काठमाडौंबाट लामो दूरीका बस सेवा पुनः सुरु
पूर्णपुष्टि, असोज १४ । आजदेखि काठमाडौंबाट विभिन्न जिल्लाका लागि लामो दूरीका सार्वजनिक बस सेवा पुनः सञ्चालन हुन थालेको छ । शुक्रबारदेखिको लगातार वर्षा र राजमार्गमा भएका अवरोधका कारण रोकिएका बस सेवाहरू अब क्रमशः सुचारु हुँदैछन् ।
नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अनुसार अरनिको राजमार्ग बाहेकका अधिकांश जिल्लाका लागि बस सेवा सुरु हुनेछ । बसहरू आज दिउँसो करिब ४ बजेपछि छुट्न थाल्ने जनाइएको छ ।
त्रिभुवन राजपथ, पृथ्वीराजमार्ग, नारायणगढ-मुग्लिन र पूर्व-पश्चिम राजमार्ग हुँदै विभिन्न जिल्लामा जाने यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा आउनेछन् । तर, बिपी र अरनिको राजमार्गमा भएको क्षतिका कारण ती मार्गका सवारी सेवाको पुनः सञ्चालन अझै अनिश्चित छ । महानगरीय ट्राफिक प्रहरीले सडकमार्गमा सवारी र यात्रुको सुरक्षा सुनिश्चित गरेर मात्र बसहरू पठाउने जनाएको छ । मौसम र सडकको अवस्था ...









