हेटौंटा सिमेन्ट उद्योग संकटमा
साउन १२ गते ।
नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग यतिबेला आफ्नो पहिचान जोगाउन संघर्षमा छ । २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।
पूर्ण सरकारी स्वामित्वमा संचालन हुदै आएको उद्योगले हरेक नयाँ आर्थिक वर्षमा नयाँ लक्ष्यको लिएर अघि बढेपनि विभिन्न कारणले नतिजा निराशाजनक आउँछ । आफ्नै उद्योग नभएकाले नेपाली बजारमा एकछत्र राज गर्दै आएका भारतीय सिमेन्ट विस्थापित गर्ने उद्देश्यले राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा यस उद्योग खोलेको थियो ।
जुन लक्ष्य र उद्देश्यका साथ उद्योग खोलिएको थियो तर त्यो नभई अहिले उद्योग सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ । आजभन्दा करिब ३४ वर्ष पहिले नेपालमा पहिलो पटक गुणस्तरीय सिमेन्ट उत्पादन गरी उद्योगले सिमेन्ट निर्यातको हब बनेर अगाडी बढेको भएपनि...









