Tuesday, August 25News That Matters

Author: पूर्णपुष्टि खबर

चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा  १० अर्व खर्च

चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा १० अर्व खर्च

आर्थिक, समाचार, संसार
कात्तिक १७ गते ।  ‘बेल्ट एण्ड रोड’ कार्यक्रम मार्फत चिनसँग जाडिएका देशहरुमा चिनले १० अर्व चार करोड अमेरिकी डलर खर्चेको छ । सन् २०१९ को सुरुदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले जनाएको हो । गत वर्षको जनवरीदेखि अक्टोबरसम्म भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी आएको हो । यस लगानी चिनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हुन आउँछ । सिङ्गापुर, भियतनाम, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, लाओस, इन्डोनेसिया, पाकिस्तान, कम्बोडिया र काजकस्तानमा लगानी भएको मन्त्रालयले दिइएको तथ्याङ्कमा उल्लेख भएको छ । यस वर्षको सुरूको नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार नै सय चार नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका देशहरूमा लगानी गर्ने सम्झौता गरेका छ...
युभेन्टस र इन्टरमिलानको जित

युभेन्टस र इन्टरमिलानको जित

खेलकुद, समाचार
कात्तिक १७ गते ।  इटालियन सिरिएको एघारौँ चरणको खेलमा युभेन्टस र ईन्टरमिलनले जित निकालेको छ । घरेलु टोली टोरिनोलाई १–० ले पछि पार्दै जित निकालेको हो भने ईन्टरमिलानले बोलोग्नालाई २–१ ले पछिपार्दै जित हात पारेको हो । युभेन्टसको माथियास डि लाइटले ७० औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । जितसँगै युभेन्टसलले ११ खेलबाट २९ अंक बनाएको छ । त्यस्तै ईन्टरमिलानको लुकाकुले ७५ औँ मिनटमा कर्नरबाट गोल  गरेको थियो । भने इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई लुकाकुले नै गोल गर्दै इन्टरमिलानालाई जित दिलाएको थियो । यो जितसँगै इन्टरमिलानले २८ अंक बनाएको छ । नापोलीलाई हराउँदै रोमा पनि तेस्रो स्थानमा उक्लिएको छ । आफ्नो मैदानमा रोमाले नापोलीलाई २–१ ले हरायो । रोमाले २२ अंक जोडेको छ ।...
गरगहना चोरीको आरोपमा एक भारतीय पक्राउ

गरगहना चोरीको आरोपमा एक भारतीय पक्राउ

समाचार
झपा/कात्र्तिक १४  ठुलो परिणमको सुन र चाँदी चोरी गरेको आरोपमा झपाबाट एक भारितीय समातिएको छ । भारतको सिलिगुडी घर भएका ४३ बर्षिय रघुबर प्रसाद शाहालाई प्रहरीले गरगहना सहित पक्राउ गरेको हो । झापको कमल गाउँपालिका स्थाइ घर भई हाल वितामोड नगरपालिका ५ मा डेरा गरि बसेकी ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा दिउँसोको समयमा कोहि नभएको अवस्थामा चोरी भएको जानकारी आए लगत्तै  इलाका प्रहरी कार्यलय आनारमनीको टोली त्यस तर्फ खटिएका थिए । प्रहरीले चोरी भएको आसपासमा सिसि क्यामेराको फुटेज हेर्दा चोरी गरी फर्किदै गरेको अवस्थामा देखी चोरी गर्ने शाहालाई प्रहरीले खोज तलासी सुरु गरेको थियो । खोजीको क्रममा शाहलाई बितामोर्ड ५ बाट नियन्त्रणमा लिइएको  थियो । WB 74 AM 2724 नम्वरको शाहाले प्रयोग गरेको भारतीय गाडीमा खानतलासी गर्दा लाखौँ मुल्य बराबरको गरगहना सँगै नेपाली ३८ हजार र भारतीय १३ हजार सात सयसमेत फे...
सरसफाईका साथ छट पर्वकाे सुरुवात

सरसफाईका साथ छट पर्वकाे सुरुवात

समाचार
पूर्णपुष्टि, कात्तिक १४ दशै, तिहार लगत्तै अर्काे एक विशेष पर्वकाे रुपमा मनाईने छठ हर्षाेउल्लासका साथ उदयपुरमा सुरु गरिएकाे छ । त्रियुगा पुजास्थल र वरपरकाे बिहिबार सरसफाईका साथ यसवर्षकाे छठपर्वकाे सुरुवात उदयपुरमा गरिएकाे छ । छठपूजा अायाेजक समितिकाे अगुवाइ र विभिन्न सराेकारवालाहरुकाे सहभागितामा सरसफाई गरिएकाे हाे । त्रियुगा नगरपालिकाकी उपमेयर देबी चाैधरीसमेतकाे सहभागितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, व्यापारी, ब्यवसायी, नागरिक समाज र सर्बसाधारणकाे सहभागिता रह्याे । सबैले पञ्जा र माक्स लगाई झाडु लिएर सफाई गरेका थिए भने दमकलले पानी छिटेकाे थियाे । त्रियुगा नदिदेखि पुल अासपास र बसपार्क क्षेत्र सफाई भएकाे छ । त्रियुगा उद्योग बानिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाईलीले भब्यरुपमा मनाईने छठपर्वकाे राैनकता सुरु भएकाे बताउनुभयाे । पुजा समितिका अध्यक्ष राहुल यादबले पुजास्थल सम्याउन...
तिब्रगतिका कारण एकको मृत्यु

तिब्रगतिका कारण एकको मृत्यु

समाचार
उदयपुर, कार्तिक १३ गते । उदयपुरको जलजले–मुर्कुची सडकखण्डको चुहाडेमा बुधबार सडक दुर्घटनामा एक युवाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । तिब्रगतिमा कुदेको स २ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लड्दा सिरहाको सुखिपुर नगरपालिका ७ का ३० वर्षिय अभिनान ठाकुरको ज्यान गएको हो । मोटरसाईकलको पछाडि सवार ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो । मोटरसाईकल चालक सिरहाकै लहान नगरपालिका १७ का ३० वर्षिय दुर्गानन्द विश्वकर्मा घाइते भएका छन् । उनीहरु सिरहाबाट तिहार मनाउन उदयपुर आएको बुझिएको छ । प्रहरीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार चुहाडेबाट जलजलेतर्फ जाने क्रममा त्रियुगा नगरपालिका ७ चुहाडेको नमुनाचौकमा मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लडेको थियो । मोटरसाईकल लडे लगत्तै स्थानीयले उद्धारगरी गम्भिर घाइते ठाकुरलाई जिल्ला अस्...
दुई घर, एक चर्चमा आगलागी

दुई घर, एक चर्चमा आगलागी

समाचार
उदयपुर, कार्तिक १३ गते । उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडाको सगरमाथा विकास टोलमा आज दुई घर र एक चर्च भवनमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षती भएको छ । स्थानीय दानबहादुर परियार, मनकुमारी राईको घर र एक चर्च भवनमा आगलागी हुँदा उक्त परिणामको क्षती भएको हो । प्रहरीले दिएको जानकारी अनुसार दानबहादुरको घरबाट सुरु भएको आगो मनकुमारीको घर हुँदै चर्चमा पुगेको थियो । बाँसको टाटी र टिनको छानो रहेको दुई घर र सोही किसिमले बनेको चर्च भवनमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात जलेर पूर्णरुपमा क्षती भएको छ भने चर्चभित्रको सामानहरु पनि पूर्णरुपले जलेर क्षती भएको छ । प्रहरीको प्रारभ्भिक अनुमानको आधारमा त्यहाँ करिब पाँचलाख बराबरको क्षती भएको छ । आगलागीको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षाटोली पुगेर नियन्त्रणमा खटेका थिए भने त्रियुगा नगरपालिकाको दमकल पुग...
ह्याप्पी भाइटीका, आज विशेषरुपले मनाइदै

ह्याप्पी भाइटीका, आज विशेषरुपले मनाइदै

Breaking News 1
पूर्णपुष्टी, कार्तिक १२ गते आज भाइटिका । विशेषरुपले मनाईने चेली माइतीको पर्व । आजका दिन सबैचेलीहरुले आफ़ना माइतीहरुले पुज्दै दिर्घालु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सबै माइतीहरुले पनि आप्mना चेलीको हातको टिका, माला ग्रहण गर्दै आशिर्वाद लिएका छन् । आजको दिनमा दिएको चेलीको आशिर्वादले हरेक माइती चिरायु र प्रभावशाली हुने जनविश्वास छ । आजको दिनमा परदेश हुने माइतीहरुलाई पनि घरका चेलीहरुले विशेष सम्झिएका छन् । टाढैबाट भएपनि आफ्ना माइतीको चीरायु र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । आफ्नो  चेली नहुने माइतीहरुले पनि चेली बनाएर यो पर्व मनाउने गर्छन् र आशिर्वाद ग्रहण गर्ने गर्दछन् । चेलीमाइतीको पवित्र साईनो र सम्बन्धलाई अझ प्रगाढ पार्ने यो पर्व नेपाली जनजीवन र मौलिक परम्पराका लागि विशेष छ । त्यसैले यो पर्वलाई विशेषरुपले मनाइने पनि गरिएको छ । झिलिमिली बत्ति र फुलको रंगीन तिह...
तेस्रो चौदण्डीगढी मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

तेस्रो चौदण्डीगढी मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न

खेलकुद
राजेन्द्र दुष्ट/ बेल्टार, कार्तिक १० चाडपर्वको अवसर पारेर चौदण्डीगढीको ४ नं. वडा बसाहा शनिवारेमा  ८ गते देखि शुरु भएकोे तेस्रो नगर मेयर कप  डवल व्याडमिन्टन प्रतियोगितामा सुन्दरपुरका विनय चौधरी र लक्ष्मण कटवालको जोडिले प्रथम स्थान हासिल गरेका छन् भने बडी उमेर समुह (भेन्ट्रान्स) तर्फ  भने बेल्टारका राजकुमार राई र महाप्रशाद राईको जोडिले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् । आईतबार भएको खेलमा खुल्ला तर्फका  अन्य विजयीहरुमा बसाहाका  निरज राई र सुवास वनको जोडि द्धितिय भएका छन् । त्यसैगरी तेस्रो स्थान तर्फ  भने सुन्दरपुरका जयराम राई, सागर वर्देवा र आयोजक तर्फका  बसाहाका भविन्द्र राई, दिनेश राईले प्राप्त गरेका छन् । भेन्ट्रान्स तर्पmको  द्धितिय र तृतिय स्थान सुन्दरपुरका देवनारायण चौधरी र महानन्द चौधरीको जोडि दोस्रो भएका छन् । तेस्रो स्थानमा भने बसाहाका नयनकुमार राई, प्रेम रायमाझी र दिपक ताम...
२०५५ एसएलसी ब्याजीको तिहार विशेष भेटघाट सम्पन्न

२०५५ एसएलसी ब्याजीको तिहार विशेष भेटघाट सम्पन्न

समाचार
पूर्णपुष्टि, कात्तिक ९ गते ।  २०५५ एसएलसी ब्याजी ग्रुपको तीहार विशेष भेटघाट कार्यक्रम आज भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा माध्यामिक विद्यालयमा विद्यालय पढाई पुरा गरी ०५५ सालमा एसएलसी दिएका ब्याजीको बोक्सेस्थित होटल वल्डदरबारमा भेटघाट कार्यक्रम भएको हो । विगत चारवर्षदेखि तिहार विशेष भेटघाट कार्यक्रम आयोजना गर्दै आएको व्याजीले यसवर्ष पनि निरन्तरता दिएको हो । आगामी वर्षहरुमा अझ बृहद बनाउदै लैजाने निर्णय गरेको सो ग्रुपले एक आपसमा शुभकामना आदान प्रदान गरे । विद्यालय जीवनको स्मरण गर्दै उनीहरुले सामाजिक कार्यमा पनि एकजुट हुने प्रण गरेका छन् । ग्रुपका संयोजक सुनिल पोखरेलका अनुसार विद्यालयको पढाई सकेपछि छुटेका साथीहरुबीच भेट हुँदा खुसीको माहौल छाएको थियो । आजको घेटघाट एसएलसी दिएर २१ वर्षपछिको हो । कतिपय साथीहरु बेलाबेलामा भेट भएको भएपनि कतिपय भने २१ वर्षपछि पहिलो भेट भएको थियो ...
पहिलो आइएमइ लोकस्टारमा उदयपुरे विनोद सेकेन्ड रनरअप

पहिलो आइएमइ लोकस्टारमा उदयपुरे विनोद सेकेन्ड रनरअप

मनोरञ्जन
उदयपुर/कार्ति, ९ उदयपुरको कटारी रिस्कुको विनोद दनुवार नेपालको पहिलो नेपाल आइएमइ लोक स्टारको सेकेन्ड रनर अप बन्न सफल भएको छ । शुक्रबार काठमाण्डोमा भएको ग्राण्ड फिनालीमा दनुवार दोस्रो रनर अप बन्न सफल भएको हो । दोस्रो रनरअप सँगै दनुवारले नगद रु १० लाख र सिटीजन लाईफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जिवन विमा पुरस्कार प्राप्त गरेको छ । त्यस्तै पहिलो रनर अप चेतन गोतामे बनेका छन् भने लोक स्टारको उपाधी सनी विश्वकर्माले जितेका छन् ।  चेतनले नगद रु २५ लाख र १५ लाख बराबरको सिटिजन लाईफ इन्स्योरेन्सको तर्फबाट जिवन बिमा प्राप्त गरेका छने भने सनीले नगद ५० लाख र २५ लाख बराबरको सिटीजन लाईफ इन्स्योरेन्सको तर्फबाट जिवन बिमा पुरस्कार प्राप्त गरेका छन् ।      ...