हडियामा ग्लोबल आइएमइको शाखारहित सेवा सुरु
उदयपुर, जेठ ३२ गते ।
ग्लोबल आइएमई बंैक लिमिटेड गाईघाट शाखाले चौदण्डीगढी नगरपालिका ९ हडियामा शाखा रहित बैंकिङ्ग सेवा शनिबारदेखि संचालनमा ल्याएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक प्रतिनिधिहरुको माध्यमबाट सहज किसिमले वित्तीय पहुंच पु¥याउने उद्देश्यका साथ १४५ औ शाखा रहित बैंकिङ्ग सेवा संचालन गरिएको हो । चौदण्डीगढीका मेयर खगेन्द्र राई, उपप्रमुख रिता चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायतले सेवाको संयुक्त उद्घाटन गरेका थिए ।
शाखा प्रबन्धक रविनराज दाहालका अनुसार ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३७ शाखा, १४२ एटिएम, २५ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । साथै देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालयमाफर्त आफ्ना १० लाख भन्दा बढि तिनिधि÷सम्र्पक कार्य...









