सुन भन्दा महंगो अल्पकाको उन
साउन, ३२ गते ।
अनौठो लाग्ने जनावर अल्पकाको उन सुन भन्दा पनि महंगो हुन्छ । खुट्टा बाख्राका जस्तो, अनुहार कान खरायो जस्तो, घाँटी उँटको जस्तो, पुच्छर र शरिर घोडा जस्तो देखिने अल्पकाको उन प्रति केजी ७० हजारमा विक्रि हुने गर्दछ ।
दक्षिण अमेरीका र अफ्रिकी मुलुकमा पाईने अल्पका नेपालको मकवानपुर जिल्लाको विसिंखेलमा पालिएको छ । एक अनौठो जनावर हो । तर ईमान्दारी र सहनशिला हुन्छ । पेटको एक नम्बर उन प्रतिकिलो ७० हजारमा बिक्री हुन्छ । घाँटी, खुट्टा, पिठ्यु र छातीको उन ४० हजार प्रतिकिलोमा बिक्री हुने गर्दछ ।
एक वर्षमा एक पटक मात्र निकालिने उन एउटा अल्पकाको दुई किलो हुन्छ । यसको उनबाट धेरै कुरा बनेपनि पश्मिनाको राम्रो मानिन्छ ।
यो एक घर पालुवा जनावर भएकाले नेपालमा पहिलो पटक जर्मन नागरिक हार्टमुट बाउन्डरले ल्याएको थिए । उनले पेरुबाट दुईवटा भाले र दुईवटा पोथी ल्याएर वि.सं. २०५० सालमा दोलखाको जिर...








