गर्मीमा खाने ६ तरकारी
असार, ४ गते ।
गर्मी मौसममा जाडोमा भन्दा पाचन शक्ति कमजोर हुने भएकाले खानपानमा ध्यान दिनु पर्छ । यो मौसममा तारेको र बढी मसाला भएको खाने कुरा कम गर्नु पर्छ । यस्ता खाना बढी खाएमा फुड प्वाइजन हुन सक्ने भएकाले विरामी पर्न सकिन्छ । त्यसैले सजिलै पच्ने खालको खाने कुरा खानु पर्दछ ।
यो समयमा तरकारीमा लौका, फर्सी, हरियो सिमि, करेला, प्याज, गोलभेडा जस्ता तरकारी खानले स्वास्थ्यमा समस्या आउँन पाउँदैन ।
१. लौका ः यसमा करिब ९६ प्रतिशत पानी हुने भएकाले चिसो खालको तरकारी पनि हो । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ भने कलेजो स्वास्थ्य राख्न सहयोग पनि गर्दछ । फाइबर तत्व हुने भएकाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि राम्रो हुन्छ ।
२. फर्सी ः यो तरकारीमा खनिज तत्व बढी हुन्छ । यसले शरीर भित्र भएको विषाक्त पदार्थ बाहिर निकाली एसीडीटी हटाउने र तौल कम गर्ने गर्दछ । ...







