Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

घण्टाघर संरक्षणको अभावमा जीर्ण बन्दै

घण्टाघर संरक्षणको अभावमा जीर्ण बन्दै

समाचार
भदौ १ गते । ब्रिटेनबाट घडि मगाई तत्कालीन राणा प्रधानमन्त्री वीर शमसेरले रानीपोखरी छेउमा घण्टाघर बनाएको थियो । घण्टाघरको घडीले १२ बज्दा टुँडिखेलमा सेनाले तोप पड्काएर समयको जनाउ दिने प्रचलन रहेपनि देशमा भएका राजनीतिक परिवर्तनहरूले त्यसता प्रचलनमा फेरबदल भएको हो । पछिल्लो सयमको प्रविधि विकासले समयको जानकारी लिन घण्टा घरबाट निस्कने आवाजको प्रतीक्षा गनु परेको छैन । त्यो बेला समयसूचक बनेको घण्टाघरको ऐतिहासिक र पुरातात्त्विक महत्त्वमा भने कमी आएको छैन । तर सरकारी संयन्त्रबीच प्रभावकारी समन्वय नहुँदा त्रिचन्द्र क्याम्पस हाताभित्र रहेको घण्टाघर जीर्ण बन्दै गएको छ । पुरातत्व विभाग अन्तर्गत सञ्चालन भएको घण्टाघरका समयानुकूल मर्मत सम्भार नहुँदा ३२ वर्षदेखि यसको रेखदेख गर्दै आएका प्राविधिकहरु चिन्तित भएका छन् । भूकम्प र आगलागीकाकाटा पटक–पटक क्षतिग्रस्त भएको घण्टाघरको संरक्षणका लागि सरक...
दोरम्बा घटनाको १६ वर्षपछि शालिक अनावरण

दोरम्बा घटनाको १६ वर्षपछि शालिक अनावरण

समाचार
भदौ १ गते । रामेछापको दोरम्बामा भएको हत्याकाण्डकामा मारिएका १९ जनाको १६ वर्षपछि शालिक अनावरण गरिएको छ । तत्कालिन विद्रोही माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित १९ जनाको हत्या गरेका स्थानमा शालिक निर्माण गरि अनावरण गरिएको हो । २०६० साल साउन ३२ गते तत्कालिन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला सेनाले दोरम्बामा तत्कालीन जनसरकार प्रमुख लामासहित १९ जनालाई नियन्त्रणमा लिई सामूहिक हत्या गरेको थियो । उक्त घटनाले सरकार र माओवादी विचको बार्ता भंग भएको थियो भने घटनामा संलग्न सेनाका तत्कालीन मेजर राममणि पोख्रेललाई बर्खास्त गरेको थियो । प्रतिमाको अनावरण नेकपाका केन्द्रीय सदस्य हितबहादुर तामाङले गरेका थिए ।...
बांग्लादेशमा १५ हजार झुपडी ध्वस्त

बांग्लादेशमा १५ हजार झुपडी ध्वस्त

समाचार
भदौ १ गते । बांग्लादेशमा आगालागी हुदा १५ हजार घर जलेर नष्ट भएको छ भने ५० हजार मानिस घरबार विहिन भएको छ । राजधानी ढाकाको चलानटीकाको बस्तीमा शुक्रबार रातीा आगालागी हुँदा उक्त घरको ध्वस्त र ५० हजार मानिस घरबारविहीन भएका हुन् । हजारौ घर प्लास्टिकको छानो भएकाले आगो तीव्र गतिमा फैलिएको थियो । ऐतिहासिक नगरमा लागेको आगोबाट करिब ७० जनाको मृत्यु भएको जनाईएको छ । बकर ईद पर्व मनाउन पुर्खौली गाउँ गएका बेला आगो लगेको थियो । त्यस बस्तिमा बस्ने मानिसहरु न्युन आय भएकाहरु थिए । अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लागेको छैन । अनुसन्धान जारी रहेको जनाईएको छ । बस्तिमा लागेको ओगो नियन्त्रणमा लिन ६ घण्टा लागेको थियो । सरकारले घरबार विहीन भएका हजारौँ मानिसलाई राहत दिइने घोषणा गरेको छ ।...
रियल मड्रिडको जित सुरुवात

