Tuesday, September 22News That Matters

Author: पूर्णपुष्टि

पहाडी भेगमा ढुवानी धान्दै आएका ट्याक्टरहरुको पिडा (फोटो फिचर)

पहाडी भेगमा ढुवानी धान्दै आएका ट्याक्टरहरुको पिडा (फोटो फिचर)

Breaking News 1
तस्बिरहरु –भोटराज राई/पूर्णपुष्टि उदयपुरको मुर्कुची-भुट्टार सडकमा विभिन्न अप्ठ्यारा उकालोमा ट्याक्टरको अघिल्लो भाग उचालिने भएपछि मानिस चडेर ओजन दिइ गुडाईन्छ । यो निकै जोखिमपूर्ण हुदाहुदै पनि ट्याक्टर गन्तब्यमा पुर्याउन यसो गर्न बाध्य छन् सहचालकहरु । पहाडमा जाने ट्याक्टरहरु प्रायः सबै संगै हिड्ने र बीचमा कुनै समस्या आईपरे, जस्तै सडक भत्किए, इन्जिन खराबी भए, सामुहिकरुपमा मिलेर समाधान गरेर गन्तब्यमा पुग्ने गरेका छन् । अप्ठ्यारो पार गरेको ट्याक्टरले पछाडिका ट्याक्टरलाई डोरी लगाएरसमेत तान्ने गर्छ । पहाडको अप्ठ्यारोमा पनि हिड्ने र सडक विगार्नेमा पनि एक नम्बरमा गनिने ट्याक्टरहरु दैनिक जसो यस्ता जोखिम मोलेर पहाडी गाउँपालिकाहरु रौतामाई र सुनकोशी क्षेत्रमा ढुवानीको काम गर्दै आएका छन् । दुबै गाउँपालिकाले हालैको गाउँ परिषद्बाट त्यस क्षेत्रका सडक स्तरोन्नतीका लागि विशेष बजेट छुट्याईएको छ । अव, ज...
खोटाङ–उदयपुर जोड्ने पक्की पुल सिलान्यास

खोटाङ–उदयपुर जोड्ने पक्की पुल सिलान्यास

समाचार
गाईघाट –प्रधानमन्त्री शेरबहादुर देउवाले खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङस्थित सुनकोसीमा मोटरेवल पक्की पुल शिलान्यास गर्नुभएको छ । उदयपुर र खोटाङको दक्षिणी क्षेत्र र तराई जोड्ने साउने–धाप्लाङ–सुनकोसी पुल भदौ ३१ गते शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले धाप्लाङघाटको पुल निर्माण भएपछि खोटाङको आर्थिक र भौतिक बिकासले गति लिने वताउनुभयो । पुल निर्माणसँगै जिल्लाको भाग्य र भविष्य निर्माण हुने उहाँले बताउनुभयो । समयमा पुल निर्माणका लागि आफु लागी पर्ने र सवैले खवरदारी गर्नु पर्ने उहाँले बताउनुभएको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री बीरवहादुर वलायर, कांग्रेस नेता डा. नारायण खड्का लगायत पनि शिलान्यास कार्यक्रममा सहभागि थिए । धाप्लाङघाटमा २२ करोड ५ लाखको लागतमा २ सय मिटर लम्बाई र साँढे १० मिटर चौंडाईको पक्की पुल निर्माण गर्न लागि...
जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्

जसले खोस्टामा लुकाएर नेताहरु बचाइन्

Breaking News 1
दमन राई, खोटाङ–भूमीगत होस् या खुला राजनितीमा स्थानीयको प्रत्यक्ष/अप्रत्यक्ष सहयोग रहन्छ । स्थानीयको सहयोगविना शासक या शासनका विरुद्धमा हुने कुनैपनि आन्दोलन सफल हुन सक्दैन । राणा विरोधी आन्दोलन, पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन, शसस्त्र जनआन्दोलन लगायतका आन्दोलनमा घरैमा बसेर हजारौं स्थानीयले “जोखिम” मोलेर सहयोग गरे । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा जोखिम मोलेर तत्कालिन भूमीगत आन्दोलनकर्मीलाई सहयोग गर्नेमध्येका एक हुन् खोटाङको लामीडाँडा गाउँपालिका–६ हौंचुर चापखर्ककी ९७ वर्षीय झिमामायाँ गुरुङ । प्रशासन र प्रहरीले लखेटेका नेतालाई उसबेला आश्रय दिनु चानचुने कुरा थिएन । र, हत्तपत्त त्यस्तो जोखिम मोल्न जो कोही तयार हुदैनथे । राजनैतिक चेतको विकास पनि भएको थिएन । तर, गुरुङले जिल्लामा पञ्चायत विरुद्धको भूमीगत आन्दोलनमा लागेका कैयौं आन्दोलनकर्मीलाई सेल्टर दिएकी थिईन् । लेखपढ नभए पनि सा...