Saturday, May 30News That Matters

Author: पूर्णपुष्टि खबर

पूर्ण सरसफाई अवस्थाबारे अन्तक्रिया

पूर्ण सरसफाई अवस्थाबारे अन्तक्रिया

Breaking News 1
  गाईघाट/असार १३ शान्ति समाज केद्र पेशोक नेपाल उदयपुरले पूर्ण सरसफाई उन्मुख अवस्थाबारे सरोकारवालाहरु सँग गाईघाटमा शुक्रबार छलफल तथा अन्र्तक्रिया गरेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यलयको समन्वयमा आर्थिक बर्ष २०७४/०७५ मा उदयपुरको ७५ ओटै वडाहरुमा संकलित डाटा प्रस्तुत गर्दै तत्कालिन अवस्था र आउने अवस्थाको बारेमा छलफल तथा अन्र्तक्रिया गरेको हो । जिल्ला पूर्ण सरसफाई उन्मुख ( ओडिएफ ) घोषणा भईसके पनि बिभिन्न समस्याका कारणले गर्दा यसको ब्याबाहरमा कार्यन्वयन नभएको भन्दै अन्र्तक्रिया गरिएको शान्ति समाज केन्द्र पेशोक उदयपुरका अध्यक्ष सिर्जना दनुवारले बताईन् । उनिले बिषेश गरी जिल्लाका बिभिन्न वडाहरुमा पानीको भयावह अवस्था र बनेको धारामा पनि पानी सुक्नाले सबैभन्दा ठूलो समस्या भएको बताईन् । पानीको अभावमा बनेको चर्पि पनि प्रयोग बिहिन भएको र जनचेतनाको अभावमा अझै पनि जनताहरु १५ प्रतिसत...
कटारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

कटारी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

समाचार
ऋषि राई कटारी, असार १३ गते ।  उदयपुरको कटारी नगरपालिकाले आज आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आदिवासी जनजाति साँस्कृतिक भवनमा नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न चौथो नगर सभाले ६८ करोड १३ लाख ८० हजार बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रम सार्बजनिक गर्दै नगरपालिकाका उपमेयर भिमकुमारी राउतले कृषि तर्पm एकवडा एक उत्पादन पकेट क्षेत्र , उद्योग वाणिज्य तर्पm एकिकृत व्यापारिक केन्द्र निर्माण तथा व्यवस्थापन कार्य प्रारम्भ गर्ने बताउनुभयो । त्यसैगरी पर्यटन प्रवद्धृनका लागि पर्यटन वर्ष २०२० लाई सफल पार्न आवश्यक सहकार्य गर्ने बताउँदै साँस्कृतिक महोत्सव , फुड फेस्टिबल तथा होमस्टे संञ्चालनमा सहकार्य गर्ने कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसैगरी कार्यक्रममा सहकारी संस्थाहरुलाई व्यवस्थापन र नियमन गर्दै लैजान...
अन्र्तर जातिय दुई जोडीलाई सम्मान

अन्र्तर जातिय दुई जोडीलाई सम्मान

समाचार
अनिसा थापामगर /प्रशिक्षार्थी पत्रकार ताम्लिछा, असार १३ गते । लिम्चुङ्बुङमा अन्तर जातिय विवाह गरेका दुई जोडीलाई सम्मान गरिएको छ । बाराहाको रोताबास निबासी ५१ वर्षीय रत्न विक, ५२ वर्षीया हिरा राई (विक) र ३९ वर्षीय कमल परियार, ३५ वर्षीया सम्झना तामाङलाई सम्मान गरिएको हो । जातिय छुवाछुत अन्यका लागि सचेतना कार्यक्रममा उक्त जोडीलाई सम्मान गरिएको थियो । सम्मानीत भएका जोडीहरुको आ–आफ्नै पिडा र व्याथा छन् । अन्तर जातिय विवाह गरेकै कारण माईती र आफन्त ईस्ट मित्र समेत त्यो बेला गुमाउनु परेको उनीहरु बताउँछन् । एउटै गाउँ भएका विक र राईको सानै उमेरमा प्रेम बसेको थियो । घास, दाउरा, मेलापतमा भोट हुने दुवैले २०५१ सालमा भोगेर विवाह गरको उनीहरुले बताएका छन् । अन्तर जातिय विवाह गरेकै कारण गाउँमा बस्ने स्थिति नरहेकाले गाउँ छाडेर ईन्डिया जानु परेको विकले बताए । घर परिवारले समेत ठुला जातको केटी विवाह...
पूर्णपुष्टिको ‘स्वागत बोर्ड’

पूर्णपुष्टिको ‘स्वागत बोर्ड’

समाचार
उदयपुर, असार १३ गते । उदयपुरबाट पत्रिका र अनलाईन एकसाथ सन्चालन गरिरहेको पूर्णपुष्टिले पहिलोपटक सदरमुकामको प्रवेशद्वारमा स्वागत बोर्ड  राखेको छ । गाईघाटको त्रियुगापुल नजिकै गाईघाट बजार प्रवेशको क्रममा देखिनेगरी बोर्ड राखिएको हो । विभिन्न ठाउँबाट आउने यात्रु, पर्यटक, कर्मचारी लगायतलाई लक्षित गरी स्वागत बोर्ड राखिएको हो । नयाँ ब्यवस्थापनसहित नयाँ कार्यालयबाट सम्पूर्ण काम सुरु गर्ने अन्तिम तयारीमा रहेको पूर्णपुष्टिले अन्य ठाउँमासमेत बोर्ड राख्ने तयारीमा छ । पाठक, स्रोता र दर्शकको मन जित्दै १ नं। प्रदेशकै स्थापित मिडिया बन्ने लक्षका साथ अगाडी बढेको पूर्णपुष्टिले संस्थागत विकासमा जोड दिएको प्रधानसम्पादक भोटराज राईले बताए ।...
अधिकार मागेर होइन खोसेर लिने हो ः पूर्वमन्त्रि श्रिपाली

अधिकार मागेर होइन खोसेर लिने हो ः पूर्वमन्त्रि श्रिपाली

समाचार
उदयपुर, असार १२ गते । संविधानले दिएको अधिकार कागजमा लेखिएको भएपनि उत्पिडित, दलित समुदायमा प्रयोग नभएकाले अधिकार मागेर होइन, खोसेर लिनु पर्ने पूर्वमन्त्रि दलजित श्रीपालीले बताएका छन् । ठुलो संघर्ष र बलिदानपछि दलित हक अधिकार संविधानले दिएको भएपनि व्यावहारमा नउतारिएकाले सोच परिवर्तनका लागी संघार्षको आवश्यकता भएको पूर्वमन्त्रि श्रीपालीले बताएका हुन् । हिजोका १० वर्षे जनयुद्धमा समाज परिवर्तन भएपनि शान्ति व्यावस्थापछि फेरी सामाजिक समस्या मौलाउदै गएको छ । संविधानमा उल्लेख गरेर मात्र अधिकार प्राप्त नहुने भएकाले सामाजिक सोच परिवर्तनका लागि सवै मिलेर संघर्षमा लाग्नु पर्ने पूर्व मन्त्रि श्रीपालीले बताए । राज्यको अंग र आर्थीक, समाजिक, सास्कृतिक लगायतका कुराहरुमा समानता आउन नसकेकाले संविधानमा लेखिएका अधिकार प्राप्त नभएको पूर्वमन्त्रि श्रीपालीले बताए । मान्छे भएरपनि दलित समाजमा पशुको व्य...
महिला पुरुष समानताका लागी बृक्षा रोपन

महिला पुरुष समानताका लागी बृक्षा रोपन

Breaking News 1
  बिक्रम राई असार/११ त्रियुगा नगरपालिका वडा नं ५ देउरीमा महिला पुरुष समानताका लागि २६ जोडीले बुधबार बृक्षा रोपन गरेको छ । नमुना महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजना वडा नं ५ को सहयोग र (यु.एन.एफ.पिए.) को सहजीकरणमा बृक्षा रोपन कार्यक्रम भएको नमुना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गायीत्री ढुङगानाले बताईन् । समाजमा घरका नारी पुरुषमानै कलह भएमा परिवार समाज सँगै राष्ट्रिमा समेत शान्ति नहुनाले आफ्नो टोल समाजलाई समानतामा ल्याउन यस अभियानको सुरुवात गरेको उनीले बताईन् । शान्ति र सभ्य समाजको निर्माण गर्न पहिले नारी पुरुषको समनतामा जोड दिनाले कहिले क्रान्तिको सामना गर्नु नपर्नाले समाज त्यसै सकरात्मक बन्नेमा त्यहाँको महिलाहरुको धारणा छ । (यु.एन.एफ.पिए) का समुदाय परिचालन अधिकृत चन्द्र ज्ञवलीले करिब २६ जोडीहरुलाई लैङगिक समानता सम्बन्धि प्रष्ट्याई दिएका छन् । ज्ञ...
लागु औषाध अन्तराष्ट्रिय दिवसमा प्रभात फेरी

लागु औषाध अन्तराष्ट्रिय दिवसमा प्रभात फेरी

समाचार
     गाईघाट/असार,११ “समृद्ध राष्ट्र निर्माणका लागि लागु औषाध रहित स्वास्थ्य जिवन” भन्दै लागु औषाध ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस उदयपुरमा पनि प्रभात फेरी र्याली सहित धुमधामका साथ मनाईएको छ । । गृहमन्त्रालयको निर्देशन तथा जिल्ला प्रशासन कार्यलय, त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यलयको संयुक्त आयोजनामा देशै भरी यो दिवस मनाईरहँदा उदयपुरमा पनि र्याली सहित भव्यताका साथ मनाईएको हो । बुधबार सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यलय, नेपाली सेना, सशस्त्र प्रहरी वल, त्रियुगा नगरपालिका, महिला अधिकारकर्मी, युवा, विद्यार्थी, शिक्षक लगाएतको सहभागीमा र्यालीको आयोजना गरी गाईघाटको पिपलचोक स्थित दिवस मनाइएको हो । र्यालीमा बिभिन्न निकायहरु सहभागी भएका थिए । सामुदाय प्रहरी साझेदारी, नेपाल पूर्व प्रहरी संगठन उदयपुर, गाईघाट युवा समूह, सामूदायीक ...
त्रिनपाले एक अर्वको बजेट प्रस्ताव

त्रिनपाले एक अर्वको बजेट प्रस्ताव

आर्थिक, समाचार
उदयपुर असार १० गते । त्रियुगा नगरपालिकाले आर्थीक वर्ष २०७६÷०७७ को लागि एक अर्व बजेट नगर सभा अधिवेशनमा प्रस्ताव गरेको छ । अधिवेशनमा पालिकाले आर्थीक वर्षका लागी एक अर्व एक करोड ३० लाख एक हजार बजेट प्रस्ताव गरेको हो । नगरले ल्याएको बजेटको आय श्रोत वितिय वाडफाड, प्रदेश सरकार वितिय समानीकरण, आन्तरिक श्रोत, प्रदेश सरकार सवारी साधन कर र स्थानिय संचित कोष वचत रहेको छ । भने बहुक्षेत्रीय पोषण कार्यक्रम, साना सिचाई कार्यक्रम, एलजिसिडीपी, सडक बोर्ड सामाजिक सुरक्षा भक्ता, संघिय सरकारको थप कार्यक्रम र शर्सत अनुदान गरि अनुमानित विवरण प्रस्ताव नगर प्रमुख बलदेव चौधरीले प्रस्तुत गरेको थियो । अधिवेशनमा प्रस्ताव गरेको बजेटले सवै पक्षलाई समेटको र प्रभावकारी बजेट ल्याउन लागेको नगर प्रमुख चौधरीले बताए । भौतिक पूर्वधार केन्द्रित बेजटलाई पर्यटन, शिक्षा लगायतका विषयलाई बढि  प्रथमिकता दिएको नगर प्रमुख चौधरी...
ढुङ्गे खोला झोलुङ्गे पुल निर्माण शुरु

ढुङ्गे खोला झोलुङ्गे पुल निर्माण शुरु

समाचार
नमिका राई /प्रशिक्षार्थी पत्रकार बाँस्बोटे असार १० गते । लिम्चुङ्बुङको ढुङ्गे खोलमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । लिम्चुङ्बुङ र ताप्लि जोड्ने झोलुङ्गे पुल गत जेष्ठ १९ गतेबाट सुरु भएको हो । लिम्चुङ्बुङ् गाउँपालिका – १ बासबोटे बुत्कु र ताप्ली गाउपालिका –४ थुम्की जोड्ने झोलुङ्गे पुल दुई गाउँपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको पालिकाले जनाएको छ । करिब ८५ मिटर लम्बाई भएको झोलुङ्गे पुल निर्माणका लागि ग्रामिन वातावरण विकास  केन्द्र लिम्चुङ्बुङ र ताप्ली गाउपालिका गाउँपालिकाको ३३ लाख २३ हजार पाँच सय चार रुपैया ५१ पैसा  लगानीमा काम सुरु भएको पुल निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर राईले बताए । उक्त पुलको निर्माण कार्य अवधी दुई वर्षको रहेको अध्यक्ष राईले बताए । स्थानियहरु सदरमुकाम, कटारी बजार लगायतका विभिन्न ठाउँमा आवत जावत गर्नका लागि वर्षायाममा समस्या हुने भएकाले समस्...

ओली सरकार ढल्ने सुचना छ : मनिष सुमन

समाचार
असार १० गते । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् । ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई रहेको भन्दै उनले अरु कसैको कारणले नभई बर्तमान सरकार आफैं ढल्ने बताए । “यो सरकार आफैं ढल्ने मसँग सुचना छ ।” उनले भने । उनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरु चिन्तित रहेको सुनाए । पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए । फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त संभावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने अडान रहेको स्पष्ट पारे ।...