उखु कृषकले पाएन भुक्तानी
साउन २९ गते ।
नवलपरासीका उखु किषकहरुले चिनी उद्योगलाई उधारो दिएको रमक अझै पाएको छैन । चिनी उद्योगहरुले गत वर्ष करीब ७० करोड रुपैयाँ र २०६९ सालमा उखु दिएको उखुको बाँकी रकममधये करीब ४ करोड रुपैयाँ अझै नदिएको उखु उत्पादक कृषक समितिले जनाएको छ ।
लुम्बिनी चिनी उद्योग, बागमती चिनी उद्योग, इन्दिरा सुगर मिल्स र मोहिनी चिनी उद्योग गरी चार ठूला उद्योग रहेकामा मोहिनी चिनी उद्योग सञ्चालनमा नआएका कारण किसानलाई रकम तिर्न बाँकी छैन भने अरू सबै चिनी उद्योगले किसानलाई करोडौँको रकम भुक्तानी गर्न बाँकी छ ।
इन्दिरा सुगर मिल्सले २०७० सालमा करीब १६ करोड रुपैयाँ र अघिल्लो वर्षको करीब ४ करोड रुपैयाँ गरी २० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । त्यसैगरी लुम्बिनी चिनी उद्योगको करीब १४ देखि १५ करोड रुपैयाँ र बागमती चिनी उद्योगले करीब ३५ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको जन...









