम्पको अडिसन आईतबारबाट सुरु भएको छ । उदयपुरको रामपुरबाट अडिसन सुरु भएको हो । कार्यक्रम संयोजक कल्याण कार्कीका अनुसार पहिलो अडिसनमा उल्लेखिएका प्रतियोगिहरुको सहभागी रहेका थिए । भदौ १६ देखी सुरु भएको अडिसनको पहिलो राउण्ड असोज १ गते सम्म हुने छ । पहिलो राउण्डको अडिसन आसोज १ गते बेल्टारमा सम्पन्न हुने छ । त्यस पश्चात मेघा अडिसन ग्राण्ड अडिसन, सेमिफाईनल र ग्राण्ड फाईनलका चरणहरु क्रमश गर्दै जाने आयोजकले जनाएको छ । भोली १७ गते इटहरी, बिराटनगर र धरान, २० गते बेलवारी, उर्लावारी, २३ गते इलामको फिदिम र फिक्कल, २५ गते खोटाङको दिक्तेल, २२ गते झापाको बिर्तामोड र काकडभिट्टा, २७ गते उदयपुरको कटारी, २९ गते नेपालटार मुर्कुची, ३१ गते बेल्टार र असोज १ गते उदयपुरको बेल्टार बजारमा हुने आयोजक समितिले जनाए । प्रतियोगिताको प्रथम पुरस्कार नग...