Thursday, May 14News That Matters

आर्थिक

२४ वर्षमा बढेर ३ हजार पुग्यो बृद्ध भत्ता

२४ वर्षमा बढेर ३ हजार पुग्यो बृद्ध भत्ता

आर्थिक, समाचार
उदयपुर, जेष्ठ १६ गते । सय रुपैयाबाट सुरुवात भएको बृद्धभत्ता २४ वर्षमा ३ हजार पुगेको छ । आर्थिक वर्ष २०५१/०५२ मा तत्कालिन अर्थ मन्त्रि स्व.भरतमोहन अधिकारीले बजेटमा बृद्धभत्ताको व्यावस्था गरेको थियो । तत्कालिन प्रधान मन्त्रि स्व. मनमोहन अधिकारीको पालामा नेपालमै पहिलो पटक बजेटमा बृद्धभत्ता समेटिएपछि बृद्धभत्ता कार्यक्रम लोकप्रिय बन्दै गएका थिए । त्यसबेला ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई मासिक एक सय रुपैया सामाजिक सुरक्षा भत्ता दिने व्यवस्थ्था गरेका थियो । तर अहिले ७० वर्ष माथिका जेष्ठनागरिकलाई ३ हजार रुपैयाँ दिने घोषणा भएको हो । २०५२ सालदेखि २०६० साल सम्म करिब ८ वर्ष बृद्धभत्ता बढेन । २०६० सालमा अर्थ मन्त्री भएका अधिकारीले वृद्धभत्ता बढाएर एक सय ७५ पुर्याएिका थियो । तत्कालिन अर्थ मन्त्रि डा. बाबुराम भट्टराईले २०६५ सालमा बृद्ध भत्ता बढाएर ५ सय पु¥याएको थियो । त्यसपछि २०७१ ...
दुर्गम गाउँमा आलु चिप्सको तालिम

दुर्गम गाउँमा आलु चिप्सको तालिम

आर्थिक, समाचार
शैलेन्द्र विष्ट रौतामाई, बैशाख ३१ गते । उदयपुरका रौतामाईको डहरमा ५ दिने आलु चिप्स आधारभूत तालिम बुधबार सम्पन्न भएको छ । रौतामाइ गाउँपालिका–१ का वडा स्तरीय महिला संजाल समितिको आयोजना र वडा पालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो । लक्षीत वर्गका महिला दिदी बहिनीलाई रोजगारी तथा आर्थीक स्तर उकास्ने उद्देश्यले तालिमको आयोजा गरिएको आयेजककी उपाअध्यक्ष झनक माया विष्टले बताईन् । तालिममा वडाका विभिन्न गाउँबाट १८ जनाले सहभागिता जनाएको थियो ।  तालिमको प्रशिक्षक शान्ति राईले आलु चिप्स, निम्कीको समेत तालिम प्रदान गरेकी थिईन् । आलु चिप्सको काम घरमै बसेर गर्न सकिन्छ । भने व्यावसायीक रुपले काम गर्दा आय स्रोतमा सुधार समेत आउने आशा लिएको आयोजकले जनाएको छ । घरमा खान पनि प्रयोग गर्न सकिने र थोरै लागानीमै राम्रो आम्दानी गर्न सकिने विष्टले बताईन् । बाह्रैमास आलु हुने ठाउँ भएकाले खन्दा चोट लाग...
लिम्चुङबुङ महोत्सवले पालिका उत्साहित

लिम्चुङबुङ महोत्सवले पालिका उत्साहित

आर्थिक, पर्यटन, समाचार
उदयपुर, बैशाख ८ गते । लिम्चुङबुङ गाउँपालिका बाराहाको  सहयोग तथा एभरेस्ट पर्यटन भ्युटप  विकास समितिको आयोजनामा पहिचानको लागि संस्कृति, विकासका लागि पर्यटन भन्ने मुल नाराका साथ  बैसाख १ देखि ५ गतेसम्म सन्चालन भएको सांस्कृतिक पर्यटन तथा लिम्चुङबुङ महोत्सव –२०७६ भब्यरुपले सम्पन्न भएको छ । पालिकाले एक विज्ञप्ती जारी गर्दै महोत्सवले लिम्चुङबुङभित्रका सबै जातजाती, भाषा र संस्कृतिको विकास र उन्नयनमा ऐतिहासिक जागरण पैदा गर्दै  बिबिधताका बीच गहिरो भावनात्मक एकता निर्माण गर्न  सहयोग पुर्याएको जनाएको छ । त्यहाँको भूगोलमै पहिलो पटक एकै ठाउँमा सबै स्थानीय  जात, जातिका सांस्कृतिक नाच तथा झाँकिहरु प्रस्तुत गर्न पाउँदा आम लिम्चुङबुङबासीमा गौरव र अपनत्वको अनुभुत भएको र महोत्सवले देशैभरी बिबिध पहिचान र संस्कृतिको समतामूलक विकास र प्रवर्द्धनले नै दिगो शान्ति र मजबुत एकता संभव छ भन्ने सन्देश प्रवाह गरेको...
गाउँघरका आम्दानीको स्रोत बाँस

गाउँघरका आम्दानीको स्रोत बाँस

आर्थिक, समाचार
उदयपुर, चैत्र २० गते । विकट पहाडी गाउँघरमा सडकको पहुँच पुगेपछि उदयपुरको स्थनिय बासीहरुका आम्दिानीको स्रोत बाँस बन्दै गएका छन् । दर्गम गाउँपालिका लिम्चुङ्बुङको गाउँघरमा विकासका भौतिक पूर्वधार सडक पुगेपछि कुहिएर खेर गैरहेका बाँस आम्दिानीको स्रोत बनेका हुन् । स्थानिय सरकारले गत आर्थीक वर्षमा गाउँ गाउँमा सडक गोरेटो पु¥याएको थियो । त्यस सडकलाई मर्मत सुधार र घुम्तिहरु फराकिलो बनाएपछि हिउँदे भएपनि गाउँमा यातायातको सुविधा पुगेको पालिकाले जनाएको छ । गाउँमा यातायातको पहुच पुगेपछि त्येतिकै कुहिएर खेर गईरहेका बाँस गाउँलेको एक मुख्य आम्दानीको स्रोत बनेको लिम्चुङ्बुङ गाउँपालिका वडा नं ३ का वडासदस्य गुरुमणी कुमाइले बताए । गाउँमा बाँस बार बार्न र दाउरा बाल्न भन्दा अरु काममा कमै प्रयोग गर्ने गरेको कुमाइले बताए । स्थानिय सरकारले सडक विस्तार तथा मर्मत सुधार गरेपछि जनतालाई सदरमुकाम आवत जावत...
जिल्लाकै पहिलो नीजि लगानीको ठूलो उद्योग

जिल्लाकै पहिलो नीजि लगानीको ठूलो उद्योग

आर्थिक, समाचार
उदयपुर, चैत १२ गते ।   उदयपुरमा नीजि लगानीको पहिलो ठूलो उद्योग सञ्चालनमा आएको छ । सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योग वाहेक  नीजि लगानीको ठूलो उद्योग नरहेको उदयपुरमा साढे तीन करोड लगानीको गिरीबन्धु प्लाष्टिक रिसाईक्लिङ उद्योग सञ्चालनमा आएको हो । त्रियुगा नगरपालिका ३ मोतिगडा खुन्टामा उद्योग सञ्चालन भएको उद्योगले गत कार्तिक महिनादेखि विभिन्न साईजका कालो पाईप र कालो प्लाष्टिक उत्पादन गर्दै आएको छ । खानेपानी तथा सिंचाईका लागि उपयुक्त हुने १६ एमएमदेखि २४० एमएमसम्मको पाईप र ढलाक कामका लागि आवश्यक पर्ने प्लाष्टिक उत्पादन गर्दै आएको छ । ग्रामीण भेगमा ठूलो लगानीको उद्योग सन्चालनमा चुनौती छ भन्ने कुरालाई चिर्दै थालिएको उद्योगको सुरुकै अवस्थामा उत्पादन र बजार उत्साहजन रहेको उद्योग संचालक प्रदिप गिरीले बताए । कच्चा पदार्थको रुपमा सुद्ध प्लाष्टिक दाना र स्थानीय स्तरमा खेर गईरहेका प्ला...
बेलका नपाको उत्पादन कार्य जिल्लामै नमूना बन्दै

बेलका नपाको उत्पादन कार्य जिल्लामै नमूना बन्दै

आर्थिक, समाचार
उदयपुर, पुस २३ गते । स्थानीय सरकारको दोस्रो वर्षलाई उत्पादनवर्षको रुपमा अगाडी बढाएको उदयपुरको बेलका नगरपालिकाले ठूलो मात्रामा कृषि उत्पादनको कार्य अगाडी बढाएको छ । मेयर दुर्गाकुमार थापाका अनुसार ८० विगाहामा आलु र ८० विगाहामा गहुँखेती लगाईसकेको पालिकाले पाँचसय विगाहा बढिमा मकैंखेतीको तयारी गरेको छ । त्यसका लागि पालिकाले ६ मेट्रीक टन मकैं विउ कृषकलाई वितरणको तयारी छ । आउदो महिनादेखि नै १४ विगाहामा काक्रा, तरबुजा लगायतका लहरे तथा बगरेखेती थाल्ने तयारी पुरा गरेको पालिकाले उत्पादनलाई समृद्धिसंग जोडेर ठूलो मात्रामा कृषि कार्य थालेको हो । हाल वडा नं. कृषि उत्पादनमा यो जिल्लामै पहिलो र नमूना बन्ने भएको छ । पालिकामा एक हजार बढि घरधुरीले खान नपुग्ने तथ्यांक फेला पारेपछि उनीहरुलाई उत्पादन कार्यमा प्राथमिकता दिएको छ । बाँझो रहेर त्यतिकै खेरो गईरहेका जमिन प्रयोगमा ल्याउने मात्र नभई १० धुर मा...
प्राविधिक ज्ञान र जनशक्तिको अभावमा बन्यो चियाको जंगल

प्राविधिक ज्ञान र जनशक्तिको अभावमा बन्यो चियाको जंगल

आर्थिक, समाचार
उदयपुर, पुस १९ गते । उदयपुरको रौतामा लगाएको अर्गानिक चिया बगान प्रविधिक ज्ञान र जनशक्ति नहुदा चियाको जंगल बनेको छ । रौतामाई गाउँपालिका वडा नं ६ र ४ का रौता पोखरी आसापासमा लगाएको चिया बगान प्राविधिक ज्ञान र जनशक्ति नहुदा जंगल बनको हो । अर्गानिक चिया खेतिका लागि २०७० सालमा रौतापोखरी, निकास, चिसापानी, मलबासे, नामन्ताका आसपासका विभिन्न गाउँ तथा जंगलमा करिब २ लाख विरुवा लगाईएको तत्कालिन रौतारानी कृषक समुहका अध्यक्ष विष्णु बहादुर कटुवालले बताए । प्राविधिक ज्ञान र दक्ष जनशक्ति गाउँमा नहुदा व्यावसायीक अर्गानिक चिया खेतिले जंगलको रुप लिएको छ । खाली बाजो जग्गालाई सदुपयोग गरि स्थानिय स्तरमा अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले विभिन्न ठाउँमा चिया लगाइएको भएपनि ज्ञान र जनशक्तिको कमिले गर्दा जंगल बन्दै गएको कटुवालले बताए । रोपेको दुई वर्ष देखि चियाले उत्पादन दिन थाल्ने भएपनि हेरचा...
रौता र आसपासको सम्भावना चिया र कफिखेती

रौता र आसपासको सम्भावना चिया र कफिखेती

आर्थिक, समाचार
उदयपुर, पुस १५ गते । उदयपुरको पहाडि भूभागमा कफि तथा चियाखेती उपयुक्त देखिएको छ । नेपाल सरकार, राष्टिय चिया तथा कफि बोर्ड, क्षेत्रीय कार्यालय पोखराको स्थलगत अध्यायन तथा केहीवर्ष यता गरिएको नमुनाखेतीबाट चिया तथा कफिको व्यवसायिकखेतीमा राम्रो सम्भावना देखिएको हो । उच्च गुणस्तरको प्राङ्गारिक कफी तथा चिया उत्पादन गर्न सकिने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको निर्देशक लक्ष्मण पोखरेलले बताउनुभयो । निर्देशक पोखरेलका अनुसार अन्तराष्ट्रिय बजारमा कफिको माग अत्याधिक रहेकाले जति ठूलो मात्रामा उत्पान भएपनि बजारको अभाव छैन । समुन्द्रसतहदेखि सातसय मिटरभन्दा उच्च भागमा हुने कफि र चियाखेतीका लागि रौतामाई गाउँपालिकाको अधिकांश भूभाग र त्रियुगा नगरपालिकाको पहाडीवडाहरु उपयुक्त छन् । केहीवर्ष यता स्थानीयको सक्रियतामा चिया तथा कफि खेतीको अध्ययन तथा नमूनाखेतीसमेत गरिएको र...
उदयपुरमा पहिलो खाना परिकार मेला सुरु

उदयपुरमा पहिलो खाना परिकार मेला सुरु

आर्थिक, समाचार
उदयपुर, पुस १ गते । उदयपुरमा पहिलोपटक खाना परिकार मेला आईतबारदेखि गाईघाटमा सुरु भएको छ । जिल्ला होटल व्यवसायी संघ र झीगु नेवाः पुचः उदयपुरको संयुक्त आयोजनामा सदरमुकाम गाईघाटमा दश दिने खाना परिकार मेला सुरु भएको हो । मेलाको १ नं. प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियतले उद्घाटन गर्नुभयो । मेलाको उद्घाटन गर्दै मन्त्री कुसियतले नेपाली खाना संसारकै उत्कृष्ट रहेको बताउनु भएको छ । नेपाली खाना अन्तर्गतका विभिन्न जातीय परिकारहरुले मेला विशेष बन्ने र पर्यटनमा टेवा पुग्ने विश्वास उहाँको छ । उहाँले विविधताले भरिएको प्रदेशनं १ लाई मुलुकको नमुना प्रदेश बनाउन साँस्कृतिक सम्पदाहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । मेलाको उद्घाटनशत्रमा प्रदेश सांसद विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी लगायतले बोलेका थिए । ...
घेरेलु उद्यौगीक महोत्सव समापन

घेरेलु उद्यौगीक महोत्सव समापन

आर्थिक, समाचार
उदयपुर, पुस १ गते । मंसिर २० गतेबाट २९ गते सम्म संचालन भएको १ नं. प्रदेश स्तरीय दोस्रो घरेलु औद्योगिक महोत्तसव २०७५ को समापन भएको छ । उदयपुरमा लागेको १० दिने १ नं. प्रदेश स्तरीय दोस्रो घरेलु औद्योगिक महोत्तसव २०७५ कोे शनिबार एक कार्यक्रमका साथ समापन भएको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔं नेपाल” भन्ने मुल नाराको साथ औद्योगीक महोत्सव २०७५ को लागेको ्थियो । त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीको प्रमुख आतिथ्य तथा अतिथिहरुको आतिथ्यमा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै मेयर चौधरीले भने अहिलेको जस्तो एकलौटी कार्यक्रम नगरि सवै पक्षले साझेदारीमा महोत्सवको आयोजना गर्नु पर्ने बताए । नगर उद्यमीहरुको पक्षमा रहेकोले जुन बेलापनि समन्वय र सहयोग गर्न तयार रहेको मेयर चौधरीले ब...