Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

नक्कली एक जना परीक्षर्थी पक्राउ

नक्कली एक जना परीक्षर्थी पक्राउ

समाचार
मोरङ, भदौ ३ गते । मोरङको रंगेलीमा एसईई पुरक परीक्षा हलबाट नक्कली परीक्षार्थी पक्राउ परेको छ । रंगेली नगरपालिका – ६ को श्री पब्लिक माध्यमिक विद्यालयबाट कर्कैको नाममा परीक्षा दिईरहको अवस्थामा मुन्ना मण्डल पक्राउ परेको हो । सुनवर्सी नगरापलका – ८ निबासी २१ वर्षीय मण्डलले ०८१३४३६ जेड सिम्बोल नम्बर भएको कुमोदप्रसाद गनगाईको अनिवार्य गणित विषयको परीक्षा दिई रहेको अवस्थमा पक्राउ परेको प्रहरीले जनाएको छ । उक्त केन्द्रमा खटेका गार्डले विहान पौने १२ बजे फेलापारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु

समाचार
धनकुटा, भदौ ३ गते । धनकुटाको कोर्लाङ भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सहिदभुमि गाउँपालिका – ३ डाँडागाउँ निबासी ३८ वर्षीय अर्जुन राई भिरबाट लडेर मृत्यु भएको हो । साँझ साढे ७ बजे घरबाट ससुराली हिडेका राई राती बेरसम्म ससुराली नपुगेपछि खोजतलास गर्ने क्रममा विहान ७ बजे कोर्लाङ भरिमा बाटोदेखि करिब १ सय मिटर तल मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...

चिर्पट प्रहारबाट एक जना घाईते

समाचार
मोरङ, भदौ ३ गते । मोरङ्को बेलबारीमा बादविवाद हुदा चिर्पट प्रहार गरेर एक जना घाईते भएको छ । बेलबारी नगरपालिका –९ पोखरी निबासी ५५ वर्षीय गणेश चौधरीले ६५ वर्षीय सुर्ता चौधरीलाई चिर्पट हानेर घाईते बनाएको हो । बादविवाद भएपछि चिर्पटले टाउको हानेर घाईते बनाएको थियो । घाईते चौधरीको स्थानिय नियकिल्निकडागा बजारमा उपचार भईरहेको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने चौधरी प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।...
अलैची गोड्न गएका एक जना मृत फेला

अलैची गोड्न गएका एक जना मृत फेला

समाचार
ताप्लेजुङ, भदौ ३ गते । ताप्लेजुङको मिक्वा खोलामा अलैची गोड्न गएका एक जना मृत अवस्थामा फेला परेको छ । मिक्वा खोला गाउँपालिका –४ दलैचा निबासी ४८ वर्षीय मनकुमार भनेर चिनिने मनमरे लिम्बु मृत अवस्थामा फेला परेको हो । आफ्नै बारीमा अलैची गोड्न गएको लिम्बु तीन दिन देखि हराएको थियो । लिम्बु घर नफर्केपछि उनको श्रीमती पवित्रा लिम्बुले प्रहरीलाई खबर गरी खोजतलास गर्ने क्रममा मिक्वा खोलाको बगरमा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्ले जनाएको छ ।...
श्रीमानको कुटाईले श्रीमतीको मृत्यु

श्रीमानको कुटाईले श्रीमतीको मृत्यु

समाचार
उदयपुर, भदौ ३ गते । बेलकामा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । बेलाका नगरपालिका – ५ निबासी तिर्थ आलेमगरले श्रीमतीलाई कुटपिट गर्दा उनको मृत्यु भएको हो । घरायसी वादविवादमा गतराती १० बजे ३० वर्षीय किमन्जु आले पुलामी मगरलाई तिर्थबहादुरले कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरी जनाएको छ । तिर्थबहादुरको कुटाईबाट गम्भिर घाईते भएकी किमन्जुको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । किमन्जुको मृत्यु पश्चात तिर्थबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...