जाल्पा गोल्डकप चैत २५ देखि, तयारी पुरा
उदयपुर, चैत २२ गते ।
उदयपुरको सुकौरामा आगामी चैत २५ गतेदेखि सन्चालन हुने प्रथम जाल्पा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
जाल्पा स्पोर्टस् क्लव र त्रियुगा नगरपालिका वडा नं. १६ को संयुक्त आयोजनामा हुने गोल्डकपको तयारीका कामहरु पुरा भएको आज पत्रकारसम्मेलनको आयोजना गरी जनाइएको हो ।
तयारीमा खेल मै दान घेराबेरा, सरसफाई गर्नुका साथै खेलाडी, अतिति, दर्शक व्यवस्थापन लगायतका कामहरु पुरा भईसकेको क्लवका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
गाईघाट फुटबल क्लव, स्वार्णीम सपना युवा क्लव, बेल्टार युनाईटेड फुटबल क्लव, रौता स्पोर्टस् क्लव, जाल्पा स्पोर्टस् क्लव सुकोरा, असारी फुटबल क्लव, प्mयुजन फुटबल क्लव र उदयपुरगडी गाउँपालिका फुटबल टिम गरी आठ टीमबीच प्रतिष्पर्धा हुने प्रतियोगिताको फाइनल खेल नयाँवर्षको बैंसाख २ गते हुनेछ ।
प्रथम पुरस्का एक लाख, दोस्रो पुरस्कार ५० हजार रहेको...









