Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

बैरागी काइँलालाई जगदम्बाश्री र रणहारलाई मदन पुरस्कार

बैरागी काइँलालाई जगदम्बाश्री र रणहारलाई मदन पुरस्कार

समाचार, साहित्य
भदौ १ गते ।  यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने भएको छ भने मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको हो । मदन पुरस्कार गुठीकोे साधारणसभाले योगेशलाई मदन पुरस्कार दिने निर्णय गरेको थियो । काइँला तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्ता मध्येका कवि हुन् । अघिल्लो वर्ष २ लाख रुपैया रहेको पुरस्कार गुठीले अहिले बढाएर ४/४ लाख रुपैयाँ बनाएको छ । पुरस्कार असोज १२ गते वितरण गरिनेछ । गुठीले यस अघि मदन पुरस्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।...
लागु औषधसहित १ जना पक्राउ

लागु औषधसहित १ जना पक्राउ

समाचार
झापा/भाद्र १ गते ।  झापाको शिवसताक्षीमा गाँजा सहित एक जना पक्राउ परेको छ । शिवसताक्षी नगरपालिका –१० दोमुखा निबासी ५४ बर्षीय तिर्थराज दाहाल २ केजी ७ सय ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेको हो । बिशेष सूचनाको आधारमा प्रहरी टोलीले दाहाललाई उनकै घरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेको दाहाललाई ईलाका प्रहरी कार्यालय झिलझिलेमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...

डुबेर एक जना घाईते

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको रामधुनीका कोशीकटानमा डुबेर एक जना घाईते भएको छ । रामधुनी नगरपालिका – ५ भुमरी चौक निबासी १८ वर्षीय आयुष बस्नेत डुबेर घाईते भएको हो । नुहाउने क्रममा डुबी रहेको अवस्थामा साथीहरुले उद्दार गरी जिल्ला अस्पताल ईनरुवा लगेर थप उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
पोखरीमा डुबेर एक जनाको मृत्यु

पोखरीमा डुबेर एक जनाको मृत्यु

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको रामधुनिमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामधुनि नगरपालिका – ६ निबासी करिब ५० वर्षीय सरिलाल राजधामीको डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
खोलामा डुबेर १ जनाको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको ईटहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । ईटहरी नगरपालिका – ६ निबासी ४० वर्षीय मोहन भट्टराईको सेतीखोलामा डुबेर मृत्यु भएको हो । खोला गएको भट्टराईलाई केहि समयपछि डुबिरहेको अवस्थामा स्थानिले फेला पारेको थियो । घटनाको जनाकारी पाएपछि प्रहरी घटना स्थल पुगी पथ अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
२ वर्षीय बालकको डुबेर मृत्यु

२ वर्षीय बालकको डुबेर मृत्यु

समाचार
झापा/भदौ १ गते । झापाको विर्तामोडमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विर्तामोड नगरपालिका – ३ विरात पोखर निबासी रोशन बेसराको छोरा २ वर्षीय अजित बेसराको डुबेर मृत्यु भएको हो । दिउँसो पौने ४ बजे खेल्ने क्रममा घर नजिकै रहेको खोलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथै प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
डुबेर १ बालकको मृत्यु

डुबेर १ बालकको मृत्यु

समाचार
मोरङ/भदौ १ गते । मोरङको रतुवामाईमा खोलमा डुबेर एक बालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका – ७ सिजुवा निबासी शिवमुखीयाको छोरा १० वर्षीय आकाश मुखीयाको डुबेर मृतयु भएको हो । घरबाट विहान हिडेका आकाश साँझसम्म पनि घर नर्फकेपछि परिवारले खोजतलासको लागी प्रहरीलाई खबर गरेको थियो । प्रहरीर आफन्तले खोजतलास गर्ने क्रममा राती ९ बजे रतुवा खोला डुबेर मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
करेन्ट लागेर एक महिलाको मृत्यु

करेन्ट लागेर एक महिलाको मृत्यु

समाचार
सुनसरी/भदौ १ गते । सुनसरीको देवानगञ्जमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । देवानगञ्ज नगरपालिका – ३ कपतानगञ्जममा शनिबार विहान अनिता मेहेताको मृत्यु भएको हो । विहान साढे ९ बजे घरको टेबुल फेन चलाउने क्रममा करेन्ट लगालेर गम्भिर घाईते भएकी २५ वर्षीय मेहेताको विराट नर्सिङ्होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएकी मेहेताको उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
अचुक औषधी आलुको बोक्रा

अचुक औषधी आलुको बोक्रा

स्वास्थ्य
सवैले र सवै तरकारीमा प्राय प्रयोग हुने आलुको बोक्रामा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ । यसले स्वास्थ्यमा मात्रै होइन सौन्दर्यका लागि पनि काम गर्दछ । क्याल्शियम, भिटामिन सी, बी कम्प्लेक्सका र आइरनको मात्रा पनि अत्यधिक पाईन्छ । त्यसैले आलुुको बोक्रा खानाले शरीरमा कमि भएका पूर्ती गदर्छ । यसले डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि पनि प्रयोग गरिन्छ । यसले कुन–कुन रोगलाई नियन्त्रण गर्दछ र के फाईदा निम्नानुसार छ । १. तौल कम फाईवर युक्त हुने भएकाले आलु बोक्रासँगै खादा शरीरले कार्बोहाइड्रेटको सथ फाइबर पनि पाउँछ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोग गर्दछ भने नसा पनि बलियो बनाउँछ । २. रक्तचाप कम पोटाशियम र भिटामीन सि आलुमा पाईन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ...
ओल्के र बुढी हाल्ने पर्व मनाउदै

ओल्के र बुढी हाल्ने पर्व मनाउदै

समाचार
भदौ १ गते । सुदुरपश्चिमको बैतडी लगायतका जिल्लाहरुमा ओल्के पर्व धुमधामका साथ मनाउँदै छ । ओल्केको अर्थ उपहार वा कोशेली हो । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप कर्कलाको पत भित्री फलफूल, मिठो–मसिनो दिनु र हातमा मेहेन्दी लगाएर पर्व मनाईन्छ । सवेरै उठेर खोला, नदी, कुवा, पधेँरा लागयत पानीको श्रोत भएको ठाउँमा स्नान गरी विभिन्न खानेकुराको परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई ओल्को दिने पनि गरिन्छ । वर्षाले विभिन्न संकट निम्त्याउने भएकाले यसबाट बचे र नवजिवन पाएको खुशीयालीमा उक्त क्षेत्रका मानिसहरुले ओल्को मनाउने प्रचलन रहिआएको स्थानियहरुले बताएका छन् । यस पर्व मनाउनुमा कुनै प्रकारको धार्मिक वा पौराणिक उत्प्रेरणाबाट प्रभावित भएको पाईदैन । यस भेगका बासिन्दाको मौलिक पर्वका रूपमा पनि रहिआएको छ भने यसलाई सिंह सङ्क्रान्ती पनि भन्ने गन्छि । यो पर्व नेपालको सुदूरपश्चिमका ज...