Sunday, June 28News That Matters

आर्थिक

नेप्से १३.२२ अङ्कले बढ्यो

नेप्से १३.२२ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ४ शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक आज १३.२२ अङ्कले बढेको छ । परिसूचक बढेर १५ सय ८१.६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । कारोबार हुने सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहको उपसूचक ७८.१२ अङ्कले बढेको छ । 'क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६५ अङ्कले बढेको छ । बजार सुधार भएको दिन मङ्गलबार एक अर्ब २७ करोड १८ लाख रुपैयाँ बराबरका ५० लाख २४ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै नौ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । मङ्गलबार जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै दुई प्रतिशत गुमाएका छन् ।...
संघिय सांसद सुरेशकुमार राईद्वारा रौतामाईको केन्द्रमा विजुली उद्घाटन

संघिय सांसद सुरेशकुमार राईद्वारा रौतामाईको केन्द्रमा विजुली उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ३ उदयपुरको रौतामाई गाउँपालिकाको केन्द्र भुट्टारमा विजुली पुगेको छ । संघीय सांसद सुरेशकुमार राईले आइतबार पालिकाको केन्द्र भुट्टारमा विजुली उद्घाटन गर्नुभयो । सांसद राईले विजुलीको स्विच अन गर्दा झलल बलेको उज्यालोले पालिकाबासीमा खुसीयाली छाएको थियो भने सिंगो पालिकाको उज्यालोको सपना पुरा हुने संकेत गरेको थियो । प्रदेश सांसद नारायण बुर्जा रौतामाईको विजुली उद्घाटनमा सरिक हुनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकार, तीनै सरकारको सहयोगबाट रौतामाईमा विजुली आएको हो । केन्द्रमा विजुली पुग्नुअघि अन्य चारवटा वडाहरुमा विजुली पुगिसकेको छ । अब, बाँकी ३ वटा वडाहरुमा पनि विजुली छिटै पुर्याउने पालिकाको योजना छ । जनतालाई उज्यालो दिने जनप्रतिनिधिहरुको वाचा अनुरुप पालिकामा विजुली विस्तारको काम भईरहेको र सोही अनुरुप आइतबार पालिकाको केन्द्र भुट्टारमा विजुली पुर्याएर उद्घाटन गरिएको पालिक...
दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक ३ आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार ओरालो लागेको नेप्से परिसूचक सोमबार भने १३.५८ अंकले बढेर १ हजार ५ सय ७० दशमलव ३८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.६२ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने व्यापार बाहेकका सबै उपससमूहहरुमा हरियाली छाएका छनएका छन् । व्यापार भने झिनो अंकले ओरालो लागेर राताम्मे देखिएको छ । नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगन सकेन । दिनभर भएका १५ हजार ४ सय ७८ कारोबारबाट १८९ कम्पनीका ३३ लाख ५३ हजार २ सय १ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ९७ करोड ९० लाख ९४ हजार ४ सय ३ रुपैयाँमा रोकिएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २ आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । सुनको भाउ तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज ३०  आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदी पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
लिम्चुङबुङमा विजुली पुग्यो : एउटा युगान्तकारी सफलता

लिम्चुङबुङमा विजुली पुग्यो : एउटा युगान्तकारी सफलता

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, असोज २८ । देशको राज्य पुनसंरचनापछि संघीय शासन प्रणाली अन्तर्गत बनेको स्थानीय सरकारबाट लिम्चुङबुङबासीले एक युगान्तकारी उपलब्धीको रुपमा विजुली पाएका छन् । सडक, सञ्चार जस्ता विकासका आधारभूत र महत्वपूर्ण भौतिक संरचनासंगै विजुली पनि पाएको हो । स्थानीय सरकार जिल्लाको एउटा विकट र अन्धकार ठाउँलाई उज्यालो दिन सफल बनेको हो । लिम्चुङबुङ गाउँपालिकाले पालिकाको केन्द्र बराहामा ११ हजार किलोवाट भोल्टेजको विजुली वाल्ने कामको सफल परिक्षण गरेसंगै युगौदेखिको लिम्चुङबुङबासीको गाउँमा विजुली बाल्ने सपना पुरा हुने निश्चित भएको छ । पालिकाको केन्द्रमा विजुली पुर्याउने काममा लिम्चुङबुङ पहिलो बनेको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरमा लिम्चुङबुङ पालिकाको केन्द्रमा विजुली पुर्याउन पहिलो बनेको हो । “अव, लिम्चुङबुङवासीको युगौको सपना साकार भएको छ ।” पालिका अध्यक्ष मेजरकुम...
आज सुनचाँदीको भाउ यतिले घट्यो

आज सुनचाँदीको भाउ यतिले घट्यो

आर्थिक, समाचार
पुर्णपुष्टि,असोज २८  सुनको भाउ आज तोलामा ६ सय रुपैयाले घटेको छ । हिजो तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज ९४ हजार ५ सय रुपैयाँमा किनबेच भईरहेको छ । यता चाँदीको भाउ पनि तोलाको २० रुपयाँले घटेको छ । हिजो चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।  आज तोलामा २० रुपैयाँले घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको भाउ घटबढ भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
आज नेप्से ९.४२ अङ्कले घट्यो

आज नेप्से ९.४२ अङ्कले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २७ आज शेयर बजारको कारोबार मापक नेप्से परिसूचक करिब ९.४२ अङ्कले घटेको छ । सोमबार सामान्य बढेको परिसूचक मङ्गलबार ९.४२ अङ्कले घटेर १५ सय ६८ दशमलव ५९ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । व्यापार, उत्पादन र म्युचल फण्ड बाहेकका समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४ सय ८७.४१ अङ्कले घटेको छ भने उत्पादनमूलक समूहको उपसूचक १०.८४ अङ्कले सुधार भएको छ । एक अर्ब ८१ करोड ९६ लाख रुपैयाँ बराबरका ६७ लाख ८२ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको मङ्गलबार सबैभन्दा धेरै ११ करोड २६ लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । परिसूचक घटे पनि ज्योति विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले ४.८३ प्रतिशत कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने ८.७२ प्रतिशत गुमाएका छन् ।...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असोज २७ आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९५ हजार १ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो स्थिर रहँदै सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय २५ रुपैयाँमा झरेको छ ।
नेप्से सामान्य अङ्कले बढ्यो

नेप्से सामान्य अङ्कले बढ्यो

आर्थिक, समाचार
पुर्णपुष्टि, असोज २६ आज नेप्से परिसूचक सामान्य बढेको छ । हिजो १३.३७ अङ्कले घटेको नेप्से आज १.७४ अङ्कले बढेर १५ सय ७८ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । त्यस्तै ’क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३७ अङ्कले बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ७९.१२ अङ्कले बढेको छ । बैंक, व्यापार, होटल र माइक्रोफाइनान्स समूहमा पनि सुधार आएको छ । दिनभर एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरका ६८ लाख १५ हजार कित्ता शेयर किनबेच भएका छन् । सोमबार मुक्तिनाथ विकास बैंक लिमिटेडको सबैभन्दा धेरै १६ करोड ५० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । बजार सामान्य बढेको दिन मुक्तिनाथ विकास बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले भने ६ प्रतिशत गुमाएका छन् ।...