Tuesday, June 2News That Matters

Author: पूर्णपुष्टि खबर

प्रदेश २ मा रक्षाबन्धनको सार्वजनिक विदा

प्रदेश २ मा रक्षाबन्धनको सार्वजनिक विदा

समाचार
साउन २९ गते । प्रदेश २ सरकारले रक्षाबन्धनको सार्वजनिक विदा दिएको छ । हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनको दिन विहिबार प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन  मनाउन सबैलाई प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले अनुरोध गरेका छन् । संघीय सरकारले पर्व लगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ सँगै प्रदेश ५ ले सार्वजनिक बिदा दिएका थिए ।...
श्रृङ्खलाबद्ध वडा कार्यालय चारी गर्ने पक्रउ

श्रृङ्खलाबद्ध वडा कार्यालय चारी गर्ने पक्रउ

समाचार
साउन २९ गते । श्रृङ्खलाबद्ध रुपमा वडा कार्यालयमा चोरी गर्ने एक जना पक्रउ परेको छ । पोखराका वडा कार्यालयहरु चोरी गर्ने किशोर थापा पक्राउ परेको हो । काठमाडौं महानगरपालिका–११ घर भई (हाल) पोखरामा डेरा गरी बस्दै आएको थापाले श्रृङ्खलाबद्ध रुपमा वडा कार्यालयहरु चोरी गर्दै आएको प्रहरीले जनाएको छ । थापा पहिले पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका छन् । २०७१ सालदेखि ०७४ सम्म जेल जिवन विताएर छुटेलगतै फेरि चोरी धन्दा सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । थापासँग चोरीको सामान खरिद विक्रि गर्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।...
सरकारको सूत्र अझै स्थानिय तहमा लागु भएन

सरकारको सूत्र अझै स्थानिय तहमा लागु भएन

आर्थिक, समाचार
साउन २९ गते ।  सरकारले चालु आर्थिक वर्ष २०७६/७७ मा अनिवार्य गरेको सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) सवै स्थानिय तहले कार्यन्वयन गरेको छैन । बजेट विनियोजनसँगै अनिवार्य सूत्र प्रणली लागु गर्न अर्थ मन्त्रालयले सवै स्थानिय तहलाई निर्देशन दिएपनि १ सय ३८ स्थानीय तहले अझै कार्यान्वयन नगरेको पाइएको हो । २०७४ मंसिर ३ मा स्वीकृत भएको उक्त प्रणाली आर्थिक वर्ष २०७५/७६ बाट ७ सय ५३ वटै स्थानीय तह र ७ वटै प्रदेशमा लागु गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य पुरा हुन नसकेपछि आर्थिक वर्ष २०७६/७७ को बजेट अनिवार्य सूत्र प्रणालीबाट बनाउने गरी सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । मन्त्रालयको तथ्यांकअनुसार यस वर्षसम्म ६ सय १५  स्थानीय तहले सूत्र प्रणालीबाट बजेट ल्याएका छन् । प्रदेश र स्थानीय तहको आर्थिक कार्यप्रणाली र प्रशासनिक काम कारबाहीमा एकरुपता ल्याउन तथा पारदर्शी लेखा राख्ने उद्देश्यले सरकारल...
फोनिजको प्रदेश अधिवेशन उदयपुरमा हुने

फोनिजको प्रदेश अधिवेशन उदयपुरमा हुने

समाचार
उदयपुर, साउन २९ गते । उदयपुरमा नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)को एतिहासिक प्रथम प्रदेश अधिवेश हुने भएको छ । त्रियुगा नगरपालिका – ९ राजाबासको दनुवार होमस्टेमा फोनिज प्रदेश नम्बर १ को प्रथम अधिवेशन विहिबारदेखि सुरु हुने भएको हो । कार्यक्रममो प्रमुख अतिथि प्रदेश नम्बर १ को मुख्यमन्त्रि शेरधन राई रहेको फोनिजले जनाएको छ भने कार्यक्रमको उद्घाटन मुख्यमन्त्रि राईले गर्ने जनाईएको छ ।...
नेपाली कलाकारलाई अन्तर्रा्ष्ट्रिय अवार्ड

नेपाली कलाकारलाई अन्तर्रा्ष्ट्रिय अवार्ड

मनोरञ्जन, समाचार
साउन २८ गते ।  नेपाली कलाकारहरुलाई कतारमा स्टार अन्र्तराष्ट्रिय अवार्ड प्रदान गरिएको छ । एक कार्यक्रमको साथ ४ जना नेपाली कलाकारलाई अवार्ड प्रदान गरिएको हो । लोकगीत युगलतर्फ ‘आँखा जुध्यो’ गीतमा गायक शिव संगीतले जुरी अवार्ड, बेस्ट मोडल जुरी अवार्ड नन्दा बस्याल, पब्लिक च्वाइस अवार्ड प्रकाश सपूत र चर्चिक कलाकारको अवार्ड प्रप्त गरेका थिए । स्टार किङ, कतारको आयोजनामा भएको कार्यक्रममा नेपालका राजदूत लक्ष्मण खनालले कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए ।...
महिला टीमले किर्गिस्तानमा फुटबल खेल्ने

