कोशी प्रदेशमा बुधबारदेखि दुई दिन लगातार वर्षाको सम्भावना
पूर्णपुष्टि, असोज १५ । बुधबारदेखि कोशी प्रदेशमा दुई दिन लगातार वर्षा हुने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशमा पनि केही प्रभाव पर्ने देखिन्छ ।
हावापानी विज्ञ डा. धर्मराज उप्रेतीले काठमाडौं उपत्यकामा मंगलबार अपराह्नदेखि नै वर्षाको प्रभाव देखिन सक्ने बताए । उनका अनुसार अघिल्लो वर्षाले कमजोर बनाएको भूमिमा हल्का वर्षा हुँदा पनि पहिरोको जोखिम रहेकाले विशेष सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ । महाशाखाले यस वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन र यातायात क्षेत्रमा प्रभाव प...
