Friday, August 14News That Matters

खेलकुद

मैत्रिपुर्ण खेलमा जनप्रतिनिधि विजयी

मैत्रिपुर्ण खेलमा जनप्रतिनिधि विजयी

खेलकुद, समाचार
उदयपुर, फागुन ८ गते । उदयपुरमा जनप्रतिनिधि र पत्रकार नागरिक समाज विचको मैत्रिपुर्ण फुटबल खेलमा जनप्रतिनिधीहरुले जित हात पारेको छ । सदरमुकाम गाईघाटमा भएको मैत्रिपुर्ण खेलमा पत्रकार नागरिक समाजलाई २–४ गोलको अन्तरले पछि पार्दै जित हात पारेको हो । ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाले आयोजना गरेको खेलमा पत्रकार नागरिक समाजको टिमलाई २ का विरुद्ध ४ गोल गर्दै जनप्रतिनिधीका टिमी विजयी भएको आयोजकले जनाएको छ ।   देशव्यापी रुपमा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाएका थियो । उदयपुरमा पनि ¥याली, दिप प्रज्वलन जस्ता कार्यक्रमहरु गरि राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको भएपनि दिवसको अवसर पारेर मैत्रिपूर्ण फुटबल खेलको आयोजना गरेको आयोजकले जनाएको छ । खेल भनेको स्वास्थ्यका लागि अति आवश्यक चिज हो । स्वस्थ्य रहन मानिसलाई खेल, अर्थात कुनै पनि व्यायामक...
पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदै

पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदै

खेलकुद, समाचार
उदयपुर, पुस ३० गते । स्वास्थ्य, पर्यावरण र पर्यटन विकासका लागि उदयपुरका पहिलोपटक “राईड टु कोशीटप्पु २०७५” हुदैछ । उदयपुर र देशैभरका साईकलप्रेमीहरुको विशेष जमघटका साथ आगमी माघ २५ र २६ गते सो कार्यक्रम हुनेभएको हो । उदयपुर जिल्ला साईक्लिङ संघ र नेपाली सेनाको १८ नं. बाहिनीको संयुक्त आयोजनामा हुन गैरहेको कार्यक्रमको बारेमा सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिदै आयोजक भब्य तयारीमा जुटेको छ । स्वच्छ वातावरण र स्वस्थ्य समाज निर्माणमा महत्वपूर्ण सन्देश लिएर गरिने कार्यक्रममा त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाको सहयोग रहेको छ । त्रियुगाका मेयर बलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गाकुमार थापासमेतले भाग लिने साईक्लिङ प्रतिष्पर्धात्मक भन्दा पनि मैत्रीपूर्ण सहभागितात्मक रहने छ । १८ नं. वाहिनीका बाहिनीपति हिमासु खड्काको पनि सहभागिता रहने साईक्लिङ त्रियुगा ...
सुजन र प्रनिशले चुमे उपाधी

सुजन र प्रनिशले चुमे उपाधी

खेलकुद, समाचार
उदयपुर, पुस १ गते । स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधी बुढासुब्बा ब्याड्मिन्टन एकेडेमी, धरानका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीले चुम्न सफल भएको छ । मेन्स डबल्स (खुल्ला) तर्फका विराटनगरका सूर्य श्रेष्ठ र रविन साउदेनलाई सोझो सेटमै पराजित गर्दै श्रेष्ठ र ठकुुरीको जोडीले उपाधी चुमेका हुन् । उत्कृष्ठ खेलकाबीच पराजित भएपछि सूर्य र रविनको जोडीले दोस्रो स्थानमै चित्त बुझाउनु पर्यो । तृतिय स्थानमा विशाल तामाङ्ग र पविन लिम्बु तथा सुरेश लिम्बु र रकम लिम्बुको जोडी भए । प्रथम, दोस्रो र तेस्रो स्थानमा सफल खेलाडी जोडीहरुलाई क्रमशः नगद २५ हजार, १५ हजार १० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजना तथा त्रियुगा नगरपालिकाको मूख्य सहयोगमा सुक्रबार र शनिबार सम्पन्न प्रतियोगिताको...
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सम्पन्न

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सम्पन्न

खेलकुद, समाचार
उदयपुर, पुस १ गते । उदयपुरमा जारी स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता शनिबार सम्पन्न भएको हो । साविक पूर्वाञ्चलको १६ जिल्लाका व्याडमिन्टन खेलाडीहरुका टिमले प्रतियोगीतामा सहभागिता जनाएका थिए । संघले ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता र गत वर्ष प्रदेश स्तरिय खेल खेलाई सकेको उदयपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्ष राजेश कार्कीले बताए । वार्षीक रुपमा प्रतियोगीता गराउदै आएकोले यस वर्ष पनि स्वर्गीय ज्ञानेन्द्र वान्तावा दोस्रो स्मृति तथा प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आय...
प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु

प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता सुरु

खेलकुद, समाचार
उदयपुर, मंसिर २८ गते । उदयपुरको बोक्सेमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता शुक्रबार देखि सुरु भएको हो । साविक पूर्वाञ्चलमा भएका १६ वटै जिल्लाका व्याडमिन्टन खेलाडीहरुको टिम सहभागि हुने भएको छ । बोक्सेको कबड् हलमा भएको पहिलो दिनको खेलमा सबै दोस्रो चरणको खेलहरु भएको उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए । यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता र प्रदेश स्तरिय एक खेल खेलेलाई सकेको छ । वार्षक रुपमा आयोजना गरिने खेल यस वर्षपनि प्रदेश स्तरिय दोस्रो खेलको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ । मेन्स डबल्स खुल्ला २७ टिम, भेट्रान्स् डबल्स (४५ वर्ष माथि) १२...
मंसिर २८ र २९ मा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता

मंसिर २८ र २९ मा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगीता

खेलकुद, समाचार
उदयपुर, मंसिर २६ गते । उदयपुरको गाईघाटमा १ नं प्रदेश स्तरिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । उदयपुर जिल्ला व्याडमिन्टन संघको आयोजनामा दोस्रो १ नं प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगतीता मंसिर २८ र २९ गते हुने भएको हो । बुधबार पत्रकार सम्मेलन गर्दै मंसिर २८ र २९ गते साविक पूर्वाञ्चलमा भएका १६ वटा जिल्लाको व्याडमिन्टन खेलाडीहरुको प्रतिस्प्रधा रहने उदयपुर जिल्ला व्याडमिन्टन संघका अध्यक्ष राजेश कार्कीले बताए । संघिय संचना पछिको दोस्रो प्रदेश स्तरिय खेलको आयोजना गरिएको सम्मलेनमा कार्कीले बताए । यस अघि ५ पटक पूर्वाञ्चल स्तरीय व्याडमिन्टन प्रतियोगीता गराईएको कार्कीले बताए । भने प्रदेश स्तरिय दोस्रो प्रतियोगीताको आयोजना गरेको कार्कीले बताए । २०६१ सालमा स्थापना भएको संघले पूर्वाञ्चलपछि प्रदेश स्तरिय खेलको आयोजना गर्दै आएको छ । खेलमा मेन्स डबल्स खुल्ला, भेट्रान्स् डबल्स (४५...
जिल्लास्तरीय व्याड्मिन्टनमा भोटराज र बसन्त जोडी तथा लक्षजंग र लुमिनिको जोडी फाईनलमा

जिल्लास्तरीय व्याड्मिन्टनमा भोटराज र बसन्त जोडी तथा लक्षजंग र लुमिनिको जोडी फाईनलमा

खेलकुद, समाचार
उदयपुर, मंसीर १५ गते । उदयपुरको गाईघाटमा आयोजित जिल्ला व्याड्मिन्टन प्रतियोगिताको फाईनलमा भोटराज राई र बसन्त कटुवालको जोडी र लक्षजंग ठकुरी र लुमिनी कार्कीको जोडीले प्रबेश गरेको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरद्वारा आयोजित प्रतियोगिताको शनिवार भएको क्वाटर तथा सेमी फाईनल खेलमा प्रतिष्पर्धीहरुलाई पछि पार्दै उक्त दुईजोडी फाईनलमा प्रवेश गरेको हो । भोटराज र बसन्त जोडीले इमाहाङ र मनोजको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो भने लक्षजंग र लुमिनी जोडी पनि गोविन्द र ललितको जोडीलाई २–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । ४० जोडीले भाग लिएको प्रतियोगिताको तेस्रो स्थानमा गोविन्द थापा र ललित नायकको जोडी तथा इमाहाङ र मनोज खड्काको जोडी रहेका छन् । फाईनलखेल भने आगामी मंसीर २८ र २९ गते हुने १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको फाईनलसंगै हुने आयोजकले ज...
गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु

गाईघाटमा जिल्ला स्तरीय व्याड्मिन्टन सुरु

खेलकुद, समाचार
उदयपुर, मंसीर १४ गते । जिल्ला व्याड्मिन्टन संघ उदयपुरको आयोजनामा जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरसंगै रहेको ब्याड्मिन्टन कवर्डहलमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पहिलो र दोस्रो चरणका खेल भएको संघका महासचिव रुवेन राईले बताए । नियमित गतिविधि अन्तर्गत प्रतियोगिता गरिएको संघले जनाएको छ । मेन्स डबल्स इभेन्टमा भएको प्रतियोगितामा जिल्लाभरका ४० जोडा खेलाडीले भाग लिएका छन् । जिल्लाका बेल्टार, बसाहा, रामपुर, जलजले, देउरी, श्रीपुर, कटारी लगायतबाट खेलाडीको सहभागिता रहेको हो । शनिबार सबै चरणका खेल सम्पन्न गरी आगामी ३० गते फाईनल खेल गरिने आयोजकले जनाएको छ ।...
दोस्रो दिनको खेलमा बारा विजय

दोस्रो दिनको खेलमा बारा विजय

खेलकुद, समाचार
एस् किराती पूर्णपुष्टि/चौदण्डिगढी , असोज २५ गते । उदयपुरको बसाहामा जारी सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप दोस्रो दिनको खेलमा बारा विजय भएको छ । चौदण्डिगढी नगरपालिका ४ को नारदमुनी रङ्गशालामा जारी सातौँ नारदमुनी गोल्ड कपका दोस्रो दिनको खेलमा आयोजक क्लव र बारा ११ विच खेल भएको थियो । दोस्रो दिनको खेलमा आयोजक बसाहा क्लव र बारा ११ युथ क्लव विचको खेलमा आयोजक टिमलाई जिरोका विरुद्ध एक (०–१) गोलले पराजित गर्दै बारा ११ युथ क्लव विजय भएको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । खेलको ५८औँ मिनटमा बारा ११ का जर्सी नं ८ लक्ष्मण चौधरीले एक गोल गरि सेमिफाईनलमा प्रवेश गरेको राईले बताए । तेस्रो दिनको खेलमा ब्वाईज युनियन काठमाण्डौ र डिसिटी सुनसरी विच खेल हुने आयोजकले जनाएको छ ।  ...
पहिलो खेलमा विराटनगर विजय

पहिलो खेलमा विराटनगर विजय

खेलकुद, समाचार
एस् किराती पूर्णपुष्टि/चौदण्डिगढी , असोज २४ गते । उदयपुरको बसाहामा सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप सुरु भएको छ । चौदण्डिगढी नगरपालिका ४ को नारदमुनी रङ्गशालामा बुधबार देखि सातौँ नारदमुनी गोल्ड कप सुरु भएको हो । बसाहा क्लवको आयोजनामा भएको सातौँ गोल्डकपको उद्घाटन खेलमा विराटनगर ११ ले चर्च ब्वाईज काठमाण्डौलाई जिरोका विरुद्ध एक (०–१) गोलले पराजित गर्दै विराटनगर ११ मोरङ्ग विजय भएको थियो । खेल सुरु भएको ५९ औँ मिनटमा विराटनगर ११ का जर्सी नं ९ विरेन्द्र लिम्बुले एक गोल गरि सेमिफाईनलमा प्रवेश गरेको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । खेलमा विराटनगर ११ का लिम्बुले म्यान अफ द म्याच उपाधिको साथ चौदण्डिगढी नगरपालिका मेयार खगेन्द्र राईबाट २ हजार नगद सहित स्र्पोट सुज समेत प्रदान गरेको आयोजक अध्यक्ष राईले बताए । गोल्डकप असोज २४ गते बाट सुरु भई ३० गते फाईलन हुने खेलमा प्रथम पुरस...