महिला टीमले किर्गिस्तानमा फुटबल खेल्ने

खेलकुद, समाचार
साउन २८ गते ।  कार्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगीतामा नेपाली राष्ट्रिय महिला टीमले खेल्ने भएको छ । महिला टिमले कार्गिस्तानको प्रतियोगीता खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । प्रतियोगीतामा चार देशको सहभागिता रहेन छ । प्रतियोगिताको आयोजक किर्गिस्तानसँगै नेपाल, उब्जेकिस्तान र ताजिकिस्तान रहेको छ । सेप्टेम्बर ६ देखि १३ तारिखसम्म खेल संचालन हुने छ ।यो प्रतियोगितामा नेपालले सहभागिता जनाउनुको मुख्य उद्देश्य नजिकिदै गरेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राम्रो प्रदर्शन गर्नु हो । साग खेलकुद नेपालमा आगामी डिसेम्बर एकदेखि १० तारिखसम्म हुदैछ ।...
छाउ गोठ नबस्नेलाई पुरस्कार

छाउ गोठ नबस्नेलाई पुरस्कार

समाचार
साउन २८ गते ।  डोटिको एक पालिकाले छाउ नबार्नेलाई पुरस्कार दिने भएको छ ।  पूर्वीचौकी गाउँपालिकाले छाउ नबार्ने महिलालाई पुरस्कार दिने व्यवस्था गरेको हो । छाउपडी प्रथा अन्त्य गर्ने उद्देश्यका पालिकाको पाँचौं गाउँसभाबाट छाउ नबार्ने महिलालाई पुरस्कार दिने निर्णय गरेको पालिकाले जनाएको छ । छाउ नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई प्रोत्साहन स्वरुप पाँच हजार पुरस्कार दिने नीति गाउँसभाबाट पारीत गरेको पालिका अध्यक्ष दिर्घराज बोगटीले बताए । पालिकाले  छाउपडी नबार्नेलाई पुरस्कार मात्र होइन बार्नेलाई दण्डको पनि व्यवस्था गरेको छ । ‘महिनावारी भएका बेला छाउ बार्नेलाई पालिकाबाट प्रदान हुने सेवा सुविधामा रोक लगाउने निर्णय भएको अध्यक्ष बोगटीले बताए । पालिकाले छाउ बार्नेको घरमा रातो र नबार्नेको घरमा हरियो झण्डा लगाउने नीति समेत अघि सारेको छ । अव प्रत्येक घरमा झण्डा गाडेपछि समाजिकरुपमा तिरस्क...
घुससहित जनप्रतिनिधिका छोरा मुकेश पक्राउ

घुससहित जनप्रतिनिधिका छोरा मुकेश पक्राउ

समाचार
जनकपुर, साउन २८ गते । महोत्तरीको जनकपुरमा एक जनप्रतितिधिको छोरा घुस सहित पक्राउ परेको छ । जनकपुरधाम उपमहानगरपालिका – ९ पिडारी चोकबाट मुकेश साह घुससहति पक्राउ परेको हो । मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले पक्राउ गरेको अख्तियारले जनाएको छ । सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल पास गरिदिने नाममाम वडाध्यक्ष रफिक आलम र सदस्य कारीले घुस मागेका थिए । पक्राउ परेका मुकेश भंगहा नगरपालिका ८ का सदस्य कारी साहका छोरा हुन् । पक्राउ परेकालाई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।...
सिपविकास तालिम सम्पन्न

सिपविकास तालिम सम्पन्न

समाचार
उदयपुर, साउन २८ गते । उदयपुरमा ४५ दिने काष्ठ फर्निचर तालिम सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरले आयोजना तालिम सोमबार सम्पन्न भएको छ । स्थानीय युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले महासंघले रौतामाई गाउँपालिका र लघु घरेलु तथा साना उद्योग बिकास कोष काठमाण्डौँको सहयोगमा रौतामाई गाउँपालिकाको वडानं ७ मुर्कुची बजारमा कार्यक्रम आयोजना गरेको हो । गाउँपालिकाका युवालाई लक्षित गरी आयोजना गरिएको तालिममा १० जनाको सहभागिता रहेको महासंघका अध्यक्ष मधुकर थापाले बताए । उनले शिप नभएर बेरोजगार बसेका र विदेशी भुमिमा जीवन विताईरहेका युवालाई स्वदेशमै आयआर्जनमा टेवा पुर्याउने लक्ष्यले तालिमको आयोजना गरिएको बताए । ‘मेहनत, सृजना, उत्पादत र वस्तु मेरै नेपालको उद्योग गरौ उद्यमी बनौ उठाऔँ नेपालÕ भन्ने मुलनाराकासाथ आयोजित तालिमका सहभागिहरुलाई ४५ दिनमा टिटेवल, कुर्सी, खाट, झ्यालको पल...
फरार बलात्कारी पक्राउ

फरार बलात्कारी पक्राउ

समाचार
उदयपुर, साउन २८  उदयपुरमा सामुहिक बलात्कार गर्ने तीन जान पक्राउ परेका छन् । त्रियुगा नगरपालिका – ३ को सक्रिय महिला सामुदायीक वनको पिकनिक स्पोटमा बालिका बलात्कार गरी फरारहेको चार जना मध्ये तीन जान पक्राउ परेको प्रहरीले जनाएको छ । गत साउन २२ गते पिकनिक स्पोर्टमा घुम्न गएका १७ वर्षीय बालिकालाई चार जनाले जबरजस्ति बलात्कारर गरी फरारहेका त्रिनपा – ३ ठाडी निबासी भरत चौधरी, २२ वर्षीय कोईला भेन्ने देवनारायण चौधरी,महेन्द्र चौधरी र १८ वर्षीय अक्षय चौधरीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फरार रहेका एक जनाको खोजतलास भईरहेको छ भने पक्राउ परेकाहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...