उदयपुर, असार १० गते ।
विप्लप माओवादीको बन्दको दिन आज उदयपुरको मुख्य दुई बजारमा संकास्पद बस्तु फेला परेको छ । बम रहेको आशंका गरिएको संकास्पद बस्तु सदरमुकाम गाईघाट बजारलाई लक्षित गरी त्रियुगा नगरपालिका १२ आदर्शचौक र कटारी नगरपालिकाको कटारी बजारमा फेला परेको हो ।
उदयपुरका प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरका अनुसार आदर्शचोकमा हरियो झोलामा पोका पारेर करिब सयमिटर तार विछाएको अवस्थामा फेला परेको हो । उक्त ठाउँको बस्तुलाई नेपाली सेनाको १८ नंं बाहिनीको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको छ । विहानै फेला परेको उक्त बस्तुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरामा राखेको थियो ।
त्यसैगरी कटारी बजारको तिर्थ श्रेष्ठको घरको सटर अगाडी संकास्पद बस्तु फेला परेको हो । सुतली बमको आशंका गरिएको उक्त बस्तु हाल प्रहरीको सुरक्षा घेरामा रहेको छ । रातो टेपले बेरिएको अवस्थाको उक्त बस्तु डिस्पोजका लाग...
मोरङ, असार ९ गते ।
मोरङको बुढिगंगामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । विहान करिब ११ बजे बुढिगंगा गाउँपालिका – १ मा ट्याङ्करले विपरित दिसाबाट आउदै गरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलका चालकको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ ख १९०५ नम्बरको ट्याङ्करले विपरित दिसाबाट आउँदै गरेको को ३६ प ३०५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ट्याङ्करको ठक्करबाट गम्भिर भाईते भएका ईटहरी उपमहानरपालिका – ४ निबासी २८ वर्षीय संविज पोडेलको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उपचारको क्रममा करिब ११ बजे मृत्यु भएको पौडेलको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको छ भने मोटरसाईकल, ट्याङ्कर र ट्याङ्कर चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
मोरङ, असार ९ गते ।
मोरङको बेलाबारीबाट दुई थान पेस्तोल सहित दुईजना पक्राउ परेका छन् । बेलबारी नगरपालिका – ४ स्कुल डाँडाबाटव आईतबार साँझ पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा सुन्दर हरैचा नगरपालिका – १२ निबासी ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका – ६ निबासी ३४ वर्षीय कन्सा माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीको चेक जाँच टोलीले को १७ प ४५८६ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा दुई थान पेस्तोल, ४ थान म्याग्जिन र १४ राउण्ड गोली फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेको दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ ल्याई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
बुद्धि चामलिङ राई
गाइघाट, असार ९ गते ।
दिखुवाछा चामलिङ राइहरुको शनिबार गाइघाटमा सम्पन्न पहिलो भेलाले बिष्णु कुमार दिखुवाछा चामलिङ राइको अध्यछ्तामा ११ सदस्यिय समिती चयन गरेको छ ।
त्रियुगा नगरपालिका – १२ पुरानो गाइघाट स्थित आदिबासी जनजाती महासङघको सभाहल मा ७० बर्षका जेष्ठ दिख्वाछा नेपाल प्रहरीका पुर्ब हवल्दार त्रिनपा – ११ गाइघाट साकेलाटोल निबासी बलबहादुर दिखुवाछा चामलिङ राइको सभापतित्व मा सम्पन्न भेलाले बिष्णु कुमार दिखुवाछा चामलिङ राइको अध्यछ्तामा सर्बसम्मत नया समिती चुनेको हो ।
समितिको उपाध्यछ लिल बहादुर दिखुवाछा चामलिङ राइ, सचिब मन कुमार दिखुवाछा राइ, सह–सचिब शर्मिला दिखुवाछा चामलिङ राइ र कोषाध्यक्षमा शुशिला दिखुवाछा चामलिङ राइ चुनियका हुन ।
नबगठित समितिका अध्यक्ष बिष्णु त्रियुगा नगरपालिका – १५ खाबु छामलिङका हुन । उपाध्यक्ष लिलबहादुर त्रिनपा – ११ गाइघाट, सचिब मनकुमार त्रिनपा ...
उदयपुर, असार ९ गते ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगरमा साझा सहमतिमा निर्णय गरेजस्तै नामाकरण पनि गरिने बताएकन छन् ।
प्रेस संगठन नेपाल उदयपुरले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले किराँत, कोसी, सगरमाथा वा दुई शब्दलाई जोडेर साझा सहमतिबाटै नामाकरण गरिने बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट तथा नीति कार्याक्रममा कृषि र पर्यटनलाई जोड दिएको बताए । उनले प्रदेश १ को सम्बृद्धिको आधार भएकाले कृषि र पर्यटनमा जोड दिएको बताए ।
उनले सरकारका विरुद्ध बाह्य र भित्रीरुपमा आक्रमण भइरहेकाल त्यसविरुद्ध लड्नु पर्ने धारणा व्यक्त गरे । सरकारले गरेका महत्वपूर्ण कामलाई पनि नराम्रो भएको भन्दै सरकारको कामकारवाहीलाई गलत प्रचार प्रचार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको भन्दै उनले संघियता नचाहिनेहरुको जमातले...
उदयपुर, असार ९ गते ।
उदयपुर, असार ८ गते । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यूटप र खोटाङको हलेसीधाम जोड्नेगरी केबलकार सञ्चालनको निम्ति सम्भाब्यता अध्ययन भएको छ ।
पालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार केबुलकार सम्बन्धी काम गरिरहेका प्राविधिकसहितको तीनजनाको टोलीले सम्भाब्यता अध्ययन गरेको हो । पालिकासंगको समन्वयमा हलेसी महादेव केबुलकार प्राईभेट लिमिटेडको पहलमा सम्भाब्यता अध्ययनपछि एभरेष्ट भ्यूटव केबलकारका लागि उपयुुक्त ठाउँको रुपमा पहिचान गरिएको अध्यक्ष राईले बताए । सम्भावना राम्रो देखिएकाले अबका दिनमा पूर्णरुपले अध्ययन र योजना निर्माण गर्ने निस्कर्षमा टोली पुगेको छ ।
पर्यटकीय हिसावले प्रख्यात हलेसी र लिम्चुङबुङ वारीपारी रहेकाले केबुलकारको सम्भावना देखिएको हो । पछिल्लोसमय लिम्चुङबुङको एभरेष्ट भ्यूटव रमणीय हिमश्रृङ्खला दुष्यावलोकन तथा घुमफिरको लागि रमणीय स्थलको रुपमा परिचित...
उदयपुर, असार ८ गते ।
कटारीमा एक महिलाले धारीलो हतियार प्रयोग गरी सौताको घाँटी रेटेर हत्या गरेको छ । कटारी नगरपालिका – ४ मरुवा निबासी २० वर्षीया लक्ष्मी राईको घाँटी रेटेर आईतबार हत्या भएको हो ।
मरुवा निबासी ३१ बर्षीय पदम राईले कान्छि श्रीमती ल्याएपछि जेठी श्रीमती अलग्यै बस्दै आएकी थिईन् । श्रीमान र सौतासँग छुट्टै बस्दै आएकी ३० बर्षीया सीता राईले आफ्नी सौता राईको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमानले कान्छि श्रीमती ल्याएपछि उनी मानसिकरुपमा विछिप्त रहेको स्थानीयले जनाकारी दिएको प्रहरीले जनाएको छ । करिब एक सय मिटरको दुरीमा बस्दै आएकी सिताले करिब दिउँसोको १ बजे घरमा कोही नभएको मौका छोपी आफ्नै घरमा सौतालाई बोलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
उनीले तरकारी काट्ने चक्कुले सौताको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले महिला र उनले प्रयोग गरेक...
रानिवास/असार, ५
त्रियुगा नगरपालिका वडा नं १५ खाँबु रानिसामा आधारभूत पत्रकारीता प्रशिक्षण तथा बाल भित्ते पत्रकारीता तालिम सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिका वडा नं १५ को सहयोग तथा पूर्णपुष्टि साप्तिाहिकको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिम्मा सम्पूर्ण टोलबाट २४ जना भन्दा बढीले सहभागी जनाएका थिए ।
बिकट ठाउँमा पनि सूचना सञ्चारको विकास गर्ने र त्याहाँका वडा वासीहरुलाई सूचना सञ्चारको माध्यमबाट सुचित गराउने भन्दै वडाले तालिमलाई सहयोग गरेका थिए ।
३ गते देखि संचालनमा रहेको तालिमलाई पूर्णपुष्टि साप्ताहिका प्रकाशक सम्पादक तथा मुख्य प्रशिक्षक भोटराज राई र बरिष्ट पत्रकार कौशल चेम्जोङले सहजीकरण गरेका थिए ।
सहभागीहरुले उत्साहजनक तरिकाले तालिम लिए । बिषेश गरी बाल भित्ते पत्रकारीता तालिममा बिभिन्न बिषयहरु समावेश हुने हुदा यस तालिमले सबै पक्षका मानिसहरुलाई सूचित गराउने त्रियुगा नगरपा...