Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

सगरमाथा र गैँडाको नेपाली नाम प्रयोग गर्न, प्रधानमन्त्रि केपी शर्मा ओलीको आग्रह

सगरमाथा र गैँडाको नेपाली नाम प्रयोग गर्न, प्रधानमन्त्रि केपी शर्मा ओलीको आग्रह

समाचार
भदौ ३ गते । एशिया प्रशान्त क्षेत्रका महानिर्देशकहरूको सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओली सगरमाथा र गैँडाको नेपाली नाम प्रयोग गर्न आग्रह गर्नु भएको छ । काठमाण्डौमा सोमबार भएको अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) एशिया प्रशान्त क्षेत्रका महानिर्देशकहरुको सम्मेलनमा बोल्दै प्रम ओलीले आग्रह गरेको होे । नेपाल सगरमाथाको देश भएकाले (माउन्ट एभरेष्ट)को वास्तविक नाम सगरमाथा हो । नेपालीहरु सगरमाथा भन्न रुचाउँछन् । नेपालमा यस्ता धेरै अग्ला चुचुराहरु पनि रहेको प्रधानमन्त्रि ओलीले बताए । उनले भने हामीसँग त्यस्तै अर्को गैँडा पनि छ । राईनो होईन गैँडा हो । १० वर्षमा बाघको संख्या दोब्र बनाई गैँडाको संरक्षणमा लागेको बताएका थिए । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले व्याङ्ग्यात्मक टिप्पणी पनि गरेका छन् ।...
बाणगंगाका अध्यक्षलाई ४५ लाख ठगीको आरोप

बाणगंगाका अध्यक्षलाई ४५ लाख ठगीको आरोप

समाचार
भदौ ३ गते । युवा युवतीलाई सरकारी जागिर लगाई दिने प्रलोभनमा लाखौ ठगी गरेको बाणगंगा नगरपालिकाका नगर अध्यक्षलाई आरोप लागेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नगर अध्यक्ष विश्वबहादुर कार्कीले विभिन्न सरकारी जागिर लगाई दिने भन्दै लाखौँ पैसा लिएको आरोप लगोको हो । लोक सेवा आयोग पास गराई दिने र नेपाल प्रहरीमा जागिर लगाई दिने भन्दै अध्यक्ष कार्कीले ४५ लाख ३० हजार रुपैयाँ लिएको भन्दै पीडितहरुले उजुरी दिएका हुन् । बाणगंगा–२ निबासी कार्कीले शिक्षकका लागि ४ लाख ५० हजार, स्वास्थ्य सेवाका लागि ३ लाख र प्रहरी जवानका लागि २ लाख ६० हजार रुपैयाका दरले रकम असुलेका थिए । रकम बुझाएपनि नाम नआएको र पटक–पटक रकम माग्दा फिर्ता नदिएपछि नेकपा जिल्ला कार्यालयमा निवेदन दिँदै रकम फिर्ता दिलाइदिन माग गरेका छ्न । कार्यालयमा निवेदन परेपछि छलफल र छानविन गरी दोषी देखिए कार्कीलाई कारवाही गर्ने कार्यालय...
प्रकाश बचाइदिन परिवारको आग्रह

प्रकाश बचाइदिन परिवारको आग्रह

समाचार
उदयपुर /भदौ ,३ खोटाङको  साकेला गाउँपालिका वडा नं २ रतन्छाका प्रकाश राई बिरामी भएर थलिएको दुईमहिना भयो  । घरमा आर्थिक अवस्था कम्जोरी भएकै कारण उनको अहिले उपचारमा समस्या भएको छ । करिब चौध लाख रकम उपचारको क्रममा सकिएपछि परिवार बाट अरु आर्थिक जुटाउन नसकि रहेको अवस्था छ । अझै ४ महिना हस्पिटलमै बसेर उपचार गर्नु पर्ने डाक्टरले सल्लाह दिएपछि परिवार आर्थिको लागि भौतारिरहेको छ । जापानिज इन्सेफ्लाईटिस रोगले ग्रस्त भएको राईको अहिले काठमाण्डौको वीर हस्पिटलमा आइसियुमा राखेर उपचार भईरहेको छ । परिवारका अविभावक नै विरामि भएर थलिएपछि दुईओटा छोरीहरु र श्रीमतीको समेत विजोग भईरहेको छ । सबै रकम उपचार मै सकिएपछि थप उपचारको लागि परिवारले सबै सँग धेरै थोरै आर्थिक सहयोगको अपेक्षा गरेको छ । देश विदेशमा रहनु हुने सम्पूर्ण मनकारी नेपालीहरु संघ संस्था, व्यक्ति लगाएतलाई परिवारले सहयोगको याचना गरेको हो । उपचारक...
बाँकेमा ८ हजार हेक्टर वन अतिक्रमण

बाँकेमा ८ हजार हेक्टर वन अतिक्रमण

समाचार
भदौ ३ गते ।  राप्ती नदीमा आएको बाढीले विस्थापित भएका वासन्दिहरुको आश्रय स्थल बन क्षेत्र बन्दै गएको छ ।  वर्षेनी विस्थापित भएका पिडितहरुले अहिले सम्म करिब ८ हजार हेक्टर वन अतिक्राण भईसकेको हो । बाँकेमा अहिले हरेक वर्ष विपद् व्यवस्थापनका नाममा ८ हजार १ सय ६६ हेक्टर वन अतिक्रमण भएको वन डिभिजन कार्यालयको तथ्याङ्कको तथ्याङले देखाएको छ । वन क्षेत्र अतिक्रमण गरेर बसेका ४ हजार ३४ घरधुरीले बसोबास छाड्न मानेका छैन । बाढीपीडितले शुरुमा अस्थायी बस्ती बसाल्दै आए पनि पछि छाड्न नमान्ने गरेको कार्यालयले जनाएको छ । आश्रय लिएका वन क्षेत्र खालि गराएपनि फेरी बस्न थालेका छन् भने कतिपयले बस्ती छाड्न नमान्दा बल प्रयोग गर्नु पर्ने बाध्यता आएको जनाईएको छ ।...
एनसेल टावर आगजनी

एनसेल टावर आगजनी

समाचार
भदौ ३ गते । दाङको एक एनसेलको टावरमा अज्ञात समूहले आगजनी भएको छ । शान्तिनगर गाउँपालिका – ५ रगैाँको टावरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द (विप्लप) समूहले आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरे पनि अहिलेसम्म कसैले घटनाको जिम्मेवारी नलिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगजनीबाट टावरको जेनेरेटर र तार लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मेट्रो रेलमा चिन र भारतको प्रतिस्पर्धा

मेट्रो रेलमा चिन र भारतको प्रतिस्पर्धा

लिम्चुङबुङ डायरी, समाचार
भदौ ३ गते । उपत्यकामा मेट्रो रेल निर्माण गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) का लागि चिन र भारतको प्रतिस्पर्धा सुरु भएको छ । आगामी लगानी बोर्डको बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । चारवटा प्रस्ताव मध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डले जनाएको छ । डिपीआरका लागि चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रूप र राइट्स–रेल इन्डिया टेक्निकल एनड सर्भिसेज कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको हो ।...
कटारीमा रवि समर्थकको  विरोध प्रर्दशन

कटारीमा रवि समर्थकको विरोध प्रर्दशन

समाचार
उदयपुर, भदौ २ गते । रवि लामिछाने सर्थकहरुले देशैभर विरोध प्रदर्शन गरिरहेको बेला उदयपुरमा पनि प्रर्दशन भएकोे छ । कटारी बजारमा नागरिक समाजले सोमबार रविको समर्थनमा विरोध प्रर्दशन गरेको हो । “रविलाई रिहाई गर, झुटा आरोप खारेज गर, भष्ट्रचारी दलाल होसियार” लगायतका नाराबाजी गर्दै बजार परिक्रमा गरेर कोण सभा गरेको थियो । राज्यले चालेको गलत कदम प्रति आपत्ति जनाउदै विरोध प्रर्दशनको आयोजना गरेको नागरिक समाजका अगुवा रतन पोखरेलले बताए । सरकारले गलत क्रियाकलाप गरेको र स्वतन्त्र पत्रकारलाई कार्यकक्षबाट नै पक्राउ गरी झुटा आरोप लगाउन खोजिएकाले रविको समर्थनमा उत्रेको गरेको पोखरेलले बताए । भ्रष्ट्रचारको विरुद्धमा आवाज उठाउने रविलाई नहुदा झुटा आरोप लगाएकाले विरोध जनाएको  उनले बताए ।...
गाँजासहति  १ जना पक्राउ

गाँजासहति १ जना पक्राउ

समाचार
झापा, भदौ २ गते । झापाको शिवसताक्षीबाट लागु औषध सहित एक जना पक्राउ परेको छ । विशसताक्षी नगरपालिका – १० दोमुखा निबासी ५४ वर्षीय तीर्थलाल दाहाल पक्राउ परेको हो । गोप्य सुचनाको आधारमा प्रहरीले दाहालको घरमा खानतलासी गर्दा सुत्ने कोठामा २ केजी ७ सय ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेको दाहाल माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
चट्याङले एक जनाको मृत्यु, एक जना घाईते

चट्याङले एक जनाको मृत्यु, एक जना घाईते

समाचार
उदयपुर, भदौ २ गते । त्रियुगाको खाँबुमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ  भने एक जना घाईते भएका छन् । त्रियुगा नगरपालिका – १५ खाँबुको १३ वर्षीय निर्माला मगरको चट्याङ लागेर मृत्यु भएको हो भने २९ वर्षीय पूर्णबहादुर मगर घाईते भएका हुन् । दिउँसो साढे २ बजे पूर्णबहादुरको घरमा बसी रहेको अवस्थमा पानिसँगै परेको चट्याङले लागेर निर्मलाको मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर दुवै जना घाईते भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा निर्मलाको बाटोमै मृत्यु भएको छ भने अर्का पूर्णबहादुरको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
लागु औषध सहित २ जना पक्राउ

लागु औषध सहित २ जना पक्राउ

समाचार
सनुसरी, भदौ २ गते । सुनसरीको धरानमा कारमा लुकाईछिपाई लैजादै गरेको लागु औषध सहित २ जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–८ तिनकुनेमा चेक जाँच गर्ने क्रममा पक्राउ परेका हुन् । गतराती करिब १२ बजे ईटहरीबाट धरान तर्फ आउदै गरेको को २ च १०२१ नम्बरको कारलाई  चेकजाँच गर्ने क्रममा धउनपा –१५ निबासी ३९ वर्षीय रुभिन श्रेष्ठ र कारमा सवार धउनपा – २ निबासी ५६ वर्षीय बनबरीलाल शर्माले पक्राउ परेको प्रहरीले जनाएको छ । लाईलेक्स २८ बोतल उनीहरुको साथबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेको दुवै जना र लागु औषध ओसारपसारमा संलग्न कारलाई ईलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...