रियल मड्रिडको जित सुरुवात

खेलकुद, समाचार
भदौ १ गते ।  स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित सुरुवात गरेको छ ।  गतराती भएको पहिलो खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलले पछि पार्दै जित हात पारेको हो । खेल सुरु भएको १२ औं मिनेटमा बेन्जिमाले गोल गरेर रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा एक गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा दुई गोल थपेको थियो भने सेल्टाले एक गोल मात्र फर्काएका थिए । ६१ औं मिनेटमा टोनी क्रुसले अर्को गोल गरेका थिए । त्यसैगरीे ८० औं मिनेटमा भाजक्वएजले निर्णायक गोल गरेर आफ्नो टिमलाई विजयी बनाएको थियो । सेल्टाका लागि लोसडाले गोल एक गोल मात्र फर्काउन सफल भएको थियो ।...
धुमधाम मनाए रैव पर्व

धुमधाम मनाए रैव पर्व

समाचार
डि.एन चौधरी उदयपुर/भदौ १ गते । पुर्वमा बसोबास गर्दै आएका थारु समूदायले धुमधामका साथ रैव पर्व मनाएको छ । भदौको पहिलो आईतबार दहि, चिउरा, दुध, खिर,जेरी मिठाई, फलफुल लगायतका गुलियो कुरा खाएर मनाउने पर्व उदयपुरमा पनि मनाईएको हो । थारु भाषामा आईतवारलाई रैब भन्ने गरेकोले पर्वको नाम नै रैब हुन गएको बुढापाकाहरु बताउँछन् । वर्षमा एक पटक मनाउने पर्व भदौको ४ वा ५ आतबार मनाईन्छ । यस वर्षको भदौ १ गते नै आईतबार परेकाले अधिकाशं थारु समुदायमा आज धुमधामका साथ रैव मनाउदै छन् । धार्मिक मान्यता अनुसार पर्वको दिन नुन, तेल नखाएर वर्त बस्ने चलन छ । यो पर्वमा थारु समुदायको वालबच्चा देखि बृद्धबृद्धासम्म वर्त बस्ने गर्दछ । पर्वको दिन नुन तेल खाएमा कुलदेवता रिसाउने र  खेत रोपाई संगै बिश्राम लिने महिना भदौ भएकाले एक दिन दहि च्युरा खाएर पर्व मनाउने प्रचलन रहेको थारु कल्याणकरीणी सभा उदयपुरका अध्यक्ष शिवका...
भदौ महिना भरिको राशिफल

भदौ महिना भरिको राशिफल

Breaking News 1
भाद्र १ गते । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको लागि भाद्र महिनामा मिश्रित फल मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने र नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । भ्रमण र तीर्था यात्राको योग रहेको छ । आफन्तको सहयोगबाट कार्य पुरा हुनेछ योग रहेको छ भने मध्य महिनामा धन र समयको नोक्सानी हुनेछ । यस महिनाको लागि शुभ अङ्क १,२ र शुभ रङ्ग सेतो वा रातो रहेको छ । कुनै शुभकर्म गर्नु पहिला वा यात्रामा जानु अघि सूर्यभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वृष राशि हुनेहरुको लागि भाद्र महिनामा नयाँ योजना सफल हुन गाह्रो हुनेछ । अधिकार प्राप्त गर्नका लागि लागि निकै संघर्श गर्नु पर्ने योग गरहेको छ । यात्रा गर्दा वा सवारी साधनको चलाउदा सावधानी अपनाउनु पर्नेछ । प्रेमी÷प्रेमिकाका बिच नराम्रो होला । महिनाको मध्यमा धन सम्...
आरक्षणको माग गर्दै लाठी जुलुस प्रदर्शन

आरक्षणको माग गर्दै लाठी जुलुस प्रदर्शन

समाचार
उदयपुर/साउन,३२ सरकारले लोक सेवा आयोगको विज्ञापन  समानुपातिक नगरेको भन्दै उदयपुरमा शनिवार लाठी जुलुस प्रदर्शन गरेको छ । संविधानमा समानुपातिक व्यवस्थालाइ उल्लेख गरिएको भएपनि लोक सेवा आयोगको विज्ञापनमा लागु नगरेको भन्दै प्रदर्शन गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ त्रियुगा नगरपरिषद्को आयोजना र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला परिषद उदयपुरको समायोजनमा गाईघाटको बिभिन्न चोक र बजारमा जुलुस प्रदर्शन गरिएको नेपाल आदिवासी जनजाति महासंघ परिषद उदयपुरको अध्यक्ष गैरिसंकर उदासले बताए । केन्द्रको कार्यक्रम अनुसार अहिले देशैभरी यो कार्यक्रम भईरहेको छ । समानुपातिक विज्ञापनको बिरोधमा मुस्लिम संघ, दलित संघ, अपाग संघ लगाएतले विरोध प्रदर्शन गर्दै आईरहेको छ । सरकारले आरक्षणलाई समानुपाति नगरे सम्म यसको बिरोध तिब्ररुपमा अघि बढाउने अध्यक्ष उदासले बताए । संविधानमा उल्लेख भएको कुरालाई तत्काल लागु नग...
रासायनीक मलको अनुदान बजेट कटौती

रासायनीक मलको अनुदान बजेट कटौती

आर्थिक, समाचार
साउन ३२ गते ।  कृषकहरुलाई रसायनिक मलको लागि छुट्याईएको आर्थिक वर्ष २०७६÷७७ को अनुदान रकम कटौती भएको छ । चालू आर्थिक वर्षका लागि ९ अर्व रुपैया बजेट अर्थ मन्त्रालयले छुट्टाएपनि वैज्ञानिक व्यवस्था नभएकाले मलमा अनुदान कटौती गर्नुपरेको मन्त्रालयले जनाएको छ । मुलुकमा आवश्यक रासायनिक मल मध्ये ७ लाख मेट्रिक टनको लागि मात्र बजेट छुट्याएको थियो । यस वर्ष ३ लाख २७ हजार मेट्रिक टन मल आयात भइसकेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । डिएपी र युरिया मलका लागि १ अर्व ५० करोड रकम कटौती भएको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले बताए । चालू आवका लागि मन्त्रालयले जम्मा ७ अर्ब ५० करोड खर्च गर्न पाउनेछ । विनियोजन भएको बजेटको खर्च गर्न पाउने अनुदानको २१.०५ प्रतिशत मात्र हो । चालू आवको लागि सरकारले कृषि तथा पशुपालन क्षेत्रको समग्र विकासका लागि ३४ अर्ब ८० करोड रकम विनियोजन गरेको...
प्रभावकारी अनुगमन, मूल्यांकनका लागि तालिम

प्रभावकारी अनुगमन, मूल्यांकनका लागि तालिम

समाचार
उदयपुर, साउन ३२ गते ।  जिल्ला समन्वय समिति उदयपुरले स्थानीय तहमा सञ्चालित आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मुल्याङ्कन सम्बन्धि तालिम गाईघाटमा सञ्चालन भएको छ । शुक्रबारदेखि सञ्चालित तीनदिने तालिममा जिल्लाका आठै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागिता छ । हुरेण्डेक उदयपुर र वल्डभिजनको सहयोग तथा व्यवस्थापनमा भएको तालिममा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय  अधिकृतको सहभागितालाई प्राथमिकता दिइएको छ । आयोजनाको अनुगमन, मुल्याङ्कन, सुपरिबेक्षणका प्रभावकारी तरिका बारे जानकारि दिने उद्देश्यले भएको तालिमको उद्घाटन जिल्ला समन्वय प्रमुख खड्ग  परियारले गरेका थिए । जिल्लाका आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकनल गरी विकासमा टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको जिसस प्रमुख परियारले बताए ।...
नेस्पेकद्धारा ३ कृषक समूहलाई कृषिऔजार वितरण

नेस्पेकद्धारा ३ कृषक समूहलाई कृषिऔजार वितरण

समाचार
दुर्गा एसके उदयपुर/मुर्कुची साउन ३२ गते । उदयपुरको मुर्कुचीमा नेस्पेक उदयपुरले तीन कृषक समूहलाई कृषी औजार वितरण गरेको छ । रौतामाई गाउँपालिका – ७ मुर्कुचीका तीन कृषक समूहलाई दुई थान हाते ट्याक्टर र १० थान टनेला वितरण गरेको हो । कृषकलाई प्रदान गरीएको एक लाख ५० हजर बराबरको ७ हस पावरको ट्याक्टर र १० जना कृषकको लागी २ ला ५० हजार बराबरको टनेला प्लाष्टीक वितरण गरिएको नेस्पेक उदयपुरको बजार संयोजक रामकुमारी राईले बताईन् । वल्र्डभिज  र नेस्पेकको साझेदारी कार्यक्रम अन्तर्गत  उक्त सामाग्री वितरण गरिएको राईले बताईन । कृषी प्रणालीमा सुधार गर्नका लागि आधुकिन प्रविधिबाट ताजा र अर्गानिक तरकारी उत्पादन गरी जिविकोपार्जमा टेवा पु¥याउने उद्देश्यले कृषी औजार वितरण गरिएको उनले बताईन् । परम्परागत प्रविधिबाट खेती गर्दा ढिलो र उत्पादन कम हुने भएकाले आधुनिक प्रविधि अपनाउनका लागि कृषी सामाग्री उपलब...