Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

कार्यालय नगई तलब र भत्ता

कार्यालय नगई तलब र भत्ता

लिम्चुङबुङ डायरी, समाचार
भदौ ८ गते । दुर्गम स्थानीय तहका कर्मचारीले कार्यालय नै नपुगी तलब भत्ता लिइरहेका छन् । सदरमुकाम बाहिरका विकट पहाडी पालिकाहरुको कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब लिईरहेको पाइएको हो । सदरमुकाम सिमकोमा बसेर स्थानीय तहका कर्मचारीले तलब खाईरहेका छन् । अधिकांश कर्मचारी स्थानीय तहका छैन् । विभिन्न बहानामा बाहिर बसेर कार्यालयमा हाजिर नभई नियमित रुपमा तलब भत्ता भने खाईरहेका छन् । स्थानिय तहमा राज्यले तोके र खटाएका कर्मचारीले हिजोआज सदरमुकाममै बसेर हाजिरी गर्दै आएका छन् । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।...
तेमालमा ईन्डक्सन चुल्होको प्रयोग सुरु

तेमालमा ईन्डक्सन चुल्होको प्रयोग सुरु

समाचार
भदौ ७ गते । काभ्रेको तेमाल गाउँपालिकाको एक समुदायले विद्युतीय चुल्हो प्रयोग अभियान सुरु गरेको छ । तेमाल सामुदायीक विद्युत सहकारी संस्थाले ग्यास र दाउँरा प्रयोगलाई विस्थापित गर्ने उद्देश्यले अभियान चलाएको हो । उक्त अभियानलाई विद्युत प्राधिकरणले साथ दिएको छ । चुल्हो वितरणको कार्यक्रममा पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक समस्या आउन नदिने प्रतिबद्धता जनाएको छ । सस्थाले पहिलो चरणमा आफ्ना ग्रहकलाई मात्रै वितरण गरेको छ । करिब ५ सय घरपरिवारलाई ६७ सय रुपैयामा ईन्डक्सन चुल्हो र त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के वितरण गरेको छ । ग्यास भन्दा ईन्डक्सन चुल्हो प्रयोग गर्दा धेरै सुलभ हुने सस्थाले जनाएको छ ।...
डुबेर एक बालकको मृत्यु

डुबेर एक बालकको मृत्यु

समाचार
उदयपुर, भदौ ७ गते । कटारीको भोर्ले खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका–५ भोर्लेमा दिउँसो खोलामा डुबेर कालकको मृत्यु भएको हो । दिउँसो करिब २ बजे जगदिश श्रेष्ठको छोरा ८ बर्षिय सिद्धान्त श्रेष्ठ खोलामा नुहाउने क्रममा डुबरेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा कसैलाई नभनि हिडेका बालक छिमेकी साथीसँग नुहाउन गएको र खोलमा डुबेको अर्को बालककले जनाकारी गराएपछि तत्काल उद्दार गरी कटारी अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
भारतीय पूर्व अर्थमन्त्रीको निधन

भारतीय पूर्व अर्थमन्त्रीको निधन

समाचार, संसार
भदौ ७ गते । भारतको पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा शनिबार दिउँसो निधन भएको हो । ६६ वर्षीय जेटली लोकसभाका सांसाद पनि हुन् । उनी १५ दिन पहिला अस्पतालमा भर्ना भएको थियो । जेटलीलाई श्वास–प्रश्वास पिडित रहेको सञ्चार माध्यमहरुले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालमा पनि जेटलीलाई सरकारको जिम्मेवारी दिने तयारी गरेको थियो । तर स्वास्थ्य अवस्था कमजोर भएको भन्दै आफैले कुनै पनि जिम्मेवारी नलिने जनाएको थियो ।...
‘जाइरा’ चलचित्र हलमा

‘जाइरा’ चलचित्र हलमा

मनोरञ्जन, समाचार
भदौ ७ गते । स्टारर चलचित्र ‘जाइरा’ शुक्रबारदेखि रिलिज भएको छ । नम्रता श्रेष्ठ नायिका रहेको जाइरा कुनै चलचित्र रिलिज नभएको मौकामा रिलिज भएको हो । विभिन्न चलचित्रमा लभर गर्लको भूमिका निर्वाह गर्दै आएका मन्रताले यस चलचित्रमा एक्सन अवतार लिएकि छिन् । नायिका नम्रता बक्सर खेलाडीको भूमिकामा चलचित्रमा देख्न सकिन्छ । आशुतोष श्रेष्ठको निर्देशनमा बनेको चलचित्रमा नम्रतासँगै अनुपबिक्रम शाहि, प्रमोद अग्रहरी, रेमनदाश श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतका नायक नायिकाहरुको मुख्य भूमिका रहेको छ ।...
प्राकृतिक स्रोतको बढी रोयल्टी पाउने पासाङ ल्यामू

प्राकृतिक स्रोतको बढी रोयल्टी पाउने पासाङ ल्यामू

आर्थिक, समाचार
भदौ ७ गते । सोलुखुम्बुको पासाङ ल्हामू गाउँपालिकाले पर्वतारोहण र संरक्षण क्षेत्रको रोयल्टी बढी स्थानिय तहमा परेको छ । अर्थ मन्त्रालयमा शुक्रबार भएको अन्तर सरकारी वित्त परिषद्को बैठकमा पेश भएको विवरणका आधारमा पालिका परेको हो । कुनै पनि रोयल्टि नपाउने प्रदेश न. २ रहेको छ । विद्युत् तर्फको रोयल्टी बढी पाउनेमा प्रदेश नम्बर ३ परेको छ भने स्थानिय तहमा तामाकोशी गाउँपालिका परेको हो । आर्थिक वर्ष २०७५÷७६ मा विद्युतबाट कूल २ अर्ब ९९ करोड ४८ लाख ४३ हजार २ सय ६३ रुपैयाँ बराबरको रोयल्टी प्राप्त भएको थियो । त्यसमध्ये प्रदेश र स्थानीय तहमा समान ७४ करोड ८७ लाख १० हजार ८ सय १५ रुपैयाँ बाँडफाँड गरिएको छ । संविधानले व्यावस्था गरेको नियम अनुसार विद्युतका संरचना रहेका स्थानीय तहलाई ५० प्रतिशत र प्रभावित क्षेत्रको स्थानिय तहलाई २० प्रतिशत रोयल्टी दिने छ । प्रदेश न.३ संरक्षित क्षेत्रतर्फ बढी रोयल...
मनमोहक दूधकुण्ड

