Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

हराएका बालकको मृत अवस्थामा फेला

हराएका बालकको मृत अवस्थामा फेला

समाचार
झापा, भाद्र २ गते । झापाको दमकमा घरबाट हराएको बालक पोखरीमा मृत अवस्थामा फेला परेको छ । दमक नगरपालिका – ३ बेलडागी २  सेक्टर न.ई १, हर्ट न. २ सिबीरमा बस्ने नर बहादुर मगर को छोरा १४ वर्षीय ओषिष मगर मृत फेला परेको हो । आईतबार साँझ ५ बजे घरबाट हिडेका बालक बिहाँन साढे ७ बजे दनपा –३ हुम्से दुम्से सामुदायिक बनका कर्मचारीले पोखरीमा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
हत्याराबाट पैसा लिन खोज्ने एक महिला पक्राउ

हत्याराबाट पैसा लिन खोज्ने एक महिला पक्राउ

समाचार
भदौ २ गते ।  भोजपुरमा श्रीमानको हत्याका घटना लुकाउन हत्यारासँग पैसा लिएको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । भोजपुर नगरपालिका – ४ सिद्धेश्वर दावा निबासी मीना मिजार सार्कीले श्रीमानको हत्यारासँग लिएको आरोपमा पक्राउ परेको हो । मिनासहित घटनामा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरमा धकेलेर हत्या गरेपछि घटना लुकाउन छिमेकी हरिबहादुर लम्सालले अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ । मृतक पूर्णबहादुरकी श्रीमती मीनाले अभियुक्त रम्तेलसँग पैसा मागेको वयानमा खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले २ लाख रुपैय...
बुलेट खलनायिका सृजना

बुलेट खलनायिका सृजना

मनोरञ्जन
भदौ २ गते । महिला खलनायिका नेपाली फिल्म क्षेत्रमा  कमै भेटिन्छ । खलनायिका कम रहेको फिल्म क्षेत्रमा सृजना रेग्मीले निकै चर्चा बटुलेकि छिन् । ‘जाइरा’ फिल्ममा खलनायिकाको अभिनय गरेकी नवअभिनेत्री सृजनालाई अहिले ‘बुलेट भिलेन’ का रूपमा चिन्न थालिएको छ । भाद्र ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ मा सृजना ‘बुलेट’ को भूमिकामा छिन् । फिल्म रिलिजअगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रूपमा हेर्न थालिएको छ । यस  फिल्मबाट निकै आशावादी रहेकी छिन् भने फिल्म एक्सनमा निकै मेहनत गरेको उनको भनाइ छ । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । पर्दामा लभर गर्लको भूमिका रुचाइएकी सृजनाले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् ।...
निःशुल्क २ दिने पशु स्वास्थ्य शिविर

निःशुल्क २ दिने पशु स्वास्थ्य शिविर

समाचार
शुसिला लामिछाने मगर ताप्लि/भदौ २ गते । उदयपुरको ताप्लीमा पहिलो पटक २ दिने पशु स्वास्थ्य शिविर संचालन भएको छ । वल्र्ड भिजन ईन्टर नेशनलद्धारा नेस्पेक उदयपुरको आयोजनामा पालिकामा शिविर संचालन भएको हो । भेट्नरी अस्पताल तथा पशु विज्ञान केन्द्र गाइघाटको प्राविधिक सहयोगमा पालिकाको कुमालटार र राम्पुरमा शिविर सन्चालन भएको पालिकाले जनाएको छ । उक्त शिविरमा बोका, बाख्रो, गाई, भैंसी, कुकुर लगायतका घरपालुवा पशुहरुको चोक जाँच गरिएको थियो । पालिकाको १, ३, ४ र ५ नम्बर वडा र कटारी नगरपालिकाको ९ नम्बर वडाको पशुहरुको चेक जाँच गरीएको थियो । निःशुल्क चेक जाँच गरी कुनै प्रकारको रोग भेटिएमा आवश्यक औषधि पनि वितरण गरेको पालिकाले जनाएको छ । गाउँमै पशूहरुको स्वास्थ्य शिविर संचालन भएपछि कृषिकहरु खुसी र उत्साहित भएका छन् । अरु बेला पशुलाई चेक जाँच नगरी पसलको औषधी किनेर खुवाने गाउँलेलाई शिविरले सचेत गराई ज...
पाल्पामा डेँगु भेटियो

पाल्पामा डेँगु भेटियो

समाचार, स्वास्थ्य
भदौ २ गते । पाल्पामा पनि डेँगुको विरामी फेला परेको छ । गत साउन महिनामा २ जना डेंगुको बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । ‘एडिप्टाइ’ नामक लामखुट्टेको टोकाइबाट डेँगु लाग्ने गर्छ । गत वर्षकोमा पनि जिल्लामा डेंगुका सात जना बिरामी भेटिएका थिए । यस रोग लाग्दा अत्यधिक ज्वरो आउने, नाथ्री फुटेर रगत बग्ने लगायतका लक्षण देखा पर्छ । शरीरमा भएको रगतको मात्रा ‘प्लेटेड’ नामक तत्वले घटाइदिने हुँदा रोगको लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्थामा उपचार गराउनु पदर्छ ।...
श्री एयरलाइन्सको नयाँ जहाज काठमाण्डौँमा

श्री एयरलाइन्सको नयाँ जहाज काठमाण्डौँमा

आर्थिक, समाचार
भदौ २ गते । श्री एयरलाईन्स कम्पिनीले टर्बोजेट क्यू ४०० सिरिजको नयाँ जहाज ल्याएको छ । जनिजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनीले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको जहाज ल्याएको हो । ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार काठमाण्डौँ ल्याईएको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यका साथ नयाँ जहाज थपेको कम्पनीले जनाएको छ । उक्त नयाँ जहाजसँग श्री एयरलाईन्सको ५ वटा जहाज भएको छ । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सीआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सीआरजे ७०० जहाज दुई थान थिए । यस जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना रहेको जनाईएको छ ।...
हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन काठमाण्डौमा

हवाई सेवा नियामकहरुको ५६ औं सम्मेलन काठमाण्डौमा

समाचार
भदौ २ गते ।   एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरुको ५६ औं अन्र्तराष्ट्रि सम्मेलन आजबाट हुने भएको छ । काठमाण्डौमा सोमबारदेखि सरु हुने ५ दिने सम्मेलनमा ४३ देशका सहभागिहरुले सहभागिता जनाउने भएको हो । सम्मेलनको नारा ‘क्षमताको सीमितता पूरा गर्न सामूहिक प्रयास’ राखिएको छ । सम्मेलनमा बिभिन्न कार्यपत्र पेस हुने छन् । त्यस मध्ये नेपालले तीनवटा कार्यपत्र पेस गर्ने प्राधिकरणले जनाएको छ । सम्मेलनमा ४३ देशका दुई ९१ प्रतिनिधि, २६ प्रवर्द्धक संस्था र अन्य सहभागी गरी करिब चार सय विदेशीको सहभागीता रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । सम्मेलनको सम्बोधन गर्न अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यू पनि नेपाल आइसकेका छन् । यस सम्मेलनले एसिया प्रशान्त क्षेत्रको ...
सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग भिड्दै

सेन्ट्रल जोन भलिबलमा नेपाल किर्गिस्तानसँग भिड्दै

खेलकुद, समाचार
भदौ २ गते ।  आज नेपालले किर्गिस्तानसँग एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खैल्दै छ । ललितपुरका लगनखेलकोे आर्मी कभर्डहलमा सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने भएको हो । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो चार बजेबाट सुरु हुने भएको छ । नेपालले पहिलो खेलमा नै जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्ने लक्ष्य लिएको छ । समूह ए मा रहेको नेपालसँगै किर्गिस्तान र माल्दिभ्स रहेका छन् । यता, समूह बीमा भने तुर्कमेनिस्तान, उब्जेकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् । बिहान १० बजे तुर्कमेनिस्तान र अफगानिस्तानबीचको खेल रहेको छ भने बेलुकी ६ बजे उब्जेकिस्तान र अफगानिस्तानबीच पनि खेल हुनेछ ।...
राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

राष्ट्रिय वाणिज्य बैंकमा आगलागी

समाचार
भदौ २  गते ।  चितवन भरतपुरको वाणिज्य बैंकमा आगलागी भएको छ । भरतपुर चौवीसकोठीको बैँकमा सोमबार विहान आग्लागी भएको हो । भवनको पहिलो तलाबाट आगलागी सुरु भएको थियो । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा निकै समयपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीको कारण र त्यसबाट बैकमा भएको क्षतीको यकिन विवरण नखुलि सकेको प्रहरीले जनाएको छ ।...
तपाईको राशिफल

तपाईको राशिफल

Breaking News 1
आज २०७६ भाद्र २ गते  सोमबार, ने. सं. ११३९, १९ अगष्ट २०१९ । भाद्र कृष्णपक्षको चतुर्थी तिथि मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) मेष राशि हुनेहरुको लागि आजको समय राम्रो रहेको छ । धन आर्जन होल । अवरुद्ध रहेका कामकाजहरू बन्ने योग रहेको छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वैदेशिक क्षेत्रको काममा मन जाला । साथीभाइ र आफन्तको विशेष सहयोग मिल्ने योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  अज अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । परिवारजनमा खुसियाली सँग जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  कर्कट राशि हुनेहरुको लागि आज कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा फाईदा होला । सानो कामबाट ठूलै उपलब्धि मिल्ने योग रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धन आर्जन हुने बाटोहरु खुल्ने छ । सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसा...