औद्योगीक ग्राम लगायतका माग सहित ज्ञापन पत्र
पूर्णपुष्टि/उदयपुर, असोज ११ गते ।
उदयपुरमा नेपाल घरेलु तथा साना उद्योग महासंघले नगरपालिकालाई सुझाव सहितको माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।
त्रियुगा नगरपालिकालाई महासंघ उदयपुरले बुधबार सुझाव सहितको माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रको आर्थिक विकासको मेरुदण्डका रुपमा काम गर्दै आएको महासंघ र स्थानीय सरकार नगरपालिकाबीचमा समन्यन गर्दै आएकोमा केहि सुझाव र माग सहित ज्ञापन पत्र दिएको महासंघका जिल्ला अध्यक्ष मधुकर थापाले बताए ।
औद्योगिकिग्राम स्थापनाको लागी प्रदेश सरकारमा पहल गरिनु पर्ने, नगरपालिकामा छुटै उद्योग विकासको स्थापना हुनु पर्ने, उद्योग तथा लगानी मैत्री बनाउन आवश्यक नीति नियम बनाउनु पर्ने, कृषि उद्योगलाई सुरुमा ५ वर्षसम्म कर छुट हुनुपर्ने, त्रियुगा नगरपालिकालाई आगामी वर्ष २०७६ लाई उद्योग वर्ष मनाउन घोषणा गरिनु पर्ने माग गरिएको छ ।
त्यस्तै उत्पादतवस्तुहरुको लागि उ...