मनमोहक दूधकुण्ड

पर्यटन, समाचार
भदौ ७ गते । प्राकृतिक सुन्दरताले भरिपूर्ण मनै लोभ्याउने दुधकुण्ड ताल खासै विकास भएको पाईदैन । प्राकृति सौदर्यतासँगै किराँत, हिन्दु, बौद्ध धर्मलम्बीहरको एक आस्थाको धरोहर पनि हो । समुन्द्रि सतहदेखि करिब ४७ सय मिटर उच्चाईमा असंख्य हिमालहरुको काखमा रहेको तालमा पुजा आरधना गर्न र तालको सौदर्यतासँग खेल्न अनि रमाउन विभिन्न जिल्लाबाट समेत आउने गरको छ । सोलुखुम्बुको टाक्सिन्दु नुम्बुर तथा कार्यालुङ हिमालको काखमा दूधकुण्ड ताल अवस्थित छ । दुवै हिमालबाट आएको पानी जमेर ताल निर्माण भएको हो । धार्मीक महत्व बोकेको तालमा प्रत्यक वर्षको जनैपूर्णिमा मेला लाग्ने गर्दछ । मेलामा छिमेकी जिल्ला रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर तथा काठमाण्डौबाट मानिसहरु र विदेशी पर्यटकहरु पनि तालको सुन्दरता हेर्न आउने गर्दछन् । सुन्दर ताल, नजिकैबाट देख्न सकिने २ वटा हिमाल रहेको प्राकृतिक सौदर्यताले भरिपूर्ण ठाउँ ...
ला लिगाको शीर्ष स्थानमा सेभिया

ला लिगाको शीर्ष स्थानमा सेभिया

खेलकुद, समाचार
भदौ ७ गते । स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित हात पार्दै सेभिया शीर्ष स्थानमा पुगेको छ । लिगका शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई १–० गोलले हराउँदै शिर्ष स्थानमा पुगेको हो । निकै आक्रमक खेलको ५२ औँ मिनटमा सेभियाको जोन जोर्डनले गरेको गोल निर्णायक बनेको थियो । जितसँगै सेभियाको दुई खेलबाट ६ अंक भएको छ भने ग्रानडाको समान खेलबाट एक अंक छ ।...
गाईघाटमा रवि समर्थकको ¥याली   प्रर्दशन

गाईघाटमा रवि समर्थकको ¥याली प्रर्दशन

समाचार
उदयपुर, भदौ ७ गते । उदयपुरको गाईघाटमा रवि समर्थकले दवावमुलक ¥यालि प्रदर्शन गरेको छ । सदरमुकाम गाईघाटमा स्वतन्त्र नागरिक समूहको ओजनामा शनिबार ¥यालि प्रदर्शन गरेको हो । गाईघाटको पिपल चोकबाट “सालिकरामका दोषीलाई खोजी गर, निर्दोष रविलाई रिहाई गर, रवि दाई हाई–हाई, भन्दै नाराबाजीको साथ ¥यालिले बजार परिक्रमा गरी मेन चोकमा कोण सभा गरेको थियो । पत्रकार सालिकराम पुडासैनीको हत्याराको राज्यले खोजी गरी कार्वाही गर्नु पर्ने र निर्दोष रविलार्य तत्काल रिहाई गर्नु पर्ने माग राख्दै ¥याली प्रदर्शन गरेको स्वतन्त्र नागरिक समूह गाईघाट, उदयपुरले जनाएको छ । जनताको र भष्ट्रचारी विरुद्धको अभियान्ता रविलाई राज्यले तत्काल रिहाई गर्नु पर्ने र पत्रकार पुडासैनीको हत्यारालाई खोजी गरी कार्वाही गर्नु पर्ने मागको साथ दवावमुलक ¥याली प्रदर्शन गरेको समूहले जनाएको छ ।...
हामी नेपाली अमेरीकामा अभियान

हामी नेपाली अमेरीकामा अभियान

समाचार
भदौ ७ गते । अमेरीमा रहेका नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अभियानको रुपमा रचनात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ । क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा आगामी नाभेम्बर २३ तारिखको दिन ‘हामी नेपाली परेड’ नाम दिंँदै कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रममा पञ्चे बाजा, लाखे नाच, झाँकी प्रदर्शन लगायतका विभिन्न नेपाली जातजातिहरुका मौलिक कला संकृति झल्किने किसिमका प्रर्दशन गरिने ‘हामी नेपाली परेड’ कार्यक्रमका आयोजकले जनाएको छ । नेपालमा पर्यटक भित्र्याउने योजनाका साथ सरकारले थालेको अभियान सफल पार्न अमेरिकामा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गरिसकिएको आयोजकले जनाएको छ । क्यालिफोर्नियामा नेपाली आवद्ध सम्पूर्ण संघसंस्थालाई सहआयोजकका रुपमा सहभागी गराइ प्रभावकारी बनाउने तयारी भइरहेको आयोजक कमिटिले जनाएको छ ।...