प्रदेश स्तरिय प्रथम उपमेयर कपको उपाधी झापालाई
उदयपुर, जेष्ठ १८ गते ।
उदयपुरमा संचालन भएको प्रदेश स्तरिय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगीताको उपाधी झापाले चुमेको छ ।
सदरमुकाम गाईघाट बोक्सेको नयाँबस्तीे खेलमैदानमा भएको फाईनल खेलमा भोजपुरलाई झापाले १३–२५ अङ्कले पछि पार्दै उपाधी चुमेको हो ।
फाईनल खेलमा १५–२५, २५–१२, १५–२५ र १३–२५ अङ्कले भोजपुरलाई झापाले पछि पार्दै विजेटा भएको छ भने उपविजेता भोजपुर भएको आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेतालाई ७५ हजार र उपविजेताले ४० हजार नगदसहित प्रमाण पत्र, मेडल, ट्रफि प्रदान गरिएको छ ।
सर्वोउत्कृष्ठ खेलाडी झापाका तमिना गौतमलाई नगद ४ हजार सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिएको छ भने सर्वोउत्कृष्ठ सर्वर खेलाडी भोजपुरकी सिमा राई , उत्कृष्ठ डिफेन्डर खेलाडी तथा उदयमान खेलाडी उदयपुरकी रचना राई , उत्कृष्ठ स्पाईकर खेलाडी झापाकी झर्ना राजबंशी, उत्कृष्ठ लिफटर खेलाडी भोजपुरकी मिना तामाङ...









