बिक्रम राई
उदयपुर/ आसार ७
उदयपुरमा जारी उदयपुर रमपम गोल्डकप आज बाट सकिएको छ । फाईनल खेल हेर्नलाई दर्शकको निकै उत्साहजनक उपस्थिति रह्यो ।
अन्य दिनहरु भन्दा आज दोब्बर दर्शकहरुको उपस्थिति रहेको आयोजकले बताए । बिभिन्न टिमलाई हराउँदै फाईनलमा प्रबेश गरेका गोर्खा व्वाईज रुपन्देही भर्सेस एपिएफ काठमाण्डोले फाइनल खेल खेलका थिए । १–० को अन्तरले एपिएफ काठमाण्डोले उपाधी चुम्न सफल भए ।
फाइनल खेल उसै पनि राम्रो हुनुमा स्वभाविक नै रहेको र फाइनलमा उत्कृष्टि टिमहरुले नै चान्स पाउनुका साथै उपाधी कस्ले लाने हो भन्ने दर्शकहरुको उत्कुसुकताले नै फाईनलमा दर्शकको ओइरो लागेको मूल आयोजक समितिका कोषाध्यक्ष ज्ञान मगरले बताए ।
मगरका अनुसार आज फिल्ड भित्र दर्शकहरुलाई फाइनल हेर्न निकै समस्या परेको आयोजकले महसुस गरेको छ । मगरले धेरै दर्शकहरुको उपस्थितिले बसेर खेल हेर्न ठुलो समस्या रहेको र द